चिकित्सक संघमा लोकतान्त्रिक समूहको जित, एकजना सदस्य पेशागत समुहबाट

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ एनएमए को अध्यक्षमा डा लोचन कार्की विजयी भएका छन् । मंगलबार बिहान ३ बजे सम्पन्न संघको मतगणना अनुसार लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका डा कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । मत परिणाम अनुसार सबैभन्दा बढी मत ल्याएर आफ्ना निकटतम् प्रतिद्वन्द्वी पेशागत समावेशी समूहका डा।पुष्पमणि खराललाई उनले पराजित गरेका छन् । डा कार्कीको ४ हजार १ सय ११ मत प्राप्त गरेका छन् भने डा खरालको १ हजार ९ सय ७९ मत आएको छ । डा। कार्की २ हजार १ सय ३२ बढी मत ल्याएर विजयी भएका छन् । आफू…

तिलोत्तमाको वडा नंं ५ शुन्य पोलिथिन वडा घोषित

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाको वडा नंं. ५ (मणिग्राम क्षेत्र) शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । यो संगै नगरपालिकाका १७ वटा मध्ये ७ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन नगर र पूर्ण सरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत सोमबार वडा नंं. ५ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । सोमबार मणिग्राम चोकमा आयोजित सार्वजनिक समारोहमा वडाभित्रका सात वटै टोल विकास संस्थाका अध्यक्षहरु र वडा अध्यक्ष चेतनारायण भण्डारी लगायतले प्ले कार्ड प्रदर्शन गर्दै घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको हो…

बुटबल उपमहानगरद्धारा सुत्केरीलाई पोषणसंगै भत्ता

स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाले स्वास्थ संस्थामा सुत्केरी हुन आएका महिलालाई भत्तासहित पोषण सामग्री प्रदान गरेको छ । उपप्रमुख सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम अन्तर्गत बुटवलले मुलुकमै नौलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही क्रममा आइतबार बुटवल(१४, सेमलारको स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका महिलाहरुलाई भत्तासहित पोषण सामग्री प्रदान गरिएको हो । उपप्रमुख गुमादेवी आचार्यले चालु आवको पहिलो चरणमा त्यस क्षेत्रका १७ जना सुत्केरीलाई पोषण सामग्री प्रदान गरिन । गत मंसिरदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका ती महिलालाई आइतबार संयुक्तरूपमा उक्त सामग्री प्रदान गरिएको थियो । त्यसअवसरमा उपप्रमुख आचार्यले शिसु र…

दादुरा–रुबेलाविरुद्धको खोप पूर्णतः सुरक्षित : स्वास्थ्य अधिकारी

स्वास्थ्यसमाचार /स्वास्थ्य अधिकारीहरुले फागुन १ देखि सुरु हुने दादुरा–रुबेला विरुद्धको खोप पूर्णतः सुरक्षित रहेको जनाउँदै अभियानमा सफल बनाउन सबैलाई आग्रह गरेका छन् । राष्ट्रिय यो अभियान पहिलो चरणमा फागुन १ देखि ३० सम्म प्रदेश नं. १, २ र ५ मा यो अभियान चल्नेछ । यी प्रदेश दादुरा–रुबेलाबाट बढी प्रभावित छन् ।स्वास्थ्य कार्यालय, रुपन्देहीले आइतबार पत्रकारसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख डा. राजेन्द्र कुमार गिरीले खोप पूर्णतः सुरक्षित रहेकाले यसमा विश्वस्त भई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरे । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप…

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्धारा दाङ डायलाईसिस सेन्टर शुभारम्भ

स्वास्थ्यसमाचार /गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले दाङको लमहीमा स्थापना गरेको लमही सामुदायिक डायलाईसिस सेन्टरले आफ्नो सेवा शुभारम्भ गरेको छ । सेन्टरको औपचारिक उद्घाटन यहि माघ २९ गते प्रदेश न.५ का मुख्यमन्त्री शंकर पोखरेललेबाट हुने कार्यक्रम रहेको छ ।रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा स्थापना गरिएको सेन्टरमा १० वटा डायलाईसिस मेशिन जडान गरी सेवा सुभारम्भ गरिएको हो । सेन्टर शुभारम्भ गरिएको दिन आठजना विरामीको मृगौलाका डायलाईसिस गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए । अध्यक्ष आलमले करिब ५ करोडको लागतमा स्थापित सेन्टरबाट दैनिक ३०…

