बाल स्वास्थ्यका लागी पोषणका सामग्री बाँडेर मात्र सुधार हुदैन :स्वास्थ्य मन्त्री खनाल

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा देखिएको पोषणको समस्या समाधानका लागी स्थानिय सरकारसँग मिलेर काम गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको प्रदेश स्तरिय पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री खनालले नागरिक स्थानिय सरकारसँग प्रत्यक्ष रुपमा जोडिने भएकाले स्थानिय सरकारसँग मिलेर कार्यक्रम कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

मन्त्री खनालले स्थानिय तहलाई उनीहरुको क्षेत्रको पोषणको अबस्थाको बारेमा जानकारी दिएर सहयोग गर्न आग्रह गर्नुपर्ने बताउनु भयो ।
बालस्वास्थ्यका लागी पोषणका सामग्री बाँडेर मात्र सुधार ल्याउन नसकिने भन्दै उहाँले सचेतना फैलाएर गाउँघरमै पाइने पौष्टिक तत्वहरु उपभोग गर्ने वातावरण तयार गर्न सचेतना फैलाउनु पर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा प्रदेशको पोषणको अबस्थाको बारेमा प्रस्तुतिकरण गर्दै स्वास्थ्य निर्देशनालयका पोषण शाखा प्रमुख कौशल भण्डारीले सात प्रदेश मध्ये ख्याउटेपन लुम्बिनी प्रदेशमा सबै भन्दा बढि १६ प्रतिसत रहेको जानकारी दिनुभयो ।

यसैगरि पुड्कोपन २५ प्रतिसत र कम तौल भएका पनि २५ प्रतिसत रहेको तथ्याङ्कले देखाएको छ । गोष्ठी दुई दिन सम्म चल्नेछ।

सम्बन्धित शिर्षक :