शुक्रबारदेखि आकस्मिक र आईसीयु बाहेक सम्पूर्ण सेवा बन्द गर्ने चिकित्सकको निर्णय

स्वास्थ्यसमाचार/आवासिय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरु अनिश्चितकालिन आन्दोलनमा उत्रेका छन । आन्दोलनको कार्यक्रम अन्तरगत विहिबार देशभर बिरोध सभा गरेका छन । यसैक्रममा आन्दोलनलाई ऐक्यबद्धता जनाउदै नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलले विहिबार जिल्ला प्रशासन कार्यालय भैरहवामा ज्ञापनपत्रसहित दुई घण्टा धर्ना दिएका छन । संघका उपाध्यक्ष वर्षा थापा, सचिव प्रकाश बस्नेत, कोषाध्यक्ष रमेश भट्टराई, सदस्य सम्राट पराजुलीले सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानालाई ज्ञापन पत्र बुझाउदै आन्दोलनका कार्यक्रमबारे प्रकाश पारे । यसैबिच नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखा बुटवलका बिहिबार नै बसेको आकस्मिक बैठकबाट…

चिकित्सा आयोगका निर्णय कार्यान्वयन गर्न लुम्बिनी चिकित्सक संघको ज्ञापन

स्वास्थ्यसमाचार नेपाल चिकित्सक संघ लुम्बिनीले जिल्ला प्रशासन कार्यलय मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । नेपाल चिकित्सा शिक्षा आयोगको १६ औँ बैठक अनुसार सरकारी आठौँ तह बराबरको भत्ता दिन माग गर्दै आवासीय चिकित्सक २९ औँ दिनदेखि आन्दोलनमा उत्रिएका थिए । सरकारले उनीहरुको मागको बेवास्ता गरेपछि देशभरका प्रशासन कार्यलय मार्फत ज्ञापन पत्र बुझाएको नेपाल चिकित्सक संघ लुम्बिनीका उपाध्यक्ष डा बर्षा थापाले बताउनु भयो । चिकित्सा शिक्षा आयोगको १६औं बैठकमा आवासीय चिकित्सकलाई सरकारी आठौँ तह बराबरको निर्वाह भत्ता दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले आठौँ तह…

बुटवल हस्पिटल र ग्लोबल बैंकबीच स्वास्थ्य सेवा सम्बन्धी सहकार्य

स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रालि र ग्लोबल वैकसंग उपचार सम्झौता समारोहका बिच सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि ग्लोबल वैकमार्फत आउने कर्मचारी तथा सेवाग्राहीहरुको लागि सहुलियत प्रदान गर्नेभएको छ । त्यसैगरि बैकले पनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरुमासहकार्य गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका वीचमा व्यवसायीक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताउनु भयो । उहाँले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग रसमुदायका नागरिकहरूकै भएकोले यसको संरक्षण र प्रवर्धनमा पनि सबैको सहयोगआवश्यक रहेको बताउनु भयो । उहाँले सबै खालको उपचार,उपकरण र…

रुपन्देहीमा हुने लुम्बिनी ग्याष्ट्रो सम्मेलन २०२५ को सम्पूर्ण तयारी पूरा

स्वास्थ्यसमाचार/बुटवलमा रहेको ग्याष्ट्रो सेन्टर बुटवल र विएलके म्याक्स हस्पिटल दिल्लीको संयुक्त आयोजनमा रुपन्देहीमा लुम्बिनी ग्याष्ट्रो एण्ड लिभर अपडेट २०२५ नामक सम्मेलन आयोजना हुने भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १४ मा रहेका टाईगर प्यालेसमा यहि शनिवार प्रदेशका १सय जना भन्दा बढि विशेषज्ञ चिकित्सक, चिकित्सकको सहभागीतामा ग्याष्ट्रोसम्मेलन आयोजना हुन लागेको हो । ग्याष्ट्रोसम्मेलनमा विशेषज्ञ चिकित्सकहरुले विभिन्न विधामा आ आफ्नो विचार, मन्थन तथा अन्तरक्रिया आयोजन गर्ने ग्याष्ट्रोसेन्टर बुटवलका सञ्चालक तथा कार्यक्रम संयोजक पेट, आन्द्रा , कलेजो तथा बष्ठि ग्याष्ट्रोलोजिष्टि डा. मोहन भुषालले जानकारी गराउनु भयो । पछिल्लो समयमा पेट तथा आन्द्रा,…