नेपाल प्रहरी र बुटबल उपमहानगरको सहकार्यमा लागुऔषध परामर्श केन्द्र स्थापना

स्वास्थ्यसमाचार /लागू औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकामा निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । बुटवल उपमहानगरपालिकाको वडा नंं ५ कार्यालय नजिकै सञ्चालनमा ल्याइएको उक्त परामर्श केन्द्रको बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।     उद्घाट्नपछि समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले लागू औषध प्रयोगकर्तालाई दण्ड होईन परामर्श दिने उद्देश्यले बुटवल उपमहानगरको सहकार्यमा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको बताए । बुटवलमा सञ्चालित केन्द्रबाट लागु औषधको नियन्त्रण हुने विश्वास व्यक्त गर्दै प्रहरी प्रमुख खनालले…

लुम्बिनी प्रादेशिक अस्पताल सटरमा डोजर चल्यो

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका सटर ब्यबसायीले खाली गर्न नमानेपछि अस्पतालले डोजर लगाएर हटाउन सुरु गरेको छ। अस्पतालका नाममा केहि ब्यवसायीहरुले सम्झौता अनुसार नै ब्यवसाय संञ्चालन गर्न पाउनु पर्ने भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्धा जाहेर गरेका थिए । ब्यवसायीको मुद्धाको अदालतले अन्तरकालिन खारेज गरिदिएको थियो । जिल्ला अदालत रुपन्देहीले माघ १९ गतेका दिन यस्तो आदेश गरेपछि अस्पतालले ब्यबसायीलाई ४८ घन्टा भित्र सटर खाली गर्न चेताबनी दिएको थियो । अस्पतालले ब्यबसायीलाई पत्र नै दिएर खाली गर्न लगाएको अस्पतालले जनाएको छ। अस्पतालको चेताबनी अटेर गरेपछि अस्पतालले डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका मेसु…

दादुरा रुबेला खोप सम्बन्धि जनप्रतिनिधि र सरोकारवालालाई अभिमुखीकरण

स्वास्थ्य समाचार/ दादुरा रुबेला खोप अभियान सम्बन्धि जनप्रतिनिधि तथा सरोकारवालाहरु लाई पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम बुटवल उपमहानगरपालिकामा सम्पन्न भएको छ । सन् २०२३ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग पूर्णरुपमा निवारण गर्नेउदेश्यले बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्यका साथ पाँच वर्षमुनिका बालबालिकाहरुलाई लक्षित गरी संचालन हुन लागिरहेको खोपको बारेमा जानकारी गराईएको हो । बुटवल उपमहानगरपालिकाका काबा प्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा भएको अभिमुखि करणमा जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले अभियानको उद्येश्य तथा अपेक्षित प्रतिफल लगायत स्थानीय तह र समुदायको भूमिकाका बारेमा प्रस्तुतीकरण गरे। तालिममा बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा खोप कार्यक्रम फोकल पर्सन…

प्रदेश ५ कै पहिलो ईलोक्ट्रोनिक सिस्टम गुल्मी जिल्ला अस्पतालमा

स्वास्थ्य समाचार/ प्रदेश ५ मै पहिलो ईलेक्ट्रोनिक सिस्टमबाट चल्ने  गुल्मी  जिल्ला अस्पताल भएको छ ।  ईलेक्ट्रोनिक सिस्टमको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले यस्तो प्रविधीको उद्घाटन गरे। ईलेक्ट्रोनिक हेल्थ रेकर्डिङ्ग ’ ब्यवस्थाको उद्घाटन गर्दै मन्त्री वरालले भने–‘ अब हरेक क्षेत्रमा प्रविधीले काम गर्दै छ , लाग्छ डाक्टरहरुले पनि वैकल्पिक पेशा खोज्ने बेला आएको छ अब डाक्टरको काम समेत रोवर्डले गर्नेछ , यसर्थ डाक्टर सबै तहका स्वास्थ्यकर्मी प्रविधी मैत्री हुनुहोस् । गत १० बर्ष देखि जिल्ला अस्पताल तम्घासलाई डाक्टर देखि अनेक प्रविधी उपलब्ध गराउँदै आएको काठमाण्डौंको निकसाईमन ईन्श्च्यिुटले उपलब्ध…

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष र सदस्यको पदस्थापना

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष र सदस्यको पदस्थापना भएको छ।अस्पतालमा आयोजीत एक समारोहमा विकास समितिका अध्यक्ष सूर्य बहादुर भट्राई र सदस्य रिज्जु श्रेष्ठको पदस्थापना तथा बधाई ज्ञापन गरिएको हो । कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापती प्रदेश सभा दघिराम न्यौपानले अस्पतालको विकासका लागि विरोध गर्नुको कुनै तकु नभएको बताए । प्रदेश ५ सरकारले प्रदेश गौरवको आयोजनाको दोस्रो नम्बर मा लुम्बिनी प्रादेशिक अस्पताललाई राखेको बताउँदै विरामी अस्पतालमा आए पुर्णरुपमा निको भएर जाने वातावरण श्रृजनागर्ने खालको अस्पताल निर्माण गर्न गरिएको बताए । न्यौपानेले अस्पताल…