बुटबल उद्योग बाणिज्य संघद्धारा आम्दाका बिरामीलाई सहयोग

स्वास्थ्यसमाचार /बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको स्थापना दिवसमा अस्पतालमा उपचाररत महिला तथा बालबालिकालाई फलफूल, डाईपर तथा टिस्युपेपर वितरण गरेको छ । संघको ६७ औं स्थापना दिवसको अवसर पारेर संघ अन्तरगत गठित महिला उद्यमी समितिले बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा उपचाररत महिला तथा बालबालिकालाई फलफूल, डाईपर तथा टिस्युपेपर वितरण गरेको हो । सहयोग वितरण कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा आम्दा अस्पताल सञ्चालक समितिका उपाध्यक्ष खिमबहादुर हमालले संघको स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायितव बहन गर्दै स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम गरिएको जानकारी गराए । संघको स्थापना दिवसकै अवसरमा संघको…

नमुनाद्धारा भीम अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

स्वास्थ्यसमाचार /नमूना एकीकृत विकास परिषद रुपन्देहीले भैरहवास्थित भीम अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बिगत १८ बर्ष देखी सामाजिक र स्वास्थ्य क्षेत्रमा कार्यरत नमुना द्धारा संचालित  एचआइभी र एड्स, यौनरोग रोकथाम, हेरचाह र उपचार सेवा कार्यक्रम अन्तर्गत राष्ट्रिय रणनीति २०१६–२०२१ र ९०–९०–९० को लक्ष्य तथा उद्देश्य प्राप्तिको एवं भीम अस्पताल, एआरटी सेन्टरको सुढृढीकरण तथा विकासको लागि सामाग्री हस्तान्तरण गरिएको नमूनाका कार्यक्रम संयोजक सुमित राजभण्डारीले बताए । नमूनाका अध्यक्ष ज्ञानु पौड्यालले निःशुल्क कानूनी सहायताका अधिवक्ता सुनिल त्रिपाठी तथा एआरटी परामर्शदाताको रोहबरमा प्रिन्टर, फाइलदराज, जाँच सेट, टेलिफोन सेट, युपिएस तथा स्टेशनरी…

शिवजीको मन्दिर गएनौ बिरामीको सेवागर्ने मन्दिर सरसफाईमा छौ

स्वास्थ्यसमाचार/ घाटीमा एथेस्कोप उनि सेतो एप्रोनमा बिरामीको सेवामा खटीने लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक तथा नर्सहरु आज भने हातमा पंञ्जा झाडु समातेर सरसफाई गरिरहेको थिए । पुर्वपश्चिम राजमार्गको छेउमै रहेको अस्पताल परिवरि हातमा झाडु बोकेर सरसफाई गरेको देख्दा सडको छेउछाउमा हिडने गाडिमा गुडने सबैको ध्यान उनीहरु तर्फ देखिन्न्यो ।अस्पतालका मेसु डा राजेन्द्र खनाल भन्दै थिए आज शिबरात्री भएपनि मन्दिरमा नगएर बिरामीको सेवागर्ने मन्दिर सफागर्न लागेको बताए । लेखा अधिकृत अबदुल गफफार खाँ भन्दै थिए सधै बिरामीकोमात्र उपचार गर्ने अस्पताल परिसमा आज अस्पतालको उपचार भैरहेको बताए । अस्पताल सफारहे अस्पतालमा आउने बिरामीलाई…

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा महेन्द्रप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई विभागको निमित्त महानिर्देशकमा नियुक्त गरेका हुन् । उनलाई स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ मन्त्रालय स्रोतले भन्यो आज नै यो निर्णय भएको हो । श्रेष्ठ स्वास्थ्य मन्त्रालयका प्रवक्ताका रुपमा कार्यरत छन् । उनी मन्त्रालयको समन्वय महाशाखा हेर्दै आएका थिए । श्रेष्ठलाई विभागको महानिर्देशक बनाएसँगै अहिलेका विभागका महानिर्देशक डा रोशन पोखरेललाई मन्त्रालयमा तानिएको छ । यस्तै, मन्त्रालयको समन्वय महाशाखाको जिम्मेवारी विकास देवकोटालाई दिइएको छ भने नीति तथा…

दादुर रुवेला खोप निर्धक साथ वालवालिकामा लगाऔ : निर्देशक डा गिरी

स्वास्थ्यसमाचार/ प्रदेश ५का स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीले दादुर रुवेला खोप निर्धक साथ आफना वालवालिकामा लगाउन आग्रह गरे । स्वास्थ्य सेवा बिभाग वाल महाशाखाद्धारा बुटबलमा आयोजित दादुरा–रुबेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढिकरण कार्यक्रम अन्तर्गत खोप लगाएपछि हुन सक्ने अवान्छित घटना र त्यसको व्यवस्थापन अभिमुखिकरण कार्यक्रममा बोल्दै डा गिरीले उक्त कुरा बताएका हुन । डा गिरीले प्रदेश ५ को रुपन्देहीवाट नयाँ तरिकाले खोप लगाउने अभियान सुरु भएको बताए । नेपालमै कुनै ठाउमा छैन बच्चा बिरामी छ कि छैन जाच गरेर खोप लगाउने अभियान यहाबाट सुरु भएको छ। निर्देशक…

