लुम्बिनी प्रादेशिक अस्पतालाई नमुना बनाउनुस : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्यसमाचार /संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाल कोरोना भाईरस मुक्त रहेको बताएका छन ।नेपालमा १८ जना संकास्पद फेला परेपनि उनीहरुमा कोरोना भाईरस नभएको बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको अबलोकनमा आएका मन्त्री ढकालले कर्मचारीको उच्चमनोबल बढाउने तरिकाले काम अघि बढाएको बताए । उनले अस्पतालका कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मिहरु बेतलबी बस्ने र काम नगर्ने कर्मचारीलाई मन्त्रालयमा दरबन्दी राख्ने बताए।

मन्त्री ढकालले प्रादेशिक अस्पताल भएपनि केन्द्रबाट हुने र गर्नुपर्ने कामलाई कुनै बाकी नराख्ने बताए ।उनले प्रादेशिक अस्पताललाई अरु क्षेत्रकाले उदाहरण लिने तरिकाले अघि बढाउनु पर्ने बताए। ढकालले अस्पतालका सटरहरु भत्काए पछि अब तत्काल पर्खाल लगाउनु पर्ने बताएका छन ।

लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राईले मन्त्रीलाई अस्पतलको फार्मेसी ब्यबस्थीत बनाउन सहयोग गरिदिन आग्रह गरे ।
अस्पतालका मेसु डा राजेन्द्र खनालले अस्पतालको अबस्थाको बारे जानकारी गराउदै कर्मचारी समायोजकले समस्या भएको बताए ।

सम्बन्धित शिर्षक :