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाहबारे अनुगमन तथा छलफल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि गठित सुझाब समितिले बुधबार लुम्बिनी प्रादेशिक अस्पतालको सेवा प्रवाह बारे अनुगमन तथा सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ । सो अवसरमा बोल्दै सुझाब समितिका संयोजक पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले मितव्ययी र प्रभावकारी ढंगमा सेवा सञ्चालनका लागि आग्रह गरे । अस्पतालमा वार्षिक रुपमा सेवाग्राहीको चाप बढ्दै जानु सकरात्मक भएको उल्लेख गर्दै उनले अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको कुरालाई यसैले प्रमाणित गर्ने उल्लेख गरे । समिति स्रोत साधन र जनशक्तिले ठूलो जनसङ्ख्यालाई सेवा उपलब्ध गराउनु आफैमा चुनौतिपूर्ण भएपनि मितव्ययी भएर सबै कुरालाई…

पब्लिक हेल्थका विद्यार्थी सुदीप न्यौपानेको आतङ्कवादी हमलामा मृत्यु

स्वास्थ्यसमाचार/भारतको जम्मू-कश्मिरमा आतंकवादी हमलामा मारिएका मध्ये एक नेपाली बुटवल-१४ बेलबरियाका सुदीप न्यौपाने भएको खुलेको छ । उनी ४ दिनअघि शनिबारमात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएको पारिवारिक स्रोतले बतायो । आतंकवादी आक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको उनका काका बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेले बताए । सुदीप परिवारका एक्ला छोरा हुन् । उनले धरानमा वाट जनस्वास्थ्यमा स्नातक अध्ययन गरिसकेका थिए । गत शनिबार आमा रिमा पाण्डे, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसहित कश्मिर गएका सुदीपमाथि बन्दूकधारीहरूले अचानक आक्रमण गरेको वडाअध्यक्ष न्यौपानेले बताए । सुदीपका बुवा बुटवल-१४ बेलबरियामा विक्षिप्त…

लुम्बिनीमै पहिलोपटक: भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

स्वास्थ्यसमाचार/नेपालगञ्जस्थित भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा भेरी अस्पतालको स्तरीय सेवाप्रति आम नागरिकको आशा र विश्वाससमेत बढ्दै गएको छ । अस्पताल स्थापना भएको १३४ वर्ष पुगिसक्दा अस्पतालले आम नागरिकलाई विभिन्न गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै विशिष्टीकृत अस्पतालका रुपमा विकास गरिरहेको हो । अस्पतालले वैशाख ९ गतेबाट लुम्बिनी प्रदेशमै पहिलोपटक मानव अङ्ग (मिर्गौला) प्रत्यारोपण सेवासमेत सुरु गरेको छ । मिर्गौला प्रत्यारोपण सेवा सुरु भएसँगै यस क्षेत्रका मिर्गौला रोगका बिरामीहरु धेरै खर्च गरेर काठमाडौँ तथा भारततिर धाउन नपर्ने…

क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्नु चिन्ताको विषय : मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताउनुभएको छ । बुधबार मायाँदेवी गाउँपालिका–६ वेथरीस्थित सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरूको उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिनुभयो । पछिल्लो समय बिरामीको संख्या बढ्दै गएका कारण यो विषय थप चिन्ताजनक बन्दै गएको उहाँको भनाइ छ । बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । ञप्रदेश स्थापना…

मुख्यमन्त्री द्वारा बजेट जनमुखी बनाउन निर्देशन, घाटा बजेट नल्याउने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८२र८३ को बजेट जनसन्देश दिनेगरी तर्जुमा गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित बजेट तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा सम्बोधन गर्दै उहाँले सीमित स्रोतसाधनलाई ध्यानमा राखी सुधारमुखी तथा कार्यान्वयन योग्य योजना समेट्नुपर्ने धारणा राख्नुभएको हो । मुख्यमन्त्री आचार्यले भन्नुभयो, हामी घाटा बजेट ल्याउने पक्षमा छैनौँ । जति बजेटको सिलिङ्ग बनाइएको छ, त्यसैको आधारमा जनसन्देश सहितका कार्यक्रम समेटेर बजेट बनाउन जरुरी छ । कम बजेटमै सम्पन्न गर्न सकिने, जनताको अनुभूति हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्छ…

लुम्बिनी आयुर्वेद चिकित्सालयमा करार सेवाका लागि ३ जना नर्स माग

स्वास्थ्यसमाचार/लुम्बिनी आयुर्वेद चिकित्सालयले करार सेवामा ३ जना नर्स पदपूर्ति गर्ने भएको छ । चिकित्सालयले एक सूचना जारी गर्दै योग्यता पुगेका ईच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त दिन सक्ने बताएको छ । चिकित्सालयले यो परीक्षामा २०८२ बैसाख ११ गते सम्म फर्म भरेका नर्सहरु सहभागि हुन सक्ने स्पष्ट पारेको छ । परीक्षाका फारम ५ सय रुपैयाँ तोकिएको छ । लिखित परीक्षाबाट नर्सको छनौट गरिने र सो परीक्षा को  सूचनामा अर्काे सूचनामा तोकिने उल्लेख गरेको छ । हेर्नुहोस् सूचना