बुटवल उपमहानगर द्धारा जेष्ठ नागरिक र सुत्केरीलाई घरमै गएर सेवा

स्वास्थ्यसमाचार/ बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा सञ्चालन भएपछि सेवाग्राहीको आकर्षण बढेको छ । सरकारी तबरका स्वास्थ्य संस्थामा सेवाग्राही विश्वस्त हुन नसकेको र सेवाप्रवाह पनि प्रभावकारी नभएका गुनासा आइरहेका बेलामा बुटवल उपमहानगरपालिकामा भने सरकारीमै सेवा लिनेको संख्या उल्लेख्य छ । बुटवल उपमहानगरका १९ वटै वडाहरुमा मेडिकल अफिसर र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवाप्रवाह गरिरहेका छन् । साना–साना स्वास्थ्य समस्यालाई लिएर पनि उनीहरु स्वास्थ्य संस्थामा जान थालेका छन् । उपमहानगरमा रहेको विभिन्न १८ वटा स्वास्थ्य संस्थामा कार्यरत ५५ जना स्वास्थ्यकर्मीहरुले नियमित सेवाप्रवाह गर्दै आएका छन्…

लुम्बिनी प्रादेशिक अस्पतालद्धारा ४८ घन्टा भित्र सटर खाली गराउन व्यवसायीलाई चेतावनी

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले ४८ घन्टा भित्र सटर खाली गराउन व्यवसायीलाई अल्टीमेटम दिएको छ । सामाजीक बिकास मन्त्रालयले अस्पतालललाई सटरहरुलाई ४८ घन्टा भित्र खाली गराउन निर्देशन दिए अनुसार अस्पतालले उक्त सुचना प्रकासित गरि अल्टीमेटम दिएको हो । अस्पतालले माघ २२ गते भित्र सटर खाली गराउन निर्देशन दिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालद्धारा हस्ताक्षरित सुचनामा तोकिएको समयसम्म सटर खाली नगराए भत्काउदा हुने हानी नोक्सानीको जिम्मेबार अस्पताल नहुने उक्त सुचना मार्फत जानकारी गराएको छ । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पताल तथा प्रदेशको गौरवको आयोजनाको रूपमा…

तिलोत्तमामा फागुन १ देखि दादुरा–रुबेला खोप अभियान

स्वास्थ्यसमाचार तिलोत्तमा नगरपालिकामा आउँदो फागुन १ देखि दादुरा–रुबेला खोप अभियान सुरु हुँदैछ ।अभियानको सन्दर्भमा सोमबार नगरपालिकामा आयोजित जनप्रतिनिधि र स्वास्थ्य शाखाका ईञ्चार्जबीचको अभिमुखीकरण कार्यक्रममा यो जानकारी गराइएको हो । जनस्वास्थ्य कार्यालयले तय गरेको समय तालिका अनुसार फागुन १ देखि ९ गतेसम्म तिलोत्तमा सहित बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकामा यो अभियान सञ्चालन हुनेछ । यस्तै फागुन १३ देखि १७ गतेसम्म चल्ने दोस्रो चरणको अभियान सिद्धार्थनगर नगरपालिकामा कार्यान्वयन हुने कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए । यसपछि जिल्लाका बाँकी ८ स्थानीय तहमा तेस्रो चरणमा…

रुपन्देही अदालतद्धारा अन्तरिम आदेश खारेज, अस्पताललाई सटर खाली गराउन बाटो खुल्यो

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालका सटर करार सम्झौता निरन्तरताका लागी सटर व्यवसायीहरुले दिएको मुद्धामा जिल्ला अदालतले प्रतिवादी हाजीरभई अर्काे छलफल नहुदासम्म अन्तरकालिन आदेशलाई खारेज गरिदिएको छ ।   बादीको माग बमोजिम सटरबाट नहटाउनु भनि अन्तरकालिन आदेश जारी भएकोमा सो मुद्धा न्यायधिश संग पेस हुँँदा उक्त अन्तरकालिन आदेशलाई निरन्तरता दिन नपर्ने भएको आदेश गरेका छ। सामाजिक बिकास मन्त्रालय चिकित्सा सेवा महाशाखा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले लेखेको पत्रलाई आधार तथा सामाजीक बिकास मन्त्रालयका सचिब डा गोपिकृष्ण खनालको प्रतिबेदन र प्रदेश सरकारको निणर्य अनुसार सटर तत्काल हटाउने निणर्य देखिन्छ आदेशमा उल्लेख गरिएको छ ।…

दाङमा लमही सामुदायिक डायलाईसिस सेन्टर संञ्चालन हुने

स्वास्थ्यसमाचार /गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले दाङको लमहीमा स्थापना गरेको लमही सामुदायिक डायलाईसिस सेन्टर संचालनमा आउने भएको छ।रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा स्थापना गरिएको डायलाईसिस सेन्टर माघ २२ गतेदेखि सेवा संचालन हुने भएको हो। गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाईसिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु पुरा भएको जानकारी दिए। उनकाअनुसार हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिन्छ। बुटवलदेखि पश्चिम घोराही र तुल्सिपुर अस्पतालमा दुईरदुई वटा डायलाईसिस मात्र रहेकोमा १० वटा…

