औषधी खरिदको टेण्डरमा कुरा नमिल्दा ठेकेदारहरु बिच कुटाकुट

स्वास्थ्यसमाचार /जिल्ला अस्पताल पाल्पाको औषधी खरिद सम्बन्धी टेण्डरको विषयलाई लिएर केही ठेकेदारहरु बीच कुटाकुट भएको छ ।

शुक्रबार बिहान १० बजे टेण्डर हाल्न गएका व्यवसायीहरुलाई रोक्ने क्रममा एक आपसमा कुरा नमिल्दा कुटाकुट भएको प्रत्यक्षदर्शीले बताए ।
कुटाकुटबाट १ जना व्यवसायी घाइते भएका छन। कुट्ने व्यवसायी फरार भएको र प्रहरीले उनलाई खोजिरहेको छ । प्रहरीका अनुसार घाइते व्यवसायीको प्राथमिक उपचार भएको छ ।

सो घटनामा संलग्न को–को हुन यस विषयमा प्रहरीले खुलासा गरेको छैन । अहिले तानसेनका ठाउँ–ठाउमा प्रहरी सक्रिय भएर गस्ती गरिरहेको छ ।

सम्बन्धित शिर्षक :