सरकारलाई तिलोत्तमाको माग कोरोनाखोप किन्ने प्रकृया मिलाइदेउ

स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले नगरवासीलाई कोभिड विरुद्धको खोप अनुदानमा दिन माग गर्दै नसके खरिद गर्ने प्रकृया अघि बढाइदिन संघीय सरकारसंग माग गरेको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकको निर्णय अनुसार नगर प्रमुख बासुदेव घिमिरेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउंदै अनुदानमा दिन नसके खरिदको प्र्रकृया अघि बढाइदिन माग गरेका हुन् । नगरपालिकाले ७८ हजार जना नगरबासीलाई कोरोना खोप अनुदानमा उपलब्ध गराउन माग गर्दै नभए आन्तरिक स्रोतबाट आफै खरिद गर्न प्रकृया अघि बढाइदिन माग गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । १८…

कोभिसिल्ड खोपको विकल्प: एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन

स्वास्थ्यसमाचार / नेपालले कोभ्याक्सलाई कोरोनाविरुद्धको दुई वटा खोपका लागि सिफारिस गर्ने तयारी गरेको छ । कोरोना खोप वितरणको विश्वव्यापी अभियान ‘कोभ्याक्स’ ले नेपाललाई कोभिसिल्ड खोपको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेपछि सरकारले दुई वटा खोप सिफारिस गर्ने तयारी गरेको हो । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल कोरोनाविरुद्धको खोप कोभिसिल्ड उपलब्ध गराउन नसक्ने भनेपछि कोभ्याक्सले नेपालसँग कोभिसिल्डको विकल्प माग गरेको थियो । कोभ्याक्सको पत्राचारपनि नेपालले कोभिसिल्ड खोपको विकल्पमा एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन प्राथमिकतामा राखेर सिफारिस गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारा…

नेपाललाई १० लाख डोज खोप अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

स्वास्थ्यसमाचार /चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन संवाद समेत भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गर्नुभएको छ । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ । यस्तै राष्ट्रपति भण्डारीले आज नै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप…

रुपन्देहीमा कोरोना निको हुनेदर बढयो आजै ४८३ कोरोना मुक्त

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घण्टामा अवधिमा ११सय ५५ जनाको कोरोना परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि भएको भने ४८३ जना कोरोनाबाट मुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ८८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि सिद्धार्थनगर नगरपालिकामा ३७ जना, ओमसतिया गाउँपालिकामा ३९ जना, देवदह नगरपालिकामा ३७ जना, तिलोत्तमा नगरपालिकामा ३५ जना, रोहिणी गाउँपालिकामा १३ जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ८सय ४४ पुगेको…

नेपाललाई कोभ्याक्सको पत्र कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्नु

स्वास्थ्यसमाचार / भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्यासले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को कुन खोप उपयुक्त हुन्छ भनेर विकल्प मागेको छ। कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकसोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो। कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। कोभ्याक्सले मे वा जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि अहिले उक्त खोपको विकल्पमा नयाँ खोप खोज्न नेपाललाई आग्रह…

नेपाल रेडक्रस गुल्मीका एम्बुलेन्स चालक खत्री माथि कुटपीट

रेशम कुँवर स्वास्थ्यसमाचार / नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री माथि कुटपीट भएको छ । उनलाई रेसुंगा नगरपालिका १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले मंगलबार राति साढे ९ बजे कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए । चालक खत्रीको टाउकोमा गम्भिर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको छ । कुटपीटमा संलग्न व्यक्तिको पहिचानपछि बिहानैबाट खोजीकार्य तिव्र पारिएको पाण्डेयले बताए । कोभिड–१९ को महामारीका बेला ज्यान जोखिममा राखेर खटिएका एम्बुलेन्स चालकमाथि कुटपीट…

कोरोना महामारी: रुपन्देहीमा जेठ २० गते सम्म थपियो लकडाउन

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लामा जेठ २० गते सम्म निषेद्याज्ञाको अवधि बढाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा अहिले पनि कोरोनाको प्रभाव बढ्दो रहेको बताउदै आज बसेको बैठकले निषेद्याज्ञा बढाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले रुपन्देहीमा जेठ २० गते सम्मको लागी निषेद्यज्ञा थप भएको जानकारी दिए। यस अवधिमा शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल,…

तिलोत्तमाले माग्यो आईसीआरसीसँग ७० हजार डोज कोरोना बिरुद्धको खोप

स्वास्थ्यसमाचार/ कोरोना संक्रमण तिब्र रुपमा बढेको र अझै जोखिम वढन सक्ने देखिएकोले तिलोत्तमा नगरपालिकाले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन रेडक्रसको अन्तराष्ट्रिय समिति आईसीआरसीसँग अनुरोध गरेको छ । नगरप्रमुख बासुदेव घिमिरेले आइसीआरसीका प्रमुखलाई पत्र लेख्दै कोरोना खोपको उपलब्धता र समन्वयको लागि अनुरोध गरेका हुन्। नगरपालिकामा कोरोना संक्रमण तिब्र रुपमा बढेको अझै जोखिम थपिन सक्ने भएकाले खोपको माग गरिएको पत्रमा उल्लेख छ । तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले आईसीआसीसँग खोप उपलब्ध गराउन अनुरोध गरिएको बताउँदै खोप आउने आशा गरेको बताए । पत्रचारसँगै नगरपालिकाले विभिन्न माध्यमबाट आईसीआरसीका प्रतिनिधिहरु सम्पर्क गरिरहेको छ ।…

स्वास्थ्य संकटकाल लगाउन मन्त्रालय सकारात्मक :स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले देशमा स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुबाट प्राप्त सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताएका छन् । मन्त्रालयले गरेको भर्चुअल प्रेस ब्रिफिङमा बोल्दैं उनले यस्तो बताएका हुन् । ‘देशमा स्वास्थ्य संकटकाल लगाउन विज्ञहरुबाट प्राप्त सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ,’ उनले भने । मन्त्री त्रिपाठीले कोभिड–१९ को नयाँ भेरियन्ट संक्रामक र घातक रहेको बताएका छन् । अहिले नेपालमा नयाँ भेरिन्ट द्य।ज्ञ।टज्ञठ।द्द तीब्र रुपमा फैलिरहेको जानकारी दिएका हुन् । ‘नयाँ भेरियन्ट तीब्र रुपमा फैलिएको छ,’ उनले भने, ‘यो निकै संक्रामक र घातक छ ।’ उनकाअनुसार अहिले नेपालमा…

नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप पठाउँदै बेलायत

काठमाडौँ/ नेपालमा कोरोना भाइरस संक्रमणको नयाँ लहर तिब्र रुपमा फैलिरहँदा बेलायतले २० लाख डोज अस्ट्राजेनेका खोप पठाउने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको प्रतिक्रिया दिएको एक सातापछि बेलायतले विश्‍व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खोप कोभिसिल्ड नेपाललाई उपलब्ध गराउन लागेको हो । बेलायतले नेपाललाई अहिले खोप आवश्यक रहेको भन्दै यस्तो सहयोग गर्न लागेको हो । भारतको खोप उत्पादक कम्पनी सिरमबाट खोप आउन ढिलाइ भइरहँदा बेलायत सरकारबाट यस्तो सहयोग आउन लागेको हो । सिरम कम्पनीले कोभिसिल्ड पठाउन नसक्दा पहिलो डोज खोप लगाएकाहरूले दोस्रो डोज लगाउन पाएका…