प्राकृतिक चिकित्सालाई प्रदेश सरकारको प्राथमिकता : मन्त्री बराल

स्वास्थ्यसमाचार/ रुपन्देहीको सैनामैना नगरपालिका वडा नं १ चारपाला स्थित पद्मपाणि योग तथा प्राकृतिक चिकित्सालय संञ्चालनमा आएको छ ।

प्राकृतिक चिकित्सा केन्द्र सैनामैना चारपालाद्धारा संञ्चालित योग तथा प्राकृतिक चिकित्सालय औपचारिक रुपमा संञ्चालनमा आएको हो । चिकित्सालय को प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले चिकित्सालयको उद्धघाटन गरे ।

मन्त्री बरालले रोगीलाई निरोगी बनाउन र निरोगीलाई दीर्घजीवी बनाउने हेतुले संञ्चालित चिकित्सालयले औषधीय उपचारबाट निरास बनेका बिरामीलाई सजिलैसग उपचारमा सघाउ पुयाउने बताए ।

उनले चिकित्सालय सगै प्राकृतिक चिकित्सालाई पनि प्रदेश सरकारले प्रथामिकताका साथ अगाडि बढाएको बताउँदै हरेक प्रकारका औषधी उपचारहरु जनताको पहुचमा पुग्न जरुरी रहेको बताए ।बरालले स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि विभिन्न प्रयासहरु चालेको औल्याउँदै आधुनिक र सुविधा सम्पन्न अस्पतालहरु निर्माण गर्न प्रदेश सरकार अघि बढेको बताए ।

बुटवल उपमहानगर पालिकाका उपप्रमुख गोमदेवी आचार्यले बढ्दो आधुनिक जीवनशैली तथा अस्वस्थ खानपानलाई लाई व्यवस्थापन गर्न प्राकृतिक चिकित्सालयले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन ।

प्राकृतिक चिकित्साविद् डा.हरिप्रसाद पोखरेलले प्राकृतिक चिकित्सा उपचार पद्धतिबाट शरीरलाई कुनैपनि असर नपर्ने हुँदा यसका फाइदाहरुका बारेमा जनसमुदायमा प्रचार प्रसार सँगै सचेतना प्रदान गर्नुपर्ने धारण राखे ।

पछिल्लो समयमा योग तथा प्राकृतिक चिकित्सालय प्रति जनसमुदायको आर्कषण बढेसँगै आबश्यकता र चाहना अनुसार चिकित्सालय सञ्चालनमा ल्याईएको चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराईको भनाई छ ।

उद्घाटन कार्यक्रम अस्पतालका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता, उपाध्यक्ष मतिराम चालिसेको स्वागत तथा राम बहादुर कुंवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । चिकित्सालय करिब ७ विद्या क्षेत्रफलमा अवस्थित छ ।

अस्पतालमा ३६ वटा कोठा छन् । जसमा महिला र पुरुषको छुट्टा छुट्टै उपचार गरिन्छ । संयोजक ध्रुव घिमीरेका अनुसार अस्पतालमा बिहान र बेलुकाको समयमा उपचार गरिनेछ । अस्पतालमा १७ जना कर्मचारी, ६ जना थेरापिष्ट र ४ जना डाक्टरहरु रहेका छन् ।

प्राकृतिक चिकित्सालयमा फाल्गुण २ देखी योग तथा प्राकृतिक चिकित्सा पद्धतिका प्रवर्तक साधक तथा अभियानकर्ताहरुको सम्मान गरौँ भन्ने नारा सहित बृहत योग तथा पर्यटन महोत्सव चलिरहेको छ ।जहा दैनिक योग, भजन कृतन, प्रबचन सँगै साँस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । महोत्सवमा ८ वटा जडीबुटी तर्फ र ८ वटा भोजनालय तर्फ स्टल रहेका छन् ।

सम्बन्धित शिर्षक :