भिम अस्पताल भैरहवामा २४ घण्टे ल्याब सेवा शुरु

स्वास्थ्यसमाचार/ भैरहवामा रहेको भिम अस्पतालमा ल्याव सेवा सुचारु गरिएको छ । हाल सम्म ओपिडि सेवा समयमा मात्रै सञ्चालन हुदै आएको ल्याव सेवा (प्रयोगशाला) आजबाट चौविसै घण्टा सञ्चालनमा आएको छ ।

चौबिस घण्टे ल्याव सेवाको जिल्ला समन्वय समितिका सभापति एकराज बिश्वकर्मा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले उद्घाटन गरे ।

अस्पतालको सेवा प्रवाहलाई सुदृढिकरण गर्न चौबीसै घण्टा प्रयोगशाला सञ्चालनमा ल्याएपछि रगत, दिसा तथा पिसाब परीक्षणका लागि अब बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

अस्पतालले ल्याबमा ५ पार्टको कुलटर काउन्टर स्वचालित मेसिन सञ्चालन गरेपछि अत्याधुनिक ल्याबसहितको २४ घण्टे सेवा सुरु भएको अस्पतालका मेडिकल सुपरिटेन्डिेन्ट डा. नबिन दर्नालले बताए । उनका अनुसार ल्यावबाट अटोमेटिक एनालाइजर, हड्डी सम्बन्धि क्यालसियम परीक्षण, मुटु सम्बन्धि परीक्षण भईरहेको छ ।

अस्पतालले ल्याव सेवाका लागि ८ जना प्राविधिकलाई ३ सिफ्टमा विभाजन गरेको छ । अस्पतालले हालसम्म दैनिक सरदरमा ७० जनालाई ल्याब सेवा दिँदै आएको बताएको छ । चौबिस घण्टे सेवा सुरु भएपछि सेवाग्राही पनि बढ्ने अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए ।

उनले अहिले थाइराइड बाहेकका सबैजसो ल्याब सेवा दिन सक्ने गरी पूर्वाधार तयार गरेर काम अगाडि बढाईएको बताए । अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका विश्वकर्माले फाल्गुण महिनाभित्रै अस्पताललाई २५ श्ययाबाट ५० शैयामा स्तरोन्नती गर्ने गरी काम अगाडि बढेको बताए ।

अस्पताललाई यस क्षेत्रमै अत्याधुनिक स्तरको अस्पताल बनाउन लागिएको अस्पतालले जनाएको छ । अस्पातलमा नीजि क्षेत्रले आकस्मीक भवन निर्माण गरिरहेको छ । विकास समितिका सदस्य तथा सिद्धार्थ उद्योग वाणिज्यका अध्यक्ष कुलप्रसाद न्यौपानेले भिम अस्पताललाई जिल्लाकै उत्कृष्ठ प्रस्तुती गृहको रुपमा बिकास गर्नु पर्नेमा जोड दिए । अस्पताले बनाउन लागेको डिपीआरमा नमुना प्रसुती अस्पतालको रुपमा रहेको उनको भनाई छ ।

रुपन्देहीको सबैभन्दा पुरानो अस्पताल भीम अस्पताल १९९० सालमा ३ शैयाबाट स्थापित अस्पताल हो । २०३५ सालमा १५, २०४१ मा २५ शैयाको स्वीकृती पाएको छ । १०० शैयाको अस्पतालको रुपमा सरकारले घोषणा गरेपनि हाल २५ श्ययाको स्वीकृत प्राप्त अस्पताललृे सोही दरबन्दीमा ६० वेड सञ्चालन गरिरहेको छ ।

भीम अस्पतालले हाल ओपिडि सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सासेवा, मातृ शिशु सेवा(खोप पोषण परिवार नियोजन), प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिदै आएको प्रशासन अधिकृत गोविन्द ज्ञवालीलले बताए ।

सम्बन्धित शिर्षक :