चिकित्सक संघ र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

स्वास्थ्यसमाचार/ अस्पतालको सेवा नै बन्द गरि आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच ६ बुँदे सम्झौँता भएको छ । सम्झौँता पछि चिकित्सकहरुले आव्हान गरेको सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । गत शुक्रबार राष्ट्रपतिको सवारीको क्रममा वीर अस्पताल अघि एक जना चिकित्सकमाथि प्रहरीले लाठी प्रहार गरेको विरोधमा चिकित्सकहरु आन्दोलन उत्रिएका थिए । घटनामा सम्लग्न प्रहरीमाथि कारवाही अघि बढीसकेको सन्दर्भमा अस्पताल बन्द सम्मको घोषणा गरेपछि चिकित्सक संघको कदमको आलोचना बढेको थियो । आज विहान ८ बजे देखि प्रधानमन्त्री कार्यालयका सचिव डा गणेश पाण्डे नेतृत्वको सरकारी बार्ता टोली र डा लोचन कार्की…

सरकार र आन्दोलनरत चिकित्सक संघबीच बार्ता

स्वास्थ्यसमाचार/अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरेको नेपाल चिकित्सक संघ र सरकारबीच बार्ता हुन थालेको छ । अहिले विहान ८ बजे देखि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच बार्ता हुन लागेको हो । बार्तामा सरकारी पक्षको नेतृत्व प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले गर्नेछन् । त्यसमा स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालयको प्रतिनिधिहरु रहनेछन् । यस्तै चिकित्सक संघको तर्फबाट नेतृत्व डा लोचन कार्कीले गर्ने भएका छन् । सो टोलीमा महासचिव डा बद्री रिजाल, डा रुद्र मरासिनी, संघका पूर्व अध्यक्षहरुको सहभागिता हुनेछ । ‘मुख्य त दुईवटा माग छ, पहिलो चिकित्सक तथा स्वास्थ्य…

भोलि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द रहने

स्वास्थ्यसमाचार/ भोली (आइतबार)मुलुकभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुने भएका छन्। नेपाल चिकित्सक संघले आज क विज्ञप्ति जारी गर्दै उक्त निर्णय गर्न बाध्य भएको जनाएको छ। संघका अध्यक्ष डा लोचन कार्की तथा महासचिव डा बद्री रिजालले संयुक्त रूपमा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, “माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ” भनिएको छ। त्यसैगरी विज्ञप्तीमा भनिएको छ…

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीमा विष्णु पन्थी नियुक्त

स्वास्थ्यसमाचार / स्वास्थ्यसमाचार लुम्बिनी प्रदेशको स्वास्थ्य, मन्त्रीे कपिलवस्तुका विष्णु पन्थी नियुक्त भएका छन। मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । मन्त्रिपरिषद्ले पूर्णता पाएसंगै लुम्बिनी प्रदेशको स्वास्थ्य, मन्त्रीे कपिलवस्तुका विष्णु पन्थी नियुक्त भएका छन। लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको सिफारीसमा प्रदेश प्रमुख द्धारा स्वास्थ्यमन्त्रीमा विष्णु पन्थी नियुक्त गरिएको छ। लुम्बिनी प्रदेश सरकारले पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको हो। कपिलबस्तु क्षेत्र नं १ को (१) वाट प्रदेश सभामा पन्थी निर्बाचित भएका हुन । लुम्बिनी प्रदेशमा को–को बने…

बुटवलको ६४ औं स्थापना दिवसमा रक्तदान ६४ पिन्ट रगत संकलन

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको ६४औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएका छन् । स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि एक सातासम्म रक्तदान, मैत्रीपूर्ण फुटबल, भलिबल, टेबलटेनिस, घैटोफोर, कुर्ची दौड प्रतियोगितालगायतका कार्यक्रम शुरु भएका हुन् । शुक्रबार बिहान नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले स्थापना दिवसको अवसरमा कर्मचारी एशोसिएशनको आयोजनामा खेलकुद कार्यक्रमहरु हुने र फागुन ३ गते मूल कार्यक्रम आयोजना हुने बताउनुभयो । उहाँले मैत्रीपूर्ण खेलकुद कार्यक्रमहरुले मैत्रीपूर्ण भाव सिर्जना गर्ने र सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो…

