सेवानिवृत्त राष्ट्र सेवक समाज र बुटवल हस्पिटलबीच उपचारमा सम्झौता

स्वास्थ्यसमाचार/ बुटवल हस्पिटल प्रा लि र नेपाल सरकारबाट अवकास प्राप्त कर्मचारीहरुको संस्था निवृत राष्ट्र सेवक समाज नेपाल बुटवल नगर कार्य समितिका वीचमा उपचार सम्झौता सम्पन्न भएको छ ।

बुटवल हस्पिटल प्रा लि ले उपचारका लागि निवृत राष्ट्र सेवक समाज मार्फत आउने पुर्व कर्मचारी तथा उनीहरुका परिवारका सदस्यहरुका लागि सहुलियत प्रदान गर्ने भएको छ । उपचार सझौतासंगै दुई संस्थाका वीचमा सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रा.लि.का उपाध्यक्ष ललित खरेलले बताउनु भयो ।

उहाँले बुटवल हस्पिटल प्रा लि सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरूकै संस्था भएकोले यसको संरक्षण र प्रवद्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले सबै खालको उपचार,उपकरण र दक्ष जनशक्तिको संयोजन रहेकोले निर्धक्क भएर स्वास्थ्य सेवा लिन आग्रह समेत गर्नु भयो ।

सो अवसरमा बुटवल हस्पिटल प्रा लि का मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण प्रसाद खनालले सरकारबाट पेन्सनका रुपमा सहुलियत पाउने एक हिसाबले जेष्ठ नागरिककै रुपमा रहेका पुर्व कर्मचारीहरुसँग सहकार्य गर्नु पाउनु स्वागत योग्य कुरा रहेको बताउनु भयो ।

निवृत राष्ट्र सेवक समाज बुटवलका अध्यक्ष भोज वहादुर केसी र सचिव मुकुन्दराज गौतमले बुटवल हस्पिटल यस क्षेत्रमै नमुना अस्पताल भएकोले अबका दिनमा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य समस्या आउदा बुटवल हस्पिटल प्रा लि लाई नै सम्झने बातावरण बनेको बताउनु भयो ।

दुई संस्था वीचमा सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा लिका जनल म्यानेजर देवेश कर्ण, प्रशासन प्रमुख बिक्रम खड्का,इमरजेन्सी तथा अप्रेशन ईन्चार्ज सरोज चौधरी, बजार प्रमुख सुमन तिमिल्सिना लगायतले धारणा राख्नु भएको थियो ।

आजभन्दा २५ वर्ष अघि बुटवल हस्पिटल लाईनमा स्थापना भएको बुटवल हस्पिटल प्रा लि अहिले १ सय शैया संचालनमा छ । जहाँ विशेषज्ञ चिकित्सकहरुको निगरानीमा आईसीयु, एनआईसीयु, एचडियू सहितका उपचार कक्षहरू संचालनमा छन् भने एक पटकमा ४ वटा अप्रेशन गर्न मिल्ने गरि ओटि संरचना छ ।

बुटवल हस्पिटल प्रा लिमा चिकित्सक नर्स सहित ३ सय कर्मचारीहरु कार्यरत रहेका छन् । यस क्षेत्रका उद्योगी व्यवसायी, चिकित्सकहरु सहितको सहभागितामा लगानीमा रहेको अस्पतालमा अत्याधुनिक उपकरणहरुको व्यवस्थापन गरिएको छ ।

सम्बन्धित शिर्षक :