बीमा क्षेत्रमा समस्या भए फुकाउँदै अघि बढ्न सकिन्छ :अध्यक्ष डा.लोहनी

स्वास्थ्यसमाचार /स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले बीमाको कभरेज बढाउनुपर्नेमा जोड दिए । उनले बीमा गर्नेको संख्या बढाउँदै लैजानुपर्ने भन्दै कसरी सहज हुन्छ त्यसरी नै काम गर्न सुझाव दिए ।

बुटवलमा स्वास्थ्य बीमा बोर्डले गरेको कार्यक्रममा बीमालाई माया गर्नुपर्ने र सकरात्मक सोच्नुपर्ने भन्दै अध्यक्ष लोहनीले बीमा क्षेत्रमा समस्या भए अप्ठ्यारो फुकाउँदै अघि बढ्न सकिने बताए ।

उनले अस्पतालहरुले बिरामी रिफर गर्दा रिफर गर्ने अस्पतालमा बिरामीका लागि सेवा छ की छैन भन्ने बुझेर मात्र गर्न सुझाव दिए ।

बीमा वोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाले सबै प्रदेशमा बोर्डले समिक्षा गरिने र समिक्षा पछि आएको निचोडका आधारमा अगाडि बढिने धारणा राखे । उनले बीमाको सिमा बढाउने बारेमा अध्ययन भइरहेको बताए ।

कार्यक्रममा प्रदेशका स्वास्थ्य बीमाको अवस्थाको बारेमा स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनकबहादुर साउदले लुम्बिनीमा रहेको कुल जनसंख्या ५१ लाख २२ हजार ७८ मध्ये १० लाख ९२ हजार ६सय ७३ जना बिमीत भएका छन ।

बिमितहरू मध्ये ५ लाख २४ हजार ३ सय ८ पुरुष, ५ लाख ६७ हजार ३ सय १३ महिला, लैंगिक अल्पसंख्यक समुदायका १ सय १८ जना समावेश भएको साउदले वताए ।कुल जनसंख्याको २१दशमलब ३३ प्रतिशतमात्र लुम्बिनीमा बिमीत भएको साउदले वताए ।

सम्बन्धित शिर्षक :