रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’ सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन,…

गुल्मीको मुसिकोट २ हजार झाडा पखालको जोखीममा ,दाङमा ३७ जनामा दादुरा

स्वास्थ्यसमाचार प्रदेश ५ सामाजिक विकास मन्त्रालयले गुल्मीको मुसिकोट नगरपालिका वडा नं४ दजाकोटका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेको जनाएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालय, जनस्वास्थ्य महाशाखाका ले एक बिज्ञेप्ती जारी गरि उक्त गाउँको नुनखोलाको मुहानको पानीमा कोलिर्फमको मात्रा प्रशस्त भेटिएकाले त्यहाँका दुई हजार जनसंख्या झाडापखालाको जोखिममा रहेका जनाएको छ । झाडापखाला लागेका व्यक्तिको दिसा जाँच गर्दा ‘इन्टामोयबा हिस्टोलिटिका’ परजीवी भेटिएको र नुन खोलाको मुहानबाट बग्ने पानी प्रयोगमा रोक लगाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । झाडापखलाका कारण दजाकोटका १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको छ भने…