किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

काठमान्डौ/ पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ । भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले धेरै व्यक्ति भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको पराबैजनी किरणको सम्पर्कमा कमै मात्र आउन पाएका हुन्छन् । किनकि बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरुलाई घाममा बस्ने फुर्सद नै कम छ । सहरका घरहरु एकापसमा जोडेर बनाइएकाले कोठा कोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन । मानव छालाले सूर्यको…

देवदहमा प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन

स्वास्थ्यसमाचार /रुपन्देहीको देवदह नगरपालिका–५, पानवारीमा रहेको प्रदेश स्तरीय स्वास्थ्य तालिम केन्द्रमा प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन गरिएको छ । लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य तालिम केन्द्रमा प्रादेशिक बायोमेडिकल कार्यशालाको उद्घाटन गरिएको हो ।कार्यशालाको एक कार्यक्रमका वीच लुम्विनी प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुले उद्घाटन गर्नु भएको हो । स्वास्थ्य मन्त्री थारुले नागरिकको स्वास्थ्यको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाले उहाले अस्पताल संगै स्वास्थ्य उपकरण प्राविधिकको आवश्यक रहेको बताउदै बायोमेडिकल कार्यशालाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने बताउनु भयो । मन्त्री चौधरीले मेडिकल क्षेत्रमा देखिएका समस्या समाधान गर्न बायोमेडिकल कार्यशालाले महत्वपूर्ण…

बुटबलमा लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु

स्वास्थ्यसमाचार /कोरोना संक्रमितको ग्राफमा डेंगु पनि सामेल भएपछि बुटबल उपमहानगरपालिकाले लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु गरेको छ।बुटबल नगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पान्डेका अनुसार आज बुटबलका वडा नं ४ र६मा लामखुट्टेको लार्भा खोज र नष्ट नष्टगर अभियान सुरु गरिएको बताए । अभियानमा जनप्रतिनिधि स्वास्थ्य शाखाका कर्मचारीहरु र स्थानिय हरुको सहभागी रहेको थियो।यो अभियान बुटबलका सबै वडामा संञ्चालन गरिने पान्डेले बताए ।बुटबलमा १सय १५ जना डेंगु संक्रमित रहेको पान्डेले बताए। जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)…

बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारीले शतप्रतिशत प्रोत्साहन पाउने, १० लाखको जोखिम बीमा

काठमाडौं / अब बर्ड फ्लू नियन्त्रणमा खटिने कर्मचारी एवं श्रमिकले शतप्रतिशत प्रोत्साहन रकम पाउने भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘बर्ड फ्लू नियन्त्रणका लागि खटाइएका कर्मचारी वा व्यक्तिलाई उपलब्ध गराइने प्रोत्साहन सुविधासम्बन्धी मापदण्ड–०७९ नेपाल राजपत्रमा प्रकाशित गरेको हो । जसअनुसार बर्ड फ्लू नियन्त्रणका लागि रोक नियन्त्रण कक्ष, प्रयोगशाला, आकस्मिक अन्वेषण, रेपिड रेस्पोस्स लगायत क्षेत्रमा खटिएका कर्मचारी वा व्यक्तिलाई शतप्रतिशत प्रोत्साहन सुविधाको व्यवस्था गरिएको हो । ती कर्मचारी वा श्रमिकले प्रतिदिन पाउने तलब वा ज्यालामा शतप्रतिशत आर्थिक सुविधा पाउनेछन् । त्यसबाहेक बिदाको दिन काम गर्नु परेमा थप शतप्रतिशत रकम…

चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिमा ३ वर्षमा डेढ अर्ब खर्च

स्वास्थ्यसमाचार/ चिकित्सा शिक्षा आयोगले २०७७ देखि ०७९ सम्म चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस, नर्सिङलगायत) मा छात्रवृत्तिबापत डेढ अर्ब रुपैयाँ अनुदान दिएको छ । शैक्षिक सत्र २०७६/२०७७ देखि ०७९/८० सम्मका लागि १८ वटा शिक्षण संस्थाहरुलाई चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति दिन एक अर्ब ४५ करोड ४२ लाख ४० हजार ३४ रुपैयाँ रकम एकमुष्ट उपलब्ध गराएको आयोगले जनाएको छ । आयोगले सोमबार आयोजना गरेको कार्यक्रममा छात्रवृत्तिको बजेट बजेट विवरण सार्वजनिक गरेको हो ।आयोगको विवरण अनुसार सबैभन्दा बढी अनुदान पाउनेमा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । छात्रवृत्तिवापत प्रतिष्ठानले ४६ करोड…

असमान तलववृद्धी तत्काल सच्चाउ :राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल

