गुल्मीको शान्तिपुरमा बृहत आँखा शिविर, ३६ जनाको सफल शल्यक्रिया

स्वास्थ्यसमाचार /चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा शान्तिपुरमा सम्पन्न बृहत् आँखा उपचार तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ।
नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीको प्राविधिक सहयोग र शान्तिपुर स्वास्थ्य चौकीको व्यवस्थापन तथा शान्तिपुर आँखा उपचार केन्द्रको समन्वयमा आयोजित उक्त शिविरबाट १३० जना सेवा लाभान्वित भएका छन्।

शिविरमा ९४ जना बिरामीलाई औषधि र चश्मा वितरण गरिएको छ भने ३६ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो। थप उपचार आवश्यक परेका १५ जना बिरामीलाई भैरहवा रिफर गरिएको छ।

८६ वर्षीय लालबहादुर क्षत्री र चन्द्रमणी भण्डारी जस्ता जेष्ठ नागरिकहरूले गाउँमै आँखा देख्ने सुविधा पाउँदा अत्यन्तै खुसी लागेको बताएका छन्। सत्यवती र बरेङ गाउँपालिकाका नागरिकहरूले समेत यस शिविरबाट सेवा लिएका थिए।

वरिष्ठ नेत्र विशेषज्ञ डा. सविता ढकालले गाउँमै सेवा दिँदा बिरामीहरूको अनुहारमा देखिएको असाधारण खुसीले आफू उत्साहित भएको बताइन्।

समापन समारोह चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रकाश शर्मा, आँखा उपचार केन्द्र व्यवस्थापन समिति अध्यक्ष गणेश खत्री, शाखा अधिकृत शिव ज्ञवाली लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन नेत्र सहायक सुदिप पौडेलले गरेका थिए।

सम्बन्धित शिर्षक :