शुन्य पोलिथिन घोषणा मात्र होइन,कार्यान्वयन पनि कडाइपुर्वक :नगरप्रमुख घिमिरे

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाले थालेको खुला शुन्य पोलिथिन अभियान अन्तर्गत शनिबार ३६ मौजा नहर सफाई गरिएको छ । ३६ मौजा सिंचाई प्रणालीको अगुवाइमा सयौं किसानहरुले नहर सफाई गरेका हुन् । नहरसफाई कार्यक्रमको उदघाटन योगिकुटीमा नगरप्रमुख वासुदेव घिमिरे र जमुहानीमा उपप्रमुख जगेश्वरदेवी चौधरीले गरेका थिए । ३६ मौजा सिंचाई प्रणाली अन्तर्गत करिव ३५ सय हेक्टर क्षेत्रफलमा सिंचाई हुने गर्दछ । कुलो तथा नहरमा बग्ने फोहरसमेत रोक्नेगरी नगरपालिकाले थालेको अभियानलाई साथ दिंदै किसानहरु आफै नहरभित्र पसेर फोहर संकलनमा जुटेका हुन् । ३६ मौजा अन्तर्गतका सातवटा क्षेत्रमध्ये वडा नम्बर १ र २ को योगीकुटी,…

कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले बनायो तीनवटा समिति

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरसको संक्रमण फैलन नदिन भन्दै आवश्यक कार्यार्थ तीनवटा समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा एउटा उच्चस्तरिय अनुगमन समिति बनेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । सो समितिमा सम्बन्धित मन्त्रालयहरु जस्तै, गृह, रक्षा, पर्यटन, कृषि मन्त्रालयका सचिवहरु सदस्य रहेका छन् । त्यस्तै, स्वास्थ्य सचिव खगराज बरालकोको अध्यक्षतामा निर्देशक समिति बनेको छ । सो समितिमा विभिन्न मन्त्रालयका सहसचिवहरु सदस्य रहेका छन् । त्यस्तै मन्त्रालयको गुणस्तर, मापन तथा नियमन महाशाखा प्रमुख डा। दिपेन्द्र रमण श्रेष्ठको अध्यक्षतामा प्रविधिक समिति गठन भएको श्रेष्ठले…

कोरोनाको लागी सर्तकता बढाईयो, बेलहिया सीमामा दुवै तर्फ हेल्थ डेस्क

स्वास्थ्यसमाचार /चीनबाट फैलिदै गएको कोरोना भाईरसको जोखिममा नेपाल पनि पर्ने भएकोले सीमामा सर्तकता अपनाउन थालिएको छ ।स्थल नाका हुदै सबै भन्दा बढी पर्यटक भित्रयाउने बेलहिया सीमा नाकामा कोरोनाबारे चेकजाँच तथा यसको सचेतनाको लागी हेल्थ डेस्क स्थापना गरिएको छ । यस्तै भारतले पनि आफ्नो देशमा आउने बिभिन्न पर्यटकहरुलाई लक्षित गरि हेल्थ डेस्क स्थापना गरेको छ ।बेलहिया/सुनौली नाका भएर दैनिक सयौको संख्यामा पर्यटक आवागमन हुने भएकोले यस क्षेत्रमा सर्तकता बढाइएको हो ।भारतमा गत मंगलबार देखी नै हेल्थ डेस्क राखी सेवा प्रदान भई रहे पनि नेपाल तर्फ बिहिबारबाट मात्रै यो सेवा राखिएको छ…

प्रदेशमा पहिलो जनस्वास्थ्य प्रयोगशाला ५ नं प्रदेशमा शुभारम्भ

स्वास्थ्यसमाचार/ प्रदेश ५मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना भएको छ । प्रयोगशालाको एक कार्यक्रमका विच सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे । सोअबसरमा वोल्दै जनस्वास्थ्य मानवसंग प्रत्यक्ष जोडिएकाले मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएको बताए ।उनले वजारमा स्वास्थ्य प्रयोगशालाहरुविच अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउदै स्वास्थ्य क्षेत्रको लागि त्यो उचित नहुने बताए । अस्वस्थ्य प्रतिस्पर्धा भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्न र दिर्घकालिन सोचाई राख्न प्रयोगशाला संचालकहरुलाई आग्रह गरे । उनले प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माणको लागी जग्गाको खोजी भईरहेको बताउदै स्थानीय तहसंग सहकार्य गरेर अघि वढ्ने बताए । सामाजिक विकास मन्त्रालयका…

पूरै विश्व सावधान हुनुपर्छ :कोरोना भाइरसबारे डब्लुएचओको चेतावनी

बिबिसी, १६ माघ / विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ। चीनको प्रशंसा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस सङ्क्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन्।डाक्टर माइक र्‍यानले घातक भाइरससँग जुझ्न चीनले चालेका कदमहरूको प्रशंसा गरे चुनौती निकै ठूलो छ तर त्यसको सम्बोधनका लागि देखाइएका प्रतिक्रिया पनि व्यापक छन्। बिहीवार डब्लुएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न बैठक डाकेको…