स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले सडक सामुदायिक कुकुर बन्ध्याकरण सुरु गरेको छ ।युथ फर कन्जरभेशन सस्टेनेबल एग्रिकल्चर र तिलोत्तमा नगरपालिका को आयोजनामा आईतबार देखि बन्ध्याकरण सुरु भएको छ । नगरपालिकाले बिगत देखिनै सामुदायिक कुकुर वन्ध्याकरण गर्दै आएको थियो । यस पटक नगर भित्रका भिविन्न वडा बाट ९० वटा कुकुरको बन्ध्याकरण गर्न लागिएको तिलोत्तमा नगर प्रमुख राम कृष्ण खाणले बताए। अहिले ९० वटा कुकुरको बन्ध्याकरण गरिदै छ यसरी नै नगरभित्र रहेका सामुदायिक कुकुरहरुको सर्वे गरेर तथ्याङ्क संकलन गरि वन्ध्याकरण शिविरको आयोजना गर्नु आवश्यकता रहेकोनगर प्रमुख खाणले बताए । कुकुर वन्ध्याकरणका लागि प्राविधिक टिम…
समाचार
अर्बुद रोग निवारण संस्था रुपन्देहीमा पदाधिकारी चयन
स्वास्थ्यसमाचार/ नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्था रुपन्देही शाखाको शनिबार बसेको बैठकले पदाधिकारी चयन गरेको छ । संस्थाको विधानमा भएको निर्वाचित सदस्य मध्येबाट पदाधिकारी चयन गर्ने व्यवस्था अनुसार बैठकले प्रथम उपाध्यक्षमा सुरेन्द्रप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा बीना न्यौपाने, सचिव प्रजापाल गिरी, कोषाध्यक्षमा सुरेन्द्रमुनी शाक्य, सहसचिव बाबुराम बिक र सहकोषाध्यक्ष पदमा पुनम पौडेललाई जिम्मेवारी प्रदान गरिएको सचिव प्रजापाल गिरीले जानकारी गराउनु भयो । संस्थाको गत मंसिर २९ मा पाँचौ अधिवेशनले खिमबहादुर हमालको अध्यक्षमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । अध्यक्ष हमालको अध्यक्षतामा बसेको बैठकले संस्थाको दीगो कार्यक्रम अन्तर्गत रहेको उपचारात्मक…
बुस्टर खोपका लागि “गाभी ”लाई सरकारको पत्र
स्वास्थ्यसमाचार/ सरकारले छिमेकी देशमा कोरोना भाइरसका संक्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरू गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रूपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीबार १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिए। गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई खोप उपलब्ध गराउनेछ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर खोप लगाउन खोप ल्याउनका लागि हिजो कोभ्याक्सलाई पत्र लेखेका छौं, उनले भने, यही पुसको तेस्रो हप्तामा…
रक्तदान गरेर मनायो पैचोले आठौं वार्षिकोत्सव
स्वास्थ्यसमाचार/ गुल्मीमा स्थापना भइ देशभर पहाडको कृषिजन्य उत्पादनको बजारिकरण गरिरहेको पैचो पसलले सातौं वर्ष पार गरेर आठौं वर्ष प्रवेश गरेको छ । आठौं वार्षिक उत्सवको अवसरमा पैचोले आज बुटवलमा रक्चदान कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान सम्पन्न रक्चदान कार्यक्रममा ५० बढीले रक्चदान गरेका छन् । रक्तदान कार्यक्रमको पैचोका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले दियो बालेर उदघाटन गरे । रक्तदान कार्यक्रममा पैचोमा आवद्ध लगानी कर्ता तथा कर्मचारीहरु, रुपन्देही रक्तदाता समुह सहित होटल पौवाका कर्मचारी र पत्रकारहरुले रक्तदान गरेका छन् । रक्तदानका अवसरमा बोल्दै पैचोका अध्यक्ष भण्डारीले मानविय सेवा अन्तर्गत हरेक वर्ष…
सियारीमा भएको स्वास्थ्य शिबिरमा ८ सय बढीको जाँच
स्वास्थ्यसमाचार / रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ ।सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिबिरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन् । सियारी २ मैनहिया माविमा भएको स्वास्थ्य शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रसुुति सेवा तथा बालरोग सेवा र आखां रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले जानकारी दिए । उनले क्रिमसन अस्पतालका बिशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण…
