स्वास्थ्य बीमा बोर्ड र तीन अस्पतालमा १००० अस्थायी जनशक्ति, कुन अस्पतालमा कति?

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डसहित विभिन्न अस्पतालमा १००० जना अस्थायी जनशक्ति थप्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सो सङ्ख्याको जनशक्ति थप्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट बोर्डका लागि ४०२ जना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन ३४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव गरिएको थियो । हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्याङ्कन सकिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबीमा मूल्याङ्कन सक्ने…

बुटवल हस्पिटलमा एकै पटक १५ नर्सको माग, सेवा विस्तारको तयारी

स्वास्थ्यसमाचार /बुटवल हस्पिटल प्रा लिमा एकै पटकमा १५ जना नर्सहरूका लागि रोजगारी खुलेको छ । अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा नर्स सहितका कर्मचारी माग गरेको संस्थाका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताउनु भयो । उहाले डाईलाईसिस, सिटी लगायतका सेवा अस्पताल परिसरमै सञ्चालनको तयारी भएकोे वताउनु भयो । त्यसैगरि जनरल, एचडियु लगायतका विभागहरुको क्षमता थप गर्नु परेकोले कर्मचारी माग गरिएको हो । अस्पतालले जारी गरेको सुचना अनुसार एक हप्ता भन्दा वढी समय अवधी राखेर नर्सिङ स्टाफको माग भएको छ । उनिहरुलाई अन्तरवार्ताको विधिबाट छनोट गरिने मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण खनालले बताउनुभयो…

कक्षा १२ उत्तीर्णले दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने

स्वास्थ्यसमाचार/सरकारले कक्षा १२ पास गरेका विद्यार्थीलाई दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने कार्यक्रम सुरु गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्‌मा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्ने बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रको जनशक्तिको आपूर्ति सुनिश्चित गर्न जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताए । अहिले एसईई पास गरेपछि पीसीएल नर्सिङ पढ्न पाइने व्यवस्था छ । स्नातकमा ब्याचलर अफ नर्सिङ साइन्स (बीएनएस) तीन र चारवर्षे बिएसी नर्सिङ कार्यक्रम सञ्चालनमा छ ।  

आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति

स्वास्थ्यसमाचार/सरकारको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।स्वास्थ्य क्षेत्र लक्षित गरेर सरकारले ११ बुँदा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। यस्ता छन् स्वास्थ्यका लागि सरकारले लिएका ११ नीति १ “निरोगी नेपाल अभियान” अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरिनेछ । सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य गरिनेछ । स्वास्थ्य प्रणालीको विकास जनसङ्ख्या, भूगोल र रोगको भारका आधारमा गरिनेछ। २. स्वास्थ्य जनशक्तिको व्यवस्थापन…

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सङ्घीय अस्पताल तथा प्रतिष्ठानहरूलाई आज पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा चिकित्सकको विवरण खुलाउन भनेको हो । उक्त निर्देशनानुसार आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सही छाप बिरामी रिपोर्टमा खुलाउनपर्ने छ । निर्देशनले बिरामीको उपचार तथा पुनःपरीक्षणमा सहजता ल्याउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार…

गुल्मीको शान्तिपुरमा बृहत आँखा शिविर, ३६ जनाको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार /चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा शान्तिपुरमा सम्पन्न बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीको प्राविधिक सहयोग र शान्तिपुर स्वास्थ्य चौकीको व्यवस्थापन तथा शान्तिपुर आँखा उपचार केन्द्रको समन्वयमा आयोजित उक्त शिविरबाट १३० जना सेवा लाभान्वित भएका छन्। शिविरमा ९४ जना बिरामीलाई औषधि र चश्मा वितरण गरिएको छ भने ३६ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो। थप उपचार आवश्यक परेका १५ जना बिरामीलाई भैरहवा रिफर गरिएको छ। ८६ वर्षीय लालबहादुर क्षत्री र चन्द्रमणी भण्डारी जस्ता जेष्ठ नागरिकहरूले गाउँमै आँखा देख्ने सुविधा पाउँदा अत्यन्तै…

सेवानिवृत्त राष्ट्र सेवक समाज र बुटवल हस्पिटलबीच उपचारमा सम्झौता

स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा लि र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका वीचमा उपचार सम्झौता सम्पन्न भएको छ । बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि निवृत राष्ट्र सेवक समाज मार्फत आउने पुर्व कर्मचारी तथा उनीहरुका परिवारका सदस्यहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका वीचमा सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित खरेलले बताउनु भयो । उहाँले बुटवल हस्पिटल प्रा लि सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरूकै संस्था भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको…

रिफरलको चक्रमा ज्यान गुमाएको बालक, सहानुभूतिपूर्ण सहयोगी बने एम्बुलेन्स ड्राइभर

सत्य घट्ना : आज साझ ६ बजे एक जना २५/२६ बर्ष कि जस्ती देखिने महिला कपाल र निधार ढाकिने गरि रातो रुमालले टाउकोमा बाँधेर भैरहवा मेडिकल कलेजको इमर्जेन्सी अगाडि पार्किङ नजिकै डिलमा बसेर बेस्सरी रोइरहनु भएको थियो। म अस्पतालको ड्युटी सकाएर फर्किन गाडीको ढोका खोल्दै गर्दा ती महिला सङ्गै उभिएका एक जना भाइले नमस्ते म्याडम भन्नू भयो। मैले नमस्ते भने र के भएको हो सोधे।ती भाइले सबै बताउनु भयो। “मैले प्युठान बाट यी महिलाको सानो सिरियस बच्चालाई यहाँ लिएर आए तर बच्चा रहेनन्, त्यसैले रोइरहनु भाछ । पहिला प्युठानको अस्पतालमा…

आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने

स्वास्थ्यसमाचार/प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । आयोगको गत माघ २५ गतेको १६ औँ बैठकले निजी मेडिकल कलेजले सरकारी सरह पिजीका आवासीय चिकित्सकलाई मासिक रु ४८ हजार सात सय ३७ निर्वाह भत्ता दिनुपर्ने निर्णय गरेको थियो । बैठकले निजी मेडिकल कलेजको मागलाई समेत ध्यानमा राखेर स्नातक एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना…

मुख्यमन्त्रीद्वारा भालुबाङ अस्पतालको उद्घाटन, विशेषज्ञ सेवा विस्तार

स्वास्थ्यसमाचार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भालुबाङ अस्पतालको उद्घाटन गर्नुभएको छ । उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्रस्तावित अस्पताल हुँदै भालुबाङ अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । प्रस्तावित भालुबाङ अस्पतालले अस्पतालको रूपमा मान्यता पाएपछि सोमबार मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले भालुबाङ अस्पताललाई विशिष्टीकृत अस्पतालको रूपमा प्रदेश सरकारले अघि बढाएकाे र जनशक्तिको व्यवस्थापनसहित गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिने बताउनुभयो । दाङ, अर्घाखाँची, प्युठान, रोल्पा लगायतका जिल्लाका नागरिकले उपचार पाउने भरपर्दो अस्पतालको रूपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै, मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मातहत रहेका अस्पतालहरूबाट विशेषज्ञ उपचार…