कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर सुतेपछि ३ जना कर्मचारी निलम्बित

स्वास्थ्यसमाचार/ प्रदेशमै उत्कृष्ट सेवा दिइएको भनिएको कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर सुतेपछि इमर्जेन्सी फाटका ३ जना कर्मचारी निलम्बन भएका छन।

स्वास्थ्यका दृष्टिकोणले अति संवेदनशील मानिने इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिएका हुन्छन् । तर अस्पतालको इमर्जेन्सी बेडमा कुकुर गएर सुतेपछि डिउटिमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पताल इमर्जेन्सी फाटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन।

इमर्जेन्सी फाटको बेडमा कुृकुर सुतेको तस्विर, सामाजिक संजालमा भाईरल आएको थियो । अस्पताल प्रशासनको सोमवार बसको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका हुन।

उक्त घटनाको छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसको थियो ।अस्पतालमा रहेको सिसि टिभी फुटेज चेक गरेपछि उक्त कुरा प्रमाणित भएको थियो ।

अस्पतालका मेसु बिपिन जैसवालले लापरावही गर्ने ३ जनालाई निलम्बन गरिएको बताए ।यसअघि स्वास्थ्य माथिको लापरवाही र गैर जिम्मेवार कर्मचारी प्रशासन माथी छानविन गरी कारवाही गरिने अस्पतालका अध्यक्ष शिवलाल यादवले वताउनु भयो।

सम्बन्धित शिर्षक :