लुम्बिनी प्रदेशमा २१ प्रतिशत जनसंख्या मात्र स्वास्थ्य बीमाको पहुँचमा

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा रहेको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६सय ७३ जना बिमीत भएका छन ।

बिमितहरू मध्ये ५ लाख २४ हजार ३ सय ८ पुरुष, ५ लाख ६७ हजार ३ सय १३ महिला, लैंगिक अल्पसंख्यक समुदायका १ सय १८ जना समावेश भएको स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनक बहादुर साउदले बताउनु भयो।

स्वास्थ्य बीमा बोर्ड लुम्बिनीका प्रमुख  साउदका अनुसार कुल जनसंख्याको २१दशमलब ३३ प्रतिशतमात्र लुम्बिनीमा बिमीत भएको बताउनु भयो। उहाँले बीमामा समस्यै समस्या रहेको बताउनु भयो । के के अभाब रहेको छ भने प्रश्नमा साउद भन्नुहुन्छ कम जनशक्तिले बिमा कार्यक्रमलाई कार्यान्वयन गर्नुपरेको छ।

सरकारले स्थायी दरबन्दी कायम नगर्दा प्रदेश तहदेखि जिल्ला तहसम्मका कार्यालयका थोरै यो समस्या रहेको छ। त्यस्तै भौगोलिक बिकटता सेवा प्रदायक संस्थाको कमी प्रचार प्रशारको कमी दर्ता अधिकारीको अभाब आँखा अस्पतालबाट सेवा नपाउँदा बिमीतको संख्या कमी भएको हुनसक्ने बताउनु भयो।

स्वास्थ्य बीमा कार्यक्रमलाई अझै थप प्रभावकारी बनाउन स्थानीय सरकारले अपनत्व लिनु पर्ने त्यसैगरी बिमाको उद्देश्य सरकारी स्वास्थ्य संस्थालाई सबल र सक्षम बनाउ सबै लाग्नुपर्ने बताउनु भयो।

उहाँले सरकारी स्वास्थ्य संस्थालाई सक्षम बनाउँदै सरकारले समय समयमा अनुगमन, सेवाप्रदायक संस्थालाई समयमै रकम भुक्तानी गरेको खण्डमा निजी स्वास्थ्य संस्थाप्रति बिमितको आकर्षण शून्यमा जाने अवस्था आउँछ । यसका लागि तीनवटा तहका सरकारहरू बीच समन्वय हुन जरुरी रहेको छ भने बीमा बोर्डले समयानुसार अनुगमन गरेको खण्डमा बिगतमा जस्तो बेथिति नहुने थप प्रभावकारी बन्दै जाने साउदको भनाइ छ।

लुम्बिनी प्रदेशका कुन कुन ठाउंमा सेवा छ बीमाको ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल गरेर ५७ वटा स्वास्थ्य संस्था प्रथम उपचार केन्द्र कायम गरिएको छ ।१ सय ९ वटा स्थानीय तह ४ वटा उपमहानगरपालिका, ९ सय ८३ वटा वडामा ९ सय ८३ जना दर्ता सहयोगीले रहेका छन।

लुम्बिनी प्रदेशका प्राथमिक उपचार केन्द्र २८, देवदह नगर अस्पताल रूपन्देही, आरसी थारु मेमोरियल नगर अस्पताल र ठाकुरबाबा नगर अस्पताल बर्दिया गरि ३ वटाबाट सेवासहित ९ वटा जिल्ला अस्पताल र बि मितहरूले मेडिकल कलेज सहित पाल्पाको युनाईटेड मिसन अस्पताललाई उपचार केन्द्र बिन्दु बनाएका थिए ।

 

बीमा गरेका बिमितहरूको स्वास्थ्य उपचार सम्बन्धी नियमन तथा अनुगमन गर्ने बीमा बोर्डको जिम्मेवारी भएपनि निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजहरूले मापदण्ड भन्दा बाहिर गएर बिमितको उपचार गर्दा सरकारलाई आर्थिक व्ययभार बढ्दै गएपछि बीमा बोर्डले ति दुई अस्पताललाई उक्त सेवामा प्रतिबन्ध लगाएको छ।

सरकारी स्वास्थ्य संस्थाहरूमा विशेषज्ञ सेवा उपलब्ध नहुनु राज्यले निःशुल्क गराउने औषधी समेत नहुनु, नाप जाँचका लागि अत्यावश्यक पर्ने यन्त्र तथा उपकरण नहुँदा बि मितहरू निजी तथा मेडिकल कलेज प्रति आकर्षित भएका छन । स्वास्थ्य बीमा बोर्ड लुम्बिनीका प्रमुख भने, बीमा मार्फत प्लाष्टिक सर्जरी बाहेकका सबै रोगको बीमा मार्फत उपचार हुने वताउनु भयो।

कुन जिल्लामा कति बिमीत ?

प्रदेश प्रमुख साउदका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा पाल्पामा र सबैभन्दा पछि आर्थिक वर्ष ०७७/०७८ मा रूपन्देहीमा बीमा कार्यक्रम लागू भएको थियो ।

कार्यक्रम लागु भएपछि पाल्पामा २ लाख ३६ हजार ७ सय १९ र रूपन्देहीमा १ लाख ६१ हजार २ सुय ८१, बर्दियामा १ लाख २८ हजार ९ सय ७६, गुल्मीमा १ लाख ७ हजार २ सय ९६ कपिलवस्तुमा १ लाख ३ हजार ६ सय ९८, अर्घाखाँचीमा ८२ हजार १ सय ७, बाँकेमा ७० हजार ९ सय २९, प्यूठानमा ६३ हजार ८ सय ४५, दाङमा ४५ हजार १, नवलपरासी पश्चिमा ४४ हजार १ सय ६८ रोल्पामा ३८ हजार ९ सय १७ र सबैभन्दा कम रुकुम पूर्वमा ८ हजार ७ सय २ जना बिमित रहेको वताउनु भयो।

 

 

सम्बन्धित शिर्षक :