लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टअपरेटिभ वाड सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा २७ बेडको नया पोष्टअपरेटिभ वाड संञ्चालन भएको छ।

आज एक कार्यक्रमका बिच लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राई र अस्पतालका मेसु डा राजेन्द्र खनालले पोष्टअपरेटिभ वाडको उदघाटन गरे ।

उदघाटन समारोहमा वोल्दै अस्पताल बिकास समितिका अध्यक्ष भट्राईले अस्पतालको सेवा बिस्तार संगै उपचारमा आउने बिरामीलाई सहज सेवा दिने वातबरण श्रृजना गदै जाने बताए ।

उदघाटनमा अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले अस्पतालको सेवा बिस्तार संगै नया सेवा सुचारु गर्देजाने बताए । आज संञ्चालनमा आएको पोष्टअपरेटिभ वाडमा पाल्पाका २८ बर्षिय जानकी पल्लीलाई सेवा दिईएको अस्पतालका नर्सिड ईन्र्चाज ज्योति पौडेलले बताईन ।

उदघाटन समारोहमा वरिष्ठ स्त्रीरोग प्रमुख डा श्रीधर आर्चाय लगायको सहभागी रहेको थियो ।

सम्बन्धित शिर्षक :