स्वास्थ्यसमाचार /  सरकारले आर्थिक वर्ष ०७९र८० को वजेट वक्तव्य विपरित असमान तरिकाले तलब बृद्धी गरेको भन्दै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विरोध जनाएको छ । सोमवार प्रेसविज्ञप्ती जारी गर्दै कुनै पनि बहानामा असमान किसिमले गरिने तलव वृद्धि स्वीकार्य नहुने उल्लेख गरेहको छ । महासंघले पक्षपातपूर्ण र असमान किसिमले तलब बृद्धी गरिएमा त्यसबाट सृजना हुने बिरोध र आन्दोलनका कार्यक्रमबाट निस्कने परिणामको जवाफदेही सरकार हुनुपर्ने चेतावनी दिएको छ । महासंघका महासचिव डा सन्तोष पौडेलद्धारा जारी विज्ञप्तीमा सार्वजानीक भएको नया तलवमान प्रस्तावले आम कर्मचारी र स्वास्थ्यकर्मीमा अन्यौलता छाएको उल्लेख छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ३लाख ४हजार वढीले पाए उपचार

स्वास्थ्यमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा ३ लाख ४ हजार ७सय २५ जनाले उपचार गराएका छन। आर्थिक बर्ष २०७८को साउन देखी २०७९को असार सम्म अस्पतालको बहिरंग रोग विभाग(OPD) र (Emargance) ईर्मेजेन्सी मा गरि कुल ३लाख ४ हजार ७सय २५ जनाले सेवा लिएका हुन। अस्पतालको तथ्याङ्क अनुसार जनरल(OPD) ईएचएस(EHs) र बिमा गरि अस्पतालबाट जम्मा २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन।  त्यसमध्ये (OPD)जनरलमा १लाख ८३ हजार ६सय १५ (EHs)ईएचएसबाट २४सय ७८ र बिमाबाट १ लाख ९सय ६७ गरि अस्पतालबाट कुल २ लाख ८७ हजार ६० जनाले उपचार सेवा लिएका छन…

नेपाल आयुर्बेद औषधी व्यबसायी संघ रुपदेहीको अध्यक्षमा डा. धिताल

स्वास्थ्यसमाचार /नेपाल आयुर्बेद औषधी व्यबसायी संघ जिल्ला शाखा रुपदेहीको अध्यक्षमा डा दिपक कुमार धिताल निबिरोध निर्बाचित भएका छन। आज सम्पन्न अधिवेशनले ३ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। संघको उपाध्यक्षमा कृष्ण बहादुर के सी सचिबमा सालीक राम भुसाल कोसाध्यक्ष केसब राज पोख्रेल र सदस्यहरुमा डा.योगेन्द्र ठाकुर श्याम शर्मा डिल्ली राम ज्ञवाली सुनिता राना बुचा अनुपा आचार्य भुमा बेल्बासे चयन भएको निर्बाचन समितिका संयोजक यमलाल भट्राईले बताए । दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनको  बुटबल नगरपालिका उपप्रमुख खेलराज पान्डेले उदघाटन गरेका थिए।

कोरोनाबिरुद्धको खोप नलगाउँदा ज्यान जाने खतरा

स्वास्थ्यसमाचार/ सरकारले कोभिडबिरुद्धको खोप अनिवार्य रुपमा लगाउन आम सर्वसाधारणसंग अपिल गरेको छ । उसले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको व्यक्तिलाई बुस्टर डोज लिन समेत अनुरोध गरेको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र विश्व स्वास्थ्य संगठनको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखा ९इडीसीडी०का महामारी व्यवस्थापन शाखा प्रमुख डा। खगेश्वर गेलालले पछिल्लो पटक कोभिड संक्रमणमा परी ज्यान गुमाउने मध्ये ७६ प्रतिशतले कोभिडबिरुद्धको खोप नलगाएको पाइएको बताए । ‘पछिल्ला केही सातामा १७ जनाको ज्यान गएको छ । त्यसमध्ये १३ जनाले कोभिडबिरुद्धको खोप लगाएका थिएनन्…

नेपाललाई सन् २०५० सम्ममा क्षयरोग निर्मुल बनाइने

स्वास्थ्यसमाचार/ सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग निर्मल बनाइन कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज यहाँ आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगको खाँचो औँल्याए । हाल २५ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले आगामी चार वर्षभित्र सबै स्थानीय तहमा अभियान गरिने बताए । मन्त्रालयका निमित्त सचिव श्यामसुन्दर यादवले स्थानीय तहले हरेक घरमा यस्ता रोगीे खोजी गरेर केन्द्रमा तथ्याङ्क उपलब्ध गराएमा…