स्वास्थ्यसमाचार/स्स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योती संघबीच उपचार सेवा नपुगेका ठाउँमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय र संघबीच गरिएको सम्झौताअनुसार अब संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प्रदान गर्नेछ । आँखा उपचार पहुँच वृद्धि गर्ने मन्त्रालयको नीतिअनुसार संघले संघ प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर कार्यक्रम विस्तार गर्नेछ भने यसका लागि मन्त्रालयले सहजीकरण गर्नेछ । यसैगरी,आधारभूत स्वास्थ्य संस्थामा कार्यरत प्राथमिक आँखा उपचारमा सेवा प्रदान गरिरहेका जनशक्तिको क्षमता वृद्धिका लागि संघले सघाउने भएको…
आँखा
गुल्मीको शान्तिपुरमा बृहत आँखा शिविर, ३६ जनाको सफल शल्यक्रिया
स्वास्थ्यसमाचार /चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा शान्तिपुरमा सम्पन्न बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीको प्राविधिक सहयोग र शान्तिपुर स्वास्थ्य चौकीको व्यवस्थापन तथा शान्तिपुर आँखा उपचार केन्द्रको समन्वयमा आयोजित उक्त शिविरबाट १३० जना सेवा लाभान्वित भएका छन्। शिविरमा ९४ जना बिरामीलाई औषधि र चश्मा वितरण गरिएको छ भने ३६ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो। थप उपचार आवश्यक परेका १५ जना बिरामीलाई भैरहवा रिफर गरिएको छ। ८६ वर्षीय लालबहादुर क्षत्री र चन्द्रमणी भण्डारी जस्ता जेष्ठ नागरिकहरूले गाउँमै आँखा देख्ने सुविधा पाउँदा अत्यन्तै…
बहादुरगन्जमा नारायणी आँखा अस्पतालको नयाँ भवन उद्घाटन
कपिलबस्तुको बहादुरगन्जमा नेपाल नेत्रज्योति संघ छन्द कालेबाबु नारायणी आँखा अस्पतालले आफ्नो वार्ड भवन र कर्मचारी आवास भवनको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। वार्ड भवनको निर्माण कार्यमा कुल ७ करोड १६ लाख ३९ हजार ३ सय ७६ रुपैयाँ ६१ पैसा लागत अनुमान गरिएको थियो, तर यसको निर्माण ४ करोड ३९ लाख ८० हजार २ सय ७६ रुपैयाँ २१ पैसामा सम्पन्न भएको छ। उक्त भवन १७ कठ्ठा जग्गामा १०० बेडको चार तले भवनको रूपमा निर्माण गरिएको हो। स्व. छन्द बहादुर शाह र नारायणी शाहको नाममा जग्गादान गरिएको यस भवनको उद्घाटन नेपाल नेत्रज्योति…
नेत्रज्योति संघ जिल्ला शाखा, गुल्मीको २८औं जिल्ला सभा सम्पन्न
स्वास्थ्यसमाचार/ नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, गुल्मीको २८ औं जिल्ला सभा सम्पन्न भएको छ । “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने नाराका साथ सदरमुकाम तम्घासमा भएको जिल्ला सभामा प्रमुख अतिथि रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले थोरै लगानीले पनि जनताको मुहारमा खुसी देख्न सकिने बताउनुभयो । उहाँले आफु निर्वाचित भएर आएपछि गरेको निर्णयले अहिले रेसुंगा नगरपालिकाका मोतियाबिन्दुका बिरामीहरुले निःशुल्क शल्यक्रिया सेवा लिन पाएका उल्लेख गर्नुभयो । स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञ सेवा, मृगौलाका रोगीहरुका लागि डायलायसिस सेवा सञ्चालन लगायतका थुप्रै काम गरिरहेको बताउनुभयो । स्थानीय सरकारसँग…
उपप्रधान तथा अर्थमन्त्री पौडेलद्धारा रण अम्बिका आँखा अस्पतालको आधुनिक शल्यक्रिया भवन शिलान्यास
स्वास्थ्यसमाचार/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा आधुनिक शल्यक्रिया भवन शिलान्यास गर्नु भएको छ। भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री पौडेलले यस क्षेत्रकै लागि महत्वपूर्ण रहेको योजनाको डिपिआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा अहिले अदालतले उक्त योजना अगाडि बढाउने पक्षमा फैसला गरेको बताउनुभएको हो । नेपाल नेत्रज्योती सङ्घद्वारा विसं २०४० मङ्सिर १३ गते स्थापना गरिएको नेपाल नेत्रज्योती…
नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
