स्वास्थ्यसमाचार, /रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ भैरहवामा ४ अर्ब रुपैयाँको लगानीमा २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण हुने भएको छ। लुम्बिनी क्यान्सर हस्पिटल प्रालिको नाममा निर्माण हुन लागेको उक्त अस्पतालको तयारी अन्तिम चरणमा पुगेको हो। अस्पताल निर्माणका लागि आवश्यक करिब ३ बिघा क्षेत्रफल जग्गा खरिद प्रक्रिया पूरा भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन अन्तिम चरणमा पुगेको बताइएको छ। ईआईए प्रतिवेदन स्वीकृतिपछि निर्माण कार्य औपचारिक रूपमा सुरु गरिने तयारी गरिएको छ। अस्पतालका प्रमुख लगानीकर्ता कमल भण्डारीले भैरहवा क्षेत्रमा आधुनिक क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल स्थापना गर्न लागिएको बताउनु भयो।…
क्यान्सर अस्पताल
क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्नु चिन्ताको विषय : मुख्यमन्त्री आचार्य
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले क्यान्सरजस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताउनुभएको छ । बुधबार मायाँदेवी गाउँपालिका–६ वेथरीस्थित सुमित्रा मेमोरियल क्यान्सर अस्पताल भवनको शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले क्यान्सरजस्ता गम्भीर रोग लागेका बिरामीहरूको उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिनुभयो । पछिल्लो समय बिरामीको संख्या बढ्दै गएका कारण यो विषय थप चिन्ताजनक बन्दै गएको उहाँको भनाइ छ । बिरामी तथा तिनका परिवारले भोग्ने समस्याबारे आफूलाई राम्रोसँग जानकारी भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । ञप्रदेश स्थापना…
मुख्यमन्त्री आचार्यले भोलि बेथरीमा निर्माण हुने क्यान्सर अस्पतालको शिलान्यास गर्ने
स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा निर्माण हुने क्यान्सर अस्पतालको यही वैशाख १० गते बुधबार शिलान्यास गरिने भएको छ । सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको बुधबार बिहान १०ः३० बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुहुने अस्पतालका संस्थापक अर्जुन पौडेलले बताए । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संस्थापक पौडेलले क्यान्सरको सम्बन्धी गुणस्तरीय उपचार तथा सेवा प्रदान गर्ने लक्ष्यका साथ अस्पताल निर्माण गर्न लागिएको बताए । ‘२ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्बको लागतमा अस्पताल निर्माण हुँदैछ, १ सय शैयाको यो अस्पताल (प्रोजेक्ट) ले करिब डेढ वर्षभित्र निर्माण कार्य पूरा गरी आफ्नो सेवा…