रेसुङ्गा नगरपालिकाको सहयोगमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु
स्वास्थ्यसमाचार/ रेसुङ्गा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु गरिएको छ । हाडजोर्नी विशेषज्ञ सेवा उपलब्ध गराए बापत् रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टरलाई सरकारले सो तहमा तोकेको तलब स्केल बराबरको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको हो । हाडजोर्नी विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक पर्ने सि–आम मेसिन नगरपालिकाले उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । अहिले मेसिन खरिदका लागि टेण्डर आव्हान समेत गरिएको छ । जिल्लामै हाडजोर्नी सेवा सुरु भएकाले गुल्मी र यो सुविधा नभएका अन्य जिल्लाका नागरिकले पनि विशेषज्ञ सुविधा लिने भएको नगर प्रमुख…
स्वास्थ्य सेवाका ४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि
स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवाका ४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि (बढुवा )भएको छ । बिहीबार स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका ४ सय ५ जना नर्सिङ कर्मचारीहरुको सूची प्रकाशित गरेको हो । वि सं २०७९ असारमा महिनामा दर्ता भई कैफियतमा रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौं तहमा स्तरवृद्धि भएको विभागले जनाएको छ । हेर्नोस बढुवा भएका नर्सिङ कर्मचारीहरुको सूची स्वास्थ्य सेवाका कर्मचारी स्तरवृद्धि विवरण
लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढे ,२० वर्ष मुनिका १० प्रतिशत
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा गर्भपतन सेवा उपभोग गर्ने २० वर्ष मुनिका महिला झण्डै दश प्रतिशत रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकको आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनि रहेकाहरूको संख्या बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशभित्र २० वर्षमुनिका महिलाहरूले सुरक्षित गर्भपतन सेवा लिनेको संख्या नौ दशमलव ६ प्रतिशत देखिएको छ ।प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्ष २०७४/ ०७५ मा ६ दशमलव दुई प्रतिशत रहेकोमा पाँच वर्षमा यो संख्या बढेर नौ दशमलव ६ प्रतिशतमा पुगेको देखिएको छ । सूचीकृत…
समायोजन मिलानका कर्मचारी अपुग तलब स्वास्थ्य मन्त्रालयले पठाउने
स्वास्थ्यसमाचार/ समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले भकाभक फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ । ८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत उल्लेख छ । मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै ७५३ स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरिसकेको छ । ‘समायोजन÷समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई यस मन्त्रालयबाट…
रुकुम पूर्व: आगोको भरमा ‘बर्थिङ सेन्टर’
रुकुम पूर्व/ आगोको भरमा बर्थिङ सेन्टर सिस्ने स्वास्थ्य चौकी गाउँपालिकाको केन्द्र अर्थात जिल्ला सदरमुकाम रहेको रुकुमकोटबाट एक देखि दुई दिनको पैदल यात्रापछी पुगिन्छ । सदरमुकामकै पालिका भित्रको यो वडामा भौगोलिक कठिनाईको कारण सडक संजाल विस्तार हुन सकेको छैन् । सडक संजालदेखि, पूर्वाधार, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा पछि परेको यस वडाका नागरिकहरुले संघियताको अनुभव राम्रोसँग गर्न पाएका छैनन् । यहि संघियताले गिज्याइरहेको एउटा उदाहरण हो, सिस्ने गाउँपालिका १ नम्बर वडामा रहेको सिस्ने स्वास्थ्यचौकी । सिस्ने हिमालको फेदैमा रहेको यस स्वास्थ्यचौकीमा चिसोको सिमा नै हुदैन् । अहिले जताततै गुणस्तरीय स्वास्थ्य सेवाको कुरा…