स्वास्थ्यसमाचार/नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हासिल गरिरहेको छ । पछिल्लो समय भारतीय सीमाक्षेत्रका नागरिक एवम् अन्य देशका नागरिक समेत नेपालका आँखा उपचार केन्द्रमा सेवा लिन आउने क्रममा वृद्धि भइरहेको छ । अर्कोतर्फ नेपालका नेत्रविशेषज्ञले विदेशमा पुर्याएको सेवा तथा अनुसन्धान अब्बल कहलिएका छन् । नेपाली नेत्रविशेषज्ञद्वय सुशीला पटेल र सविता ढकालले बङ्गलादेशको आन्दोलनका क्रममा आँखामा समस्या देखिएका घाइतेका ढाकामा विशेषज्ञ सेवा प्रदान गरिरहेका छन् । घाइतेको आँखा उपचार गर्न नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर रण अम्बिका शाह आँखा अस्पताल भैरहवाले चिकित्सकद्वयलाई त्यसतर्फ…
महिला सुधारगृहमा निशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सञ्चालन
स्वास्थ्यसमाचार/रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा एक दिने निशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शनिबार सञ्चालित सो शिविरमा २५० जना महिलाले आँखा र २३० जना महिलाले दन्त परीक्षण गराएका छन् ।शिबिरमा आवश्यकताका आधारमा १६० जना महिलाहरुलाई विभिन्न पावरका चस्मा तथा आवश्यकता अनुसार विभिन्न प्रकारका औषधि वितरण गरिएको थियो । शिविरको प्राविधिक सहयोग केन्द्रीय कारागार अस्पताल र कीर्तिपुर आँखा अस्पतालले गरेको थियो ।सोही अवसरमा आँखा कसरी शुरक्षित राख्ने भन्ने सन्दर्भमा कीर्तिपुर आँखा अस्पतालका अध्यक्ष प्राध्यापक डा.…
रुरु गाउँपालिकाको रिडीमा आँखा उपचार केन्द्र स्थापना
नेपाल नेत्र ज्योति सङ्घ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा रिडी बजारमा आँखा उपचार केन्द्रको सेवा शुभारम्भ गरिएको हो । सेवा शुभारम्भ गर्नुहुँदै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली नागरिकहरूलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्य अनुरूप यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो । आँखा सम्बन्धी रोगका धेरै बिरामीहरू लाभान्वित हुने भन्दै उहाँले आँखाको उपचार गराउन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । नागरिकलाई चौबीसै घण्टा आँखा उपचार सम्बन्धी विभिन्न सेवाहरू केन्द्रबाट उपलब्ध गराइने उहाँको भनाइ छ । स्थापना गरिएको…
लुम्बिनी प्रदेशमा आँखाको नानी प्रत्यारोपण गर्न लाग्ने सबै खर्च निशुल्क
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा अबदेखि आँखाको नानी प्रत्यारोप निशुल्क हुने भएको छ । प्रदेशका १२ जिल्लाका सर्वसाधारण कसैको पनि आँखाको नानी प्रत्यारोपमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने भएको छ । मंगलबार तुलसीपुरमा कार्यक्रमको उद्घाटन पछि सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले एक जना ब्यक्तिको नानी प्रत्यारोप गर्न २४ हजार तीन सय १० रुपैंया लाग्ने र त्यो सबै खर्च अबदेखि प्रदेश सरकारले बेहोर्ने वताउनु भयो। चोट पटक लागेर वा संक्रमण भएर आँखाको ज्योति गुम्ने खतरा रहन्छ । गरिबीका कारण उपचार गर्न नसकी दृष्टि गुमाएका हरेक नागरिक अन्धकारमा बस्नु नपरोस, उनीहरुको दैनिक असहज नबनोस् भन्ने…
नेपाल नेत्र ज्योति संघले एक वर्षमा गर्यो ३३ लाखभन्दा बढीको आँखाको उपचार
स्वास्थ्यसमाचार/नेपाल नेत्र ज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ । संघले ४६औँ नेत्रज्योति दिवसका अवसरमा पत्रकार सम्मेलन गरी सन् २०२३ मा आफ्नो मातहतका २८ अस्पताल, १५६ आँखा उपचार केन्द्र र ४३ जिल्ला शाखामार्फत् आठ लाख पाँच हजार विदेशीसहित ३३ लाख छ हजार २६ जनाको स्वास्थ्योपचार गरेको स्पष्ट गरेको छ । संघका अध्यक्ष प्राडा चेतराज पन्तले सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, स्वदेशी तथा विदेशी दातृ निकाय एवं समाजसेवीसमेतको सहयोगमा गरिब तथा असहायलाई प्राथमिकता दिँदै दुई…