सत्य घट्ना : आज साझ ६ बजे एक जना २५/२६ बर्ष कि जस्ती देखिने महिला कपाल र निधार ढाकिने गरि रातो रुमालले टाउकोमा बाँधेर भैरहवा मेडिकल कलेजको इमर्जेन्सी अगाडि पार्किङ नजिकै डिलमा बसेर बेस्सरी रोइरहनु भएको थियो।
म अस्पतालको ड्युटी सकाएर फर्किन गाडीको ढोका खोल्दै गर्दा ती महिला सङ्गै उभिएका एक जना भाइले नमस्ते म्याडम भन्नू भयो। मैले नमस्ते भने र के भएको हो सोधे।ती भाइले सबै बताउनु भयो।
“मैले प्युठान बाट यी महिलाको सानो सिरियस बच्चालाई यहाँ लिएर आए तर बच्चा रहेनन्, त्यसैले रोइरहनु भाछ । पहिला प्युठानको अस्पतालमा लगे, रिफर भयो, फेरि त्यतै अर्को अस्पताल लगे, अनि त्यहा बुटवल आम्दा लैजानुस् भने, आम्दा लगे। आम्दामा पनि भएन र त्यसपछि यहाँ भैरहवा मेडिकल कलेज ल्याए तर बच्चाको ज्यान बचाउन सकिएन ।”
ती महिला मोबाइल हेर्दै आफ्ना सङ्ग कुरा गर्दै डाँको छोडेर रोइरहेकी थिइन। मैले सोधे फेरि घर पुर्याइदिन्छौ र भाइ । उनले भने “होइन म्याम, मैले यहाँ बाट लगे म फेरि यतै फर्किन पर्छ, बिचरा वहालाइ पनि धेरै भाडा लाग्छ, प्युठान बाटै आउदै छ एउटा एम्बुलेन्स एतै, फोन गरेछु, वहालाइ त्यसैमा पठाइदिन्छु।” यति सुनेपछि म त्यहा बाट निस्किए।
गाडी चलाएर भैरहवा बाट बुटवल तिर आउदै गर्दा सम्म मेरो मन यति भरियो कि भन्नै सक्दिन । ती महिला रोएको फेस झलझल याद आयो। नेपाल सरकारको रिफरल सिस्टम र ठाउँ ठाउँमा स्वास्थ सेवाको पहुँच कति सम्म सिमित छ, धिक्कारे।
बिरामी बच्चाले उपचार नपाइ धेरै समय त बाटो मै एउटा अस्पताल बाट अर्को अस्पताल गर्दागर्दै बित्यो र अन्तिममा जटिल उपचार सम्भव हुने ठूलै अस्पतालमा पुगेपनि अवस्था धेरै बिग्रिसकेको हुदा बच्चालाई बचाउन सकिएन। कति पीडा भयो यो सब सम्झिँदा मलाइ । कसरी यो सब ठिक गर्न सकिएला भन्दै सोचिरहे गाडी चलाइरहे ।
दुखी गरिब शहर बजार र ठुला ठुला अस्पताल सम्म पुग्न अल्मलिएका यी महिला जस्ता धेरै हुदा हुन पहाड तिर। एम्बुलेन्स ड्राइभरले बिरामी अस्पताल पुर्याउन कमिसन खान्छन् भन्ने धेरै सुनिन्थ्यो तर यस्ता सबै नहुदा रहेछ्न।
यी एम्बुलेन्स ड्राइभर भाइले आफ्नो तर्फबाट यी रोइरहनु भएको एक्ली महिला र उहाँको मृत्यु भएको बच्चोलाई अलिकति भएपनि कम भाडामा प्युठान बाटै आउने अर्को एम्बुलेन्सलाई फोन गरि गरि पठाइदिन्छु भन्दा यी भाइ प्रति धेरै रेस्पेक्ट जाग्यो। धन्यबाद छ यी भाइ जस्ता अरु एम्बुलेन्स ड्राइभरहरूलाई मानवता जिवित राखिदिनु भएकोमा !
लेखक डा. पाठक “युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस एण्ड टिचिङ्ग हस्पिटलका प्रधानाध्यापक” हुनुहुन्छ।
प्रतिकया दिनुहोस्