विष्णु पन्थी लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बन्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशको स्वास्थ्य, मन्त्रीे कपिलवस्तुका विष्णु पन्थी बन्ने भएका छन। लुम्बिनी प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने बताईएको छ । कपिलबस्तु क्षेत्र नं १ को (१) वाट प्रदेश सभामा पन्थी निर्बाचित भएका हुन । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार हुने निश्चित जस्तै भएको बताए । लुम्बिनीमा मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि दलहरुबीच भागवण्डा मिलेको छ । मुख्यमन्त्रीसहित १० मन्त्रालयमा एमालेले ४, माओवादीले ३ तथा राप्रपा, जनमत र जसपाले एकएक मन्त्रालय लिनेगरी दलहरुले समझदारी गरेका छन…

बाँकेमा १ लाख ७१ हजार २४५ जना बालबालिकाले खोप लगाए

स्वास्थ्यसमाचार/ बाँकेमा दादुरा–रुबेलाको खोप लक्ष्यभन्दा बढीले लगाएका छन् । ६ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ७१ हजार २४५ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले जिल्लाका ८ वटा पालिकामा एक लाख ६८ हजार ४०२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको थियो । २६ माघ ९विहीबारसम्म यो लक्ष्यभन्दा दुई हजार ८४३ जना बालबालिकाले बढी हो । अभिभावकहरु रोजगारीको शिलशिलामा यतै बसोबास गर्नेदेखि अध्ययनका लागि आएका बालबालिकाहरुले समेत खोप लगाएका कारण लक्ष्य भन्दा बढी बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएको श्रेष्ठको भनाइ…

स्वास्थ्य कार्यलय रुपन्देहीको अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यलय रुपन्देहीको अर्धबार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। आर्थिक बर्ष २०७९/८०को अर्धबार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो। जिल्ला स्वास्थ्य कार्यलयका बिभिन्न शाखा १६ पालिकाका स्वास्थ्य प्रमुखले अर्धबार्षिक प्रगति अहिले सम्म गरेका कामको प्रगति र अब गर्नुपर्ने कामको बारे समिक्षा तथा योजना तर्जुमा को बारेमा छलफल भएको थियो। भैरहवामा २ दिन सम्म चलेको अर्धबार्षिक समिक्षामा तथा योजना तर्जुमा कार्यक्रमा वोल्दै स्वास्थ्य निर्देशननालय लुम्बिनीका निर्देशक डा बिनोद गिरीले स्वास्थ्य अबस्था र चुनौतिको वारेमा बोल्दै ग्रामिण भेगमा स्वास्थ्यसेवा सहज र सरल तरिकाले दिनु पर्ने…

१२बर्षसम्म औषधी खुवाउँदा पनि किन निबारण भएन बाँकेमा हात्तिपाईले रोग?

बाँकेमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान चलेको १२ वर्ष पूरा भइसकेको छ । हात्तीपाइले रोगको उच्च जोखिममा रहेको बाँकेमा सबैले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगरेकै कारण अहिलेसम्म यो अभियान चलिरहेको हो । बाँकेमा गतवर्ष ६८ प्रतिशतले औषधि सेवन गरेका थिए । जिल्लामा २०६६ सालदेखि २०७७ सालसम्म ११ बर्ष २ प्रकारका औषधिहरु डिईसि र अबलेन्डाजोल प्रयोग गरिएकोमा २०७८ बाट भने ३ प्रकारका औषधिहरु डिईसि, अबलेन्डाजोल र इभरमेट्रिन आमऔषधि खुवाउन सुरु गरिएको छ । २ प्रकारका औषधिलगातार ५ वर्षसम्म र ३ थरिका औषधि निरन्तर २ वर्षसम्म कम्तिमा ८० प्रतिशत लक्षित…

नेपाल रेडक्रस सोसाइटी रूपन्देहीको सभापतिमा न्यौपाने

स्वास्थ्यसमाचार /नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको ४७ औं जिल्ला बैठकबाट रुपन्देही शाखाको अध्यक्षमा दीपक क्षेत्री न्यौपाने निर्वाचित भएका छन् । न्यौपाने अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि मन्त्री बाहेक सबै पद निर्विरोध भएको निर्वाचन अधिकृतले जानकारी दिए ।महिला उपाध्यक्षमा कुमारी हिराच, उपाध्यक्षमा मित्रलाल न्यौपाने र मन्त्रीमा रामचन्द्र उपाध्याय निर्वाचित, कोषाध्यक्षमा सुशील गुरुङ, उपमन्त्रीमा अर्जुनराज उपाध्याय, सहकोषाध्यक्षमा दिनेश पन्थी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सावित्री सोमरे, हिमा बेलबासे र जानकी घिमिरे निर्विरोध निर्वाचित भएकी छन् ।सदस्य पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा सिञ्जाब शर्मा रेग्मी, अल्ताब हुसेन खान, बेनबहादुर पौडेल, निरञ्जन पाठक,…