स्वास्थ्यसमाचार/बुटवल स्थीत लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार गरिएको छ । आइतवार विस्तारित स्वास्थ्य सेवा मा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआइसियु (बेड विस्तार) , एसएनसियु सेवा थप गरिएको छ । त्यस्तै बाल तथा प्रसुति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरिएको छ । यी सेवा विस्तार तथा शुभारम्भ प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्नु भयो। कार्यक्रममा वोल्दै मन्त्री राजु खनालले प्रदेशको गहनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमित्तामा राखेको बताउनु भयो । उहाँले जनताको बिश्वास जितेर बिशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिनुभयो । अस्पताललाई…
मुख्य समाचार
सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघले अस्पताल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । स्वास्थ्य मन्त्रालयमा आज भएको वार्तामा ६ बुँदे सहमति भएपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । बार्तामा सहभागी डा लिजन महर्जनका अनुसार सञ्चो अस्पताल हेटौँडामा कार्यरत दुई डाक्टरमाथि कुटपिट गर्ने थप ५ जनालाई प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको र उनीहरुलाई छिटो पक्राउ गरी कार्वाही प्रक्रिया अघि बढाउने सहमति भएको छ । ‘हाम्रो त मुख्य माग डाक्टर कुटने माथि कार्वाही हुनुपर्छ भन्ने थियो । यसअघि ४ जनालाई नियन्त्रणमा लिईसकेको छ अब थप ५ जनामाथि पनि पक्राउ पूर्जी जारी भएको…
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता नियुक्त
स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा .संगीता मिश्रा नियुक्त भएकी छन् । मिश्राले बुधबार नियुक्तिको पत्र पाएसँगै पदबहाली गरेकी छिन् । डा . मिश्राले पदबहाली भएको जानकारी गराउँदै सोमबारदेखि कार्यभार सम्हाल्ने बताइन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उनी १२ औँ तहमा अतिरिक्त सचिवको रुपमा कार्यरत थिइन् । यस अघि विभागको महानिर्देशकको रुपमा रहेका डा. दिपेन्द्र रमण सिंहलाई भने मन्त्रालय तानिएको छ । त्यसैगरी कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी बाल रोग विशेषज्ञ डा. पंकज रायले पाएका छन् ।
यौन दुर्व्यवहार गरेको आरोपमा शिवराज आधारभूत अस्पतालका प्रमुख पौडेलमाथि जबरजस्ती करणी मुद्दा दर्ता
स्वास्थ्यसमाचार /कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सिअहेब लेखनाथ पौडेलमाथि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शेखर जंग मल्लले आइतबार साँझ पौडेल र उनका साथी नगरपालिका वडा नम्बर–३ का भुवन पाण्डेयमाथि जबरजस्ती करणी उद्योगको मुर्दा दर्ता भएको जानकारी दिए। आइतबार साँझ पीडित महिला कर्मचारीहरूले ती दुईमाथि जाहेरी दिएकी थिइन्। आरोपित दुवै जना सम्पर्कविहीन रहेका छन्। यौन दुर्व्यवहारको आरोप लागे पछि प्रमुख पौडेललाई नगरपालिकाले आइतबार नै जिम्मेवारीबाट हटाएको थियो। गत शुक्रवार रात्रिकालीन डिुयुटीका बेला मदिरा सेवन…
लुम्बिनी प्रदेश जनस्वाथ्य प्रयोगशाला भवनको मुख्यमन्त्री चौधरीद्धारा उद्घाटन
स्वास्थ्यसमाचार /ग्लोवल फण्डको अनुदाद र सेभ द चिल्डेन्सको सहयोगमा रुपन्देहीको बुटवलमा प्रदेश जनस्वाथ्य प्रयोगशाला भवन निर्माण भएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवनको सोमबार प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेश सरकार संरचना पछि निर्माण भएको आफ्नै भवनको सञ्चालनका लागि आवश्यक संरचना निर्माणका लागि सरकारले सहयोग गर्ने बताएका थिए । उनले निर्माण भएका भौतिक संरचना पूर्ण रुपमा सञ्चालन गर्नका लागि अन्य सहायक संरचना, भवन निर्माणको लागि प्रदेश सरकारले जहिले पनि सहयोग…
लुम्बिनीमा स्वास्थ्य संस्था स्थापना सम्वन्धी विधेयक पारित
