हेलिप्याड सहित सुबिधा सम्पन्न बन्दै लुम्बिनी प्रादेशिक अस्पताल

स्वास्थ्यसमाचार / बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन १० तलाको निर्माण हुने भएको छ । नयाँ भवन निर्माणका लागि सरकारले गुरुयोजना निर्माणको काम गरिरहेको छ ।


प्रदेश ५ सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना निर्माणको काम अन्तीम चरणमा पुगेको छ । नयाँ बन्न लागेको गुरुयोजना तथा आधुनिक भवनको ड्रोईङ र डिजाइनबारे शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिएको छ ।

छलफलमा मुख्यमन्त्री शंकर पोखरेल सहित आन्तरिक मामिला तथा कानुन, भौतिक पुर्वाधार, सामाजिक बिकास मन्त्री तथा बुटवल उपमहानगरपालिकाका प्रमुख, योजना आयोगको उपाध्यक्ष, मुख्य न्यायधिबत्ता, प्रमुख सचिव, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष, प्रमुख मेडिकल सुपरिटेण्डेन तथा मन्त्रालयका सचिवहरु सहभागि थिए ।

अस्पतालको गुरुयोजना अनुसार लुम्बिनी प्रादेशिक अस्पताल सुविधासम्पन्न १० तले भवन निर्माण गर्ने योजना छ । गुरुयोजनाअनुसार अस्पतालको संरचना निर्माणका लागि ७ अर्बको लागत अनुमान गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन डा राजेन्द्र खनालले बताए ।

सरकारले ३ महिनामा डिपिआर भ्याएर डेण्टर गरिसक्ने र ३ बर्ष भित्रमा अस्पतालको निर्माण कार्य सक्ने महत्वकाक्षी योजना लिएको बुझीएको छ । अस्पताल निर्माणका लागि आबश्यक बजेटका लागि सरकारले छलफल पनि अगाडि बढाएको बुझिएको छ ।

मेसु खनालका अनुसार अस्पताल १२ सय शैयाको हुनेछ । बिल्डिङको अगाडिको भागमा अत्याधुनिक ओपिडि, ईमरजेन्सी, ईन्डोर सर्भिस कक्ष रहनेछन । साथै बिशिष्टीकृत ग्याष्ट्रो, न्युरो, कार्डियो लगाएतका सवै बिशेषज्ञ सेवा प्रदान गरिने पनि मेसु खनालले जानकारी दिए ।

हालका ३ बटा बिल्डीङमा डाईग्नोष्टिक एण्ड रिर्सर्च, प्रसुती र महिला तथा बालरोगको उपचारका लागि प्रयोग गरिने छ । अस्पतालको अग्र भाग देखिने गरी बाउन्ड्री बनाउने कामको थालनी केहि दिनमा शुरु हुन लागको मेसु खनालले जानकारी दिए ।

अस्पताललाई बुटवलको चिनारीको रुपमा बिकास गर्न लागिएको अस्पतालले जनाएको छ । भवनको माथि हेलिप्याड समेत रहने उल्लेख गरिएको छ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ ।

लुम्विनी प्रादेशिक अस्पतालको नेतृत्व र सरोकारवालासंग प्रस्तुत भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।  प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले नयाँ भबन सुबिधा सम्पन्न र प्रदेशको नमुना अस्पताल हुने बताए ।

सम्बन्धित शिर्षक :