रुपन्देहीका औषधी ब्यवसायी कोरोना भाईरस बिरुद्ध अभियानमा

स्वास्थ्यसमाचार /रुपन्देहीका औषधी ब्यवसायीहरु कोरोना भाईरसको वारे जनचेतनामुलक अभियान शुरु गरेका छन । रुपन्देही औषधी ब्यवसायी संघले एक कार्यक्रमको आयोजना गरि अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ तथा प्रमुख मेडिकल सुपरिटेन्ड डा. राजेन्द्र प्रसाद खनाललाई स्वागत तथा बधाई कार्यक्रम तथा कोरोना भाईरस बिरुद्ध सचेतना कार्यक्रम सुभारम्भ गरेको हो । कार्यक्रमका लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराई र सदस्य रिज्जु श्रेष्ठ तथा प्रमुख मेडिकल सुपरिटेन्ड डा राजेन्द्र प्रसाद खनाल, संघका अध्यक्ष सुरज भट्टराई, विशेष सल्लाहकारहरु रामप्रसाद खरेल, खेम पुन, डा रोहितराज क्षेत्री, लोकहरि श्रेष्ठ, संघका अञ्चल शाखा अध्यक्ष…

हेलिप्याड सहित सुबिधा सम्पन्न बन्दै लुम्बिनी प्रादेशिक अस्पताल

स्वास्थ्यसमाचार / बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन १० तलाको निर्माण हुने भएको छ । नयाँ भवन निर्माणका लागि सरकारले गुरुयोजना निर्माणको काम गरिरहेको छ । प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना निर्माणको काम अन्तीम चरणमा पुगेको छ । नयाँ बन्न लागेको गुरुयोजना तथा आधुनिक भवनको ड्रोईङ र डिजाइनबारे शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको छ । छलफलमा मुख्यमन्त्री शंकर पोखरेल सहित आन्तरिक मामिला तथा कानुन, भौतिक पुर्वाधार, सामाजिक बिकास मन्त्री तथा बुटवल उपमहानगरपालिकाका प्रमुख, योजना आयोगको उपाध्यक्ष, मुख्य न्यायधिबत्ता, प्रमुख सचिव, लुम्बिनी प्रादेशिक…

औषधी खरिदको टेण्डरमा कुरा नमिल्दा ठेकेदारहरु बिच कुटाकुट

स्वास्थ्यसमाचार /जिल्ला अस्पताल पाल्पाको औषधी खरिद सम्बन्धी टेण्डरको विषयलाई लिएर केही ठेकेदारहरु बीच कुटाकुट भएको छ । शुक्रबार बिहान १० बजे टेण्डर हाल्न गएका व्यवसायीहरुलाई रोक्ने क्रममा एक आपसमा कुरा नमिल्दा कुटाकुट भएको प्रत्यक्षदर्शीले बताए । कुटाकुटबाट १ जना व्यवसायी घाइते भएका छन। कुट्ने व्यवसायी फरार भएको र प्रहरीले उनलाई खोजिरहेको छ । प्रहरीका अनुसार घाइते व्यवसायीको प्राथमिक उपचार भएको छ । सो घटनामा संलग्न को–को हुन यस विषयमा प्रहरीले खुलासा गरेको छैन । अहिले तानसेनका ठाउँ–ठाउमा प्रहरी सक्रिय भएर गस्ती गरिरहेको छ ।

बुटवलमा एकै दिन ७ हजार वालवालिकालाई खोप र पोलियो थोपा

स्वास्थ्यसमाचार/ बुटवलमा एकै दिन झण्डै सात हजार जनालाई दादुरा–रुबेला खोप तथा पोलियो थोपा खुवाइएको छ । विभिन्न आठ वटा केन्द्रहरुमा गरी यो संख्यामा खोप र पोलियो थोपा खुवाइएको बुटवल उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखाले जनाएको छ ।तीन हजार सात सय जनालाई दादुरारुवेला र तीन हजार आठ सय जनालाई पोलियो थोपा खुवाइएको छ । पहिलो दिनको अभियानमा नै उत्साहजनक सहभागिता आएको छ । बुटवलका प्रमुख शिवराज सुवेदीले बुटवल वडा नं. ११ देवीनगरस्थित नवीन माविमा रहेको केन्द्रमा खोपको सामग्री हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरे । त्यसअवसरमा उनले प्रभावकारी र सहज तरिकाले…

भिम अस्पताल भैरहवामा २४ घण्टे ल्याब सेवा शुरु

स्वास्थ्यसमाचार/ भैरहवामा रहेको भिम अस्पतालमा ल्याव सेवा सुचारु गरिएको छ । हाल सम्म ओपिडि सेवा समयमा मात्रै सञ्चालन हुदै आएको ल्याव सेवा (प्रयोगशाला) आजबाट चौविसै घण्टा सञ्चालनमा आएको छ । चौबिस घण्टे ल्याव सेवाको जिल्ला समन्वय समितिका सभापति एकराज बिश्वकर्मा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्घाटन गरे । अस्पतालको सेवा प्रवाहलाई सुदृढिकरण गर्न चौबीसै घण्टा प्रयोगशाला सञ्चालनमा ल्याएपछि रगत, दिसा तथा पिसाब परीक्षणका लागि अब बाहिर जानुपर्ने बाध्यता हटेको छ । अस्पतालले ल्याबमा ५ पार्टको कुलटर काउन्टर स्वचालित मेसिन सञ्चालन गरेपछि अत्याधुनिक ल्याबसहितको २४ घण्टे सेवा सुरु भएको…

लुम्बिनी प्रादेशिक अस्पतालाई नमुना बनाउनुस : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्यसमाचार /संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाल कोरोना भाईरस मुक्त रहेको बताएका छन ।नेपालमा १८ जना संकास्पद फेला परेपनि उनीहरुमा कोरोना भाईरस नभएको बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको अबलोकनमा आएका मन्त्री ढकालले कर्मचारीको उच्चमनोबल बढाउने तरिकाले काम अघि बढाएको बताए । उनले अस्पतालका कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मिहरु बेतलबी बस्ने र काम नगर्ने कर्मचारीलाई मन्त्रालयमा दरबन्दी राख्ने बताए। मन्त्री ढकालले प्रादेशिक अस्पताल भएपनि केन्द्रबाट हुने र गर्नुपर्ने कामलाई कुनै बाकी नराख्ने बताए ।उनले प्रादेशिक अस्पताललाई अरु क्षेत्रकाले उदाहरण लिने तरिकाले अघि बढाउनु पर्ने बताए। ढकालले अस्पतालका…

दादुरा रुबेला खोप अभियानः मुख्यमन्त्री पोखरेलद्वारा शुभारम्भ

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैनाबाट प्रदेश ५ मा राष्ट्रिय दादुरा रुबेला खोप अभियान सुरू भएको छ । सैनामैनाको पर्रोहा क्याम्पसमा राखिएको खोप केन्द्रमा आएका बाल बालिकालाई खोप दिएर विहिबार प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले विधिवत रुपमा अभियानको शुभारम्भ गरेका छन् । सो अबसरमा बोल्दै मूख्यमन्त्री पोखरेलले खोप कार्यक्रमसँग नजोडिएका आमा तथा बालबालिकाहरुमा पुग्न सक्यौ भने मात्रै खोप अभियान सार्थक हुने उल्लेख गरे ।फरक प्रसँगमा मूख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालसँग जोडिएका सटरहरुका कारण अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएका कारण सटरहरु भत्काइएको बताए ।   अस्पताललाई विशेषज्ञ सेवासहित विशिष्टकृत गर्नका लागि सरकारले राष्ट्रय…

दादुरा रुबेला खोप अभियानः मेयरद्धारा खोप दिएर शुभारम्भ

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म तिलोत्तमामा खोप अभियान चल्नेछ । अभियानको तिलोत्तमा वडा नं. १ स्थित दुर्गामन्दिर खोप केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउने काममा सहयोग पुर्याउन सम्पूर्ण नगरबासीलाई आग्रह गरे । उनले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताए । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९…

कण्डम दिवसका अवसरमा बुटबलमा वृहत सांस्कृतिक कार्यक्रम

स्वास्थ्यसमाचार /अन्तराष्ट्रिय कण्डम दिवसका अवसरमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । दिवसका अवसरमा फेब्रुअरी १३ अर्थात बिहीबार बुटवल ट्राफिक चोकमा हुने उक्त कार्यक्रम बारे आयोजक आस्था समूह र सहयोगी संस्था ए.एच.एफ नेपालले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सो अवसरमा बोल्दै आस्था समूहका अध्यक्ष केशव पुन मगरले कण्डम दिवसका अवसर पारेर एचआइभी एड्सबाट जोगिन कण्डमको भूमिका महत्वपूर्ण हुुन्छ भन्ने बुझाउन र कण्डमको प्रयोग बारे सन्देश दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जनाए । त्यसैगरी कार्यक्रमको सहयोगी संस्था ए.एच.एफ.नेपालका क्षेत्रिय कार्यक्रम संयोजक धर्मराज भट्टराईले एडबाट बच्न कण्डमको अहम् भूमिका…

दादुरा रुबेलाखोप फाल्गुण १ देखि ९ सम्म तिलोत्तमामा संञ्चालन गरिदै(तालिका सहित)

स्वास्थ्यसमाचार/ नेपालमा सन् २०२३ सम्ममा दादुरा रुबेला दुबैलाई पुर्ण रुपले निवारण गरिसक्नु पर्ने लक्ष्य अनुरुप राष्ट्रिय अभियान कार्यक्रम रहेकोले तिलोत्तमा नगरपालिका अन्र्तगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुका खोप केन्द्रहरुमा यहि आगामी २०७६ फाल्गुण १ गते देखि ९ गते सम्म तिलोत्तमा नगरापालिकाका ६९ खोप केन्द्रमा २२ जना स्वास्थ्यकर्मी परिचालन गरी दादुरा रुबेला लक्षित १०हजार, ८सय १६ बालवालिका हरुलाई खोप लगाईने भएको छ । उक्त कार्यक्रमको लागि ८५ सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्रचार गरि धेरै भन्दा धेरै लाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । खोप लगाएपछि हुने कुनै अवाञ्छित समस्या लाई मध्यनगर…