बुटवलमा युवतीमाथि गोली प्रहार, लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुँदै

स्वास्थ्यसमाचार/ बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्ध नगरमा बस्ने टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ।

रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले बताए । घटनाको अनुसन्धान हुदै रहेको प्रहरीको भनाई छ ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :