क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्नु चिन्ताको विषय : मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताउनुभएको छ । बुधबार मायाँदेवी गाउँपालिका–६ वेथरीस्थित सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरूको उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिनुभयो । पछिल्लो समय बिरामीको संख्या बढ्दै गएका कारण यो विषय थप चिन्ताजनक बन्दै गएको उहाँको भनाइ छ । बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । ञप्रदेश स्थापना…

मुख्यमन्त्री आचार्यले भोलि बेथरीमा निर्माण हुने क्यान्सर अस्पतालको शिलान्यास गर्ने

स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा निर्माण हुने क्यान्सर अस्पतालको यही वैशाख १० गते बुधबार शिलान्यास गरिने भएको छ । सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको बुधबार बिहान १०ः३० बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुहुने अस्पतालका संस्थापक अर्जुन पौडेलले बताए । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संस्थापक पौडेलले क्यान्सरको सम्बन्धी गुणस्तरीय उपचार तथा सेवा प्रदान गर्ने लक्ष्यका साथ अस्पताल निर्माण गर्न लागिएको बताए । ‘२ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्बको लागतमा अस्पताल निर्माण हुँदैछ, १ सय शैयाको यो अस्पताल (प्रोजेक्ट) ले करिब डेढ वर्षभित्र निर्माण कार्य पूरा गरी आफ्नो सेवा…