स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले सुरु गर्‍यो प्लाज्मा बैंक अभियान

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले प्लाज्मा बैंकको अभियान सुरु गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयनमा कपिलवस्तु अस्पताल तौलिहवामा नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु र रुपन्देही शाखाको सहकार्यमा उक्त अभियान सुरु भएको हो। अभियानमा संक्रमण मुक्त भएका व्यक्तिहरुबाट अस्पतालका कर्मचारीहरुले प्लाज्मा थेरापीको लागि लागि १७ पिन्ट रगत संकलन भएको कन्भ्यालिसेन्ट प्लाज्मा उपचारका कोअर्डिनेटर डा सम्राट पराजुलीले वताए । कोभिड उपचारमा सहज बनाउने उद्देश्यले उक्त अभियान सुरु गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश संयोजक डा प्रशान्त आचार्य ले बताए । उक्त रगत लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको…

बुटबलका सर्जिकल पसलहरुमा कालोबजारी मुल्य भन्दा ५ गुणा बढी शुल्क

स्वास्थ्यसमाचार/ बुटवलका सर्जिकल पसलहरुमा आइतवार अनुगमन गरिएको छ । कोरोना महामारी फैलिएसंगै मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक सुरक्षाका सामग्रीहरुको चर्को मूल्य लिने गरेको गुनासो आएपछि बुटवल उपमहानगरपालिकाले अनुगमन गरेको हो । औषधी तथा अस्पतालजन्य वस्तुका सप्लायर्सहरुले मास्क तथा सेनिटाइजरको चर्को मूल्य लिनुका साथै कृतिम अभावसमेत श्रृजना गर्न थालेपछि अनुगमन गरिएको हो । उपमहानगरपालिकाका बजार अनुगमन समितिका संयोजक तथा उपप्रमुख गोमादेवी आचार्यको नेतृत्वमा गरिएको अनुगमनमा सर्जिकल सप्लायर्सहरुले सामानमा चर्को मूल्य लिने गरिएको पाइएको थियो । अनुगमन समितिले बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिनमा अनुगमन गरेको थियो । त्यस्तै केहि औषधी…

रुपन्देहीमा कोरोना निको पार्ने आयूर्वेद औषधी बन्यो, १सय ३८ संक्रमित निको भएको दावी

स्वास्थ्यसमाचार /भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधिबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् । उनले आफूले बनाएको औषधिको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा. गौतमले कोरोना संक्रमित १५३ जनाले उक्त औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए । डा. गौतमका अनुसार बाँकी १८ जना बिरामीले पनि औषधि सेवन गरिरहेका छन् । नेपालमा पाइने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी आयुर्वेदिक औषधिको गोली तयार पारेका उनको भनाइ छ । चीनको वुहान प्रान्तमा कोरोना भाइरसका…

भदौ २० गते मध्यरातसम्म रुपन्देहीभर लकडाउन हुने

स्वास्थ्यसमाचार / रुपन्देहीमा जारी लकडाउन भदौ २० गते सम्म लम्ब्याइएको छ । जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र सिमसिसिेको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरेको हो । नयाँ तालिका अनुसार भदौ २० गते मध्यरातसम्म रुपन्देहीभर लकडाउन हुने छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको अध्यक्षता सम्पन्न बैठकमा, बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिकाका तिलोत्तमा नगरपालिका देवदह नगर पालिका र सैनामैना नगरपालिका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकले उक्त निर्णय गरिएको हो ।

एन्फा आइसोलेसन संक्रमितहरुलाई आवश्यक पर्ने सामाग्री सहयोग

स्वास्थ्यसमाचार /बुटवल स्थीत एन्फा आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमितहरुलाई आवश्यक पर्ने सामाग्रीहरु विभिन्न ब्यक्तित्वहरु तथा सामाजीक सस्थाहरुले सहयोग गरेका छन ।आइसोलेसन केन्द्रमा योग शिक्षा प्रदान गर्दै आएका विष्णुहरि आचार्य योगीराज ले पछिल्ला दिनहरुमा विभिन्न निकायबाट सहयोग जुट्दै गएको बताउछन । आचार्यले कोरोना संक्रमितको मनोवल बढाउन योग अभियानलाई निकै महत्व दिएका छन । पछिल्ला दिनहरुमा योगसहितका कार्यक्रमलाई स्थानिय तहहरुले पनि महत्वका साथ लिएका छन । कोरोना संक्रमित राखिएको बुटवलको एन्फा आइसोलेसन केन्द्रमा कोरोना संक्रमित भएर केन्द्रमा पुगेका नेकपाका स्थानिय नेता समेत रहेका दीपक पन्थीले पनि सामान जुटाउन समन्वय गरेका थिए ।…

प्रदेश ५ सामाजीक मन्त्रालयमा सचिब फेरीए: नयाँ सचिव माहादेव पन्त

स्वास्थ्यसमाचार /प्रदेश ५ सामाजीक बिकास मन्त्रालयमा नयाँ सचिब आउने भएका छन । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी प्रदेश ५ सामाजीक बिकास मन्त्रालयको सचिब भएर आएका हुन । हालका सचिब डा गोपिकृष्ण खनाल संंघिय मामिला तथा शामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबारको निर्णयअनुसार बुधबार विभिन्न मन्त्रालय, विभाग, आयोग, निकाय तथा कार्यालयमा रहेका ६० जना सहसचिवको सरुवा गरेको हो । प्रदेशमा अन्य बन कृषि मुख्यमन्त्री को कार्यलय लगायतका सहसचिबको समेत सरुवा भएको छ ।

विकल्प नदिईकन स्वास्थ्य प्राविधिक विषयलाई खारेज गर्ने निर्णय गलत :निजी प्राविधिक शिक्षालय महासंघ

स्वास्थ्यसमाचार/ विकल्प नै नदिएर सिटिइभिटी अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णय प्रति सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ । निजी प्राविधिक शिक्षालय महासंघले सरकारले कुनै विकल्प र समय नै नदिईकन एकाएक स्वास्थ्य प्राविधिक विषयलाई खारेज गर्ने निर्णय गरेको भन्दै विशेष ध्यानाकर्षण भएको जनाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसीसरहका कार्यक्रम खारेज गर्ने निर्णय प्रति महासंघले ध्यानाकर्षण भएको जनाएको हो । यो खारेज हुँदा देशभरका एक सय ३७ संस्था र दुई सय ३८ वटा कार्यक्रम…

कोरोना संक्रमितलाई उपचार गर्न ठुला अस्पतालले २० प्रतिशत वेड छुटयाउ :शान्ति समाज

स्वास्थ्यसमाचार/ मानव अधिकार तथा शान्ति समाज केन्द्रीय समितिले सरकारले सम्पूर्ण अस्पतालहरुमा कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्न २० प्रतिशत वेडहरु छुटयाउनु पर्ने अवधारणा निर्देशित गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । दीर्घरोगि वृद्घ वृद्घा, बालबालिका लगायत अति संवेदनसिल स्वास्थ समस्या भएका विरामीहरुले उपचार गराईरहेका सम्पूर्ण अस्पतालहरुमा कोरोना संक्रमित विरामी समेत सम्पर्कमा आउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका अन्य विरामीहरुमा संक्रमण फैलिन गई झन ठूलो समस्या निम्तिन सक्ने गम्भिर अवस्था प्रति सरकार बेलैमा सचेत रहनुपर्ने विज्ञप्तिमा उल्लेख छ । यस्तो अदुरदर्शी निर्णयले गर्दा विश्वका केहि देशमा स्थिति अझ भयावह भएको समाचार…

तिलोत्तमामा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ । शंकरनगर स्थित आइसोलेसन सेन्टर र घरमैं आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको हो । नगर प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरदेवी चौधरीको उपस्थितिमा शुक्रबार बिहान आइसोलेसन सेन्टरमा रहेकाहरुलाई औषधि वितरण गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी वताए । यस्तै घरमैं आइसोलेसनमा बसेकाहरुलाई सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत् घरमैं पुगेर आयुर्वेदिक औषधि वितरण गरिने उनकोभनाई छ । तिलोत्तमा नगरपालिकामा बिहीबारसम्म कोरोना संक्रमितको संख्या ९९ जना रहेकोमा…

दुबै खुट्टा भाचिएका जीवनको उपचार खर्च लायन्स क्लब अफ सिद्धार्थनगरले व्यहोर्ने

स्वास्थ्यसमाचार /दुबै खुट्टा भाचिएर अस्पतालको बेडमा छटपटाइरहेका प्युठान फोप्लीका १३ बर्षिय जीवन पुनको खुट्टाको अप्रेशन हुने भएको छ । अप्रेशनकोलागि लाग्ने करिब चार लाख रकम नहुदा उनी साउन ३० गतेदेखि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालको बेडमा छटपटाइरहेका थिए । आर्थिक अभाबमा उपचार रोकियो भन्ने समाचार भएपछि भैरहवा क्षेत्रका सामाजसेवी नेत्र प्रसाद आचार्यको समूहले जीवनको उपचारमा लाग्ने सबै खर्चको प्रबन्ध गर्ने भएको हो । दुबै खुट्टा भाचिंएर अस्पतालको बेडमा पल्टीरहेका जीवन पुनको उपचारको सबै खर्च लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचर्यको समूहले व्योहोर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्…