गुल्मीमा विद्यालय स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ

सन्तोष महतारा गुल्मी ८ फागुन  गुल्मीको सदरमुकाम तम्घासमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम शुभारम्भ गरिएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा हस्पिटल प्रालिको आयोजनामा जिल्लाको रिडर्स पब्लिक हाई स्कुलबाट शुभारम्भ गरिएको रेसुङ्गा हस्पिटल प्रालिका संचालक समिति अध्यक्ष श्री प्रसाद भलामीले बताए । तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ भन्दै विद्यार्थीहरुका लागी स्वास्थ शिक्षा कार्यक्रम शुभारम्भ गरिएको बताइएको छ ।विद्यालयमा बिद्यार्थि अत्याधिक बिरामी भइरहने भएकोले उनीहरुलाई प्राथमिक उपचार सम्बन्धि जानकारी गराउन यस्तो कार्यक्रम आयोजना गरिएको रेसुङ्गा हस्पिटल प्रा लिका संचालक समिति अध्यक्ष भलामीले जानकारी दिए । हरेक नागरिकले आफ्नो समस्या आफै पत्ता…

स्वास्थ्य सेवाको पहुच बढाउन प्रत्येक पालिकाहरुमा अस्पताल मन्त्री बराल

स्वास्थ्यसमाचार/ कपिलवस्तु अस्पतालको नव निर्मित भवनको प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले उद्घाटन गरे । २०६९ सालमा निमार्ण सुरु गरिएको उक्त भबनको उदघाटन गर्दे मन्त्री बरालले स्वास्थ्य सेवाको पहुच बढाउन प्रत्येक पालिकाहरुमा अस्पताल निर्माण गरिने बताए । उनले एक पालिका एक अस्पतालको अवधारणा अघि बढेको बताउदै अस्पतालमा प्रर्याप्त मात्रामा औषधि, विभिन्न उपकरण, बर्थिङ सेन्टर, उपलब्ध गराउन प्रदेश सरकारले योजनावद्ध तरिकाले लागिपरेको बताएका छन । मन्त्री बरालले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन प्रदेश सरकारले सरकारी अस्पतालको स्त्तोरन्ती गर्ने कार्य समेत अघि बढाएको बताए । सरकारी अस्पतालको भौतिक अवस्था…

प्राकृतिक चिकित्सालाई प्रदेश सरकारको प्राथमिकता : मन्त्री बराल

स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ चारपाला स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालय संञ्चालनमा आएको छ । प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपालाद्धारा संञ्चालित योग तथा प्राकृतिक चिकित्सालय औपचारिक रुपमा संञ्चालनमा आएको हो । चिकित्सालय को प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले चिकित्सालयको उद्धघाटन गरे । मन्त्री बरालले रोगीलाई निरोगी बनाउन र निरोगीलाई दीर्घजीवी बनाउने हेतुले संञ्चालित चिकित्सालयले औषधीय उपचारबाट निरास बनेका बिरामीलाई सजिलैसग उपचारमा सघाउ पुयाउने बताए । उनले चिकित्सालय सगै प्राकृतिक चिकित्सालाई पनि प्रदेश सरकारले प्रथामिकताका साथ अगाडि बढाएको बताउँदै हरेक प्रकारका औषधी उपचारहरु जनताको…

हात्तीपाइले निवारण अभियानमा म्याद गुज्रिएको औषधी फेला

स्वास्थ्यमाचार/ वाकेमा हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधी नै म्याद गुज्रेको भेटिएको छ।बाकेको डुँडुवा गाउँपालिकाको वार्ड नम्बर २ बाढी गाउँमा खुवाइएको औषधी तीन महिनाअघि नै म्याद सकिएको भेटिएको हो। स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधी बिरामीलाई खुवाएको भन्दै प्रदेश सभाको बैठकमा सांसदले आपत्ती जनाएका छन्। बाँकेका सांसद विजयबहादुर यादवले कर्मचारीले नै सर्वसाधारणको स्वास्थ्य जोखिम हुने गरी औषधी खुवाएको भन्दै कारबाही गर्न सरकारसँग माग गरे। ‘गाउँपालिकाका स्वास्थ्य इन्चार्ज गैरजिम्मेवार देखिए, सरकारले तत्काल कारवाही गर्नुपर्छ, उनले संसदबाट माग गरे। स्वास्थ्य इन्चार्जले ‘माथिबाट नै यस्तै औषधि पठाएको भन्दै पन्छिएको उनले बताए।हात्तिपाइले निवारणको लागि बाँके, बर्दिया,…

लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टअपरेटिभ वाड सुरु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा २७ बेडको नया पोष्टअपरेटिभ वाड संञ्चालन भएको छ। आज एक कार्यक्रमका बिच लुम्बिनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भट्राई र अस्पतालका मेसु डा राजेन्द्र खनालले पोष्टअपरेटिभ वाडको उदघाटन गरे । उदघाटन समारोहमा वोल्दै अस्पताल बिकास समितिका अध्यक्ष भट्राईले अस्पतालको सेवा बिस्तार संगै उपचारमा आउने बिरामीलाई सहज सेवा दिने वातबरण श्रृजना गदै जाने बताए । उदघाटनमा अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले अस्पतालको सेवा बिस्तार संगै नया सेवा सुचारु गर्देजाने बताए । आज संञ्चालनमा आएको पोष्टअपरेटिभ वाडमा पाल्पाका २८ बर्षिय जानकी पल्लीलाई सेवा दिईएको अस्पतालका…