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशसभाले स्वास्थ्य संस्था स्थापनासम्बन्धी विधेयक पारित गरेको छ। प्रदेशसभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको हो। प्रदेशसभा सामाजिक विकास समितिका तर्फबाट अघिल्लो बैठकमा प्रतिवेदनसहितको विधेयक सभामा प्रस्तुत गरिएको थियो। प्रदेशसभा बैठकमा स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संसोधन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख तुलाराम घर्तीले विधेयकलाई सभामा निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको थियो। बैठकमा विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले निजामति कर्मचारी…
वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था सुध्रिदैन : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताएका छन् । देशकै सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरिएको समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वीर अस्पताल नसुधारी देशको समग्र स्वास्थ्य अवस्था सुधार्न नसकिने भएकाले वीर अस्पताल सुधार्न आफु लागि परेको बताए । आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको अढाई महिनामा वीर अस्पतालमा विपन्न देखि भिआईपीसम्मका विरामीले महसुस गर्ने गरि काम गरेको दावी गर्दै मन्त्री बस्नेतले वीर अस्पताल सबै विरामीका लागि सबै प्रकारका विशेषज्ञ सेवा प्राप्त हुने अस्पतालका रुपमा विकास गरेको…
रुपन्देही जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा
स्वास्थ्यसमाचार/रुपन्देहीलाई ‘पूर्ण खोप दिगोपना सुनिश्चित’ जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम पूर्ण खोप दिगोपना सुनिश्चित घोषणसभामा उक्त घोषणा गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित भएको जिल्ला घोषणा गरेका हुन् ।पूर्ण खोप जिल्ला सुनिश्चित गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी रुपन्देही जिल्लालाई आर्थिक वर्ष २०७९/८० मा १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्रमा पाउनुपर्ने पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा रुपन्देहीलाई पूर्ण खोप दिगोपना सुनिश्चित…
प्यूठानको खानेपानीमा ३९ प्रतिशत दिसा जन्य पदार्थ मिसावट भेटियो
स्वास्थ्यसमाचार/ पहाडी जिल्ला प्युठानमा ३९ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । स्वास्थ्य कार्यालय प्यूठानले विभिन्न समयमा १३५ वटा खानेपानीको नमुना परीक्षणमा ५३ वटामा इकोली भेटिएको पाइएको हो । जिल्लाका ९ स्थानीय तहमा गरिएको परीक्षणमा ३९ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उहाँले बताउनुभयो । परीक्षणमा जिल्लाका माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्धारी नगरपालिकामा धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो । जनस्वास्थ्य प्रमुख पाण्डेका अनुसार माण्डवी गाउँपालिकामा खानेपानीको…
मस्तिष्क मृत्युपछि अंगदानबारे समाजमा सचेतना जगाउन जरुरी
स्वास्थ्यसमाचार/मानिसको मृत्यु पश्चात पनि अंगदान गर्न सकिन्छ भन्नेबारे समाजमा जनचेतना जगाउनु जरुरी भएको बुटबलमा सरोकारवालाहरूले वताएका छन। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा संजिवनी हेल्थ मिडिया प्रालिको आयोजनामा बुटवलमा मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी ब्यवस्था र कार्यान्वयनको अवस्थावारे भएको अन्तरक्रिया यस्तो बताईएको हो। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख कार्यकारी अधिकृत डा पुकार श्रेष्ठले तीन करोड जनसंख्या भएको देशमा अहिलेसम्म २ हजार २ सय जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेको वताउनु भयो। छोटोसमयमा एक हजार बढीको मृगौला प्रत्यारोपण गर्न सफल भएको भन्दै उहाले यो अभियान देशब्यापी गराउने उल्लेख…