लुम्विनी प्रदेशमा ७९ प्रतिशत स्वास्थ्य विमाको पहुँच बाहिर

वीमाका कारण अस्पतालमा सेवाग्राही बढेपनि सेवा लिन धेरै समस्या छन सुधारौँ :स्वास्थ्यमन्त्री खनाल

स्वास्थ्यसमाचार/स्वास्थ्य विमाको पहुँच बढाउँदै लैजानुपर्नेमा जोड दिइएको छ । बुधवार बुटवलमा बीमा वोर्डले गरेको कार्यक्रममा सहभागीहरुले स्वास्थ्य बीमा कार्यक्रमले गरिब तथा पिन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै बीमाको पहुँच अझ बढाउँदै लैजानुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा वोल्दै प्रदेशका स्वाथ्य मन्त्री राजु खनालले वीमाका कारण अस्पतालमा सेवाग्राही बढेपनि सेवा लिन धेरै समय लाइन उभिनुपर्ने, निशुल्क औषधी आर्थिक स्रोतको अभावले प्रयाप्त मात्रमा दिन सकिने अवस्था नरहेको बताए ।

अस्पतालको पुरानो संरचना, पुरानो दरबन्दीले पनि सेवालाई प्रभावकारी वनाउन चुनौती रहेको बताए ।स्वास्थ्य वीमा लागु गरेका प्रदेशका विभिन्न अस्पतालले समयमै रकम पाउन नसकेको भन्दै सेवा अझ बढी प्रभावकारी बनाउन समयमै भुक्तानी गर्नुपर्ने उनले बताए ।

स्वास्थ्य विमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले बिमाको कभरेज बढाउनुपर्नेमा जोड दिए । उनले अस्पतालहरुले बिरामीको रिफर गर्दा रिफर गर्ने अस्पतालमा बिरामीका लागि सेवा छ की छैन भन्ने बुझेर मात्र गर्न पनि सुझाव दिए । प्रदेशका स्वास्थ्य सचिव डाक्टर जनार्दन पन्थीले वीमालाई सफल बनाउन प्रदेश सरकार लागि पर्ने बताए ।

विमा बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले सबै प्रदेशमा वोर्डले समिक्षा गर्ने र समिक्षा पछि आएका निचोडका आधारमा अगाडी बढ्ने बताए । कार्यक्रममा लुम्विनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुर्दशन थापाले अस्पतालमा विमा कार्यक्रम लागुपछि सेवाग्राही ह्वात्तै बढेपछि ओपिडी, ल्याव तथा फार्मेसी मा व्यवस्थापनमा चुनौती थपिएको बताए ।

बीमा बोर्डले लुम्विनी प्रदेशमा बीमा कार्यक्रमको अवस्थाका बारेमा बुधवार गरेको कार्यक्रममा प्रदेश सरकारका अतिरिक्त स्थानिय तहका सरकार प्रमुखहरुलाई पनि खबर गरेको थियो । तर प्रदेशका १०९ पालिका मध्ये एउटा पनि पालिकाका प्रमुख तथा उपप्रमुख सहभागि भएनन् ।

कार्यक्रममा प्रदेशका स्वास्थ्य बीमाको अवस्थाको बारेमा स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनकबहादुर साउदले लुम्बिनीमा रहेको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६सय ७३ जना बिमीत भएका छन ।बिमितहरू मध्ये ५ लाख २४ हजार ३ सय ८ पुरुष, ५ लाख ६७ हजार ३ सय १३ महिला, लैंगिक अल्पसंख्यक समुदायका १ सय १८ जना समावेश भएको साउदले वताए ।कुल जनसंख्याको २१दशमलब ३३ प्रतिशतमात्र लुम्बिनीमा बिमीत भएको साउदले वताए ।समिक्षा तिन दिनसम्म चल्ने  छ।

लुम्बिनी प्रदेशका कुन कुन ठाउंमा सेवा छ बीमाको ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल गरेर ५७ वटा स्वास्थ्य संस्था प्रथम उपचार केन्द्र कायम गरिएको छ ।१ सय ९ वटा स्थानीय तह ४ वटा उपमहानगरपालिका, ९ सय ८३ वटा वडामा ९ सय ८३ जना दर्ता सहयोगीले रहेका छन।

लुम्बिनी प्रदेशका प्राथमिक उपचार केन्द्र २८, देवदह नगर अस्पताल रूपन्देही, आरसी थारु मेमोरियल नगर अस्पताल र ठाकुरबाबा नगर अस्पताल बर्दिया गरि ३ वटाबाट सेवासहित ९ वटा जिल्ला अस्पताल र बि मितहरूले मेडिकल कलेज सहित पाल्पाको युनाईटेड मिसन अस्पताललाई उपचार केन्द्र बिन्दु बनाएका थिए ।

बीमा गरेका बिमितहरूको स्वास्थ्य उपचार सम्बन्धी नियमन तथा अनुगमन गर्ने बीमा बोर्डको जिम्मेवारी भएपनि निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजहरूले मापदण्ड भन्दा बाहिर गएर बिमितको उपचार गर्दा सरकारलाई आर्थिक व्ययभार बढ्दै गएपछि बीमा बोर्डले ति दुई अस्पताललाई उक्त सेवामा प्रतिबन्ध लगाएको छ।

कुन जिल्लामा कति बिमीत ?

प्रदेश प्रमुख साउदका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा पाल्पामा र सबैभन्दा पछि आर्थिक वर्ष ०७७/०७८ मा रूपन्देहीमा बीमा कार्यक्रम लागू भएको थियो ।

कार्यक्रम लागु भएपछि पाल्पामा २ लाख ३६ हजार ७ सय १९ र रूपन्देहीमा १ लाख ६१ हजार २ सुय ८१, बर्दियामा १ लाख २८ हजार ९ सय ७६, गुल्मीमा १ लाख ७ हजार २ सय ९६ कपिलवस्तुमा १ लाख ३ हजार ६ सय ९८, अर्घाखाँचीमा ८२ हजार १ सय ७, बाँकेमा ७० हजार ९ सय २९, प्यूठानमा ६३ हजार ८ सय ४५, दाङमा ४५ हजार १, नवलपरासी पश्चिमा ४४ हजार १ सय ६८ रोल्पामा ३८ हजार ९ सय १७ र सबैभन्दा कम रुकुम पूर्वमा ८ हजार ७ सय २ जना बिमित रहेको वताए ।

सम्बन्धित शिर्षक :