मानव बिकासका चरणहरु र स्वास्थ्य मानव बिकासका चरणहरु भन्नाले गर्भावस्थादेखि मृत्युसम्मका अवस्थाका चरणहरुलाइ जनाउछ | यसलाई जीवन अवधिका विभिन्न अवस्था पनि भनिन्छ | मानव बिकासका चरणहरु विभाजन गर्ने मुख्य आधार शारीरिक उमेरलाइ मानिन्छ | ढुंगे युगमा अन्य जनावर सरह जीवनयापन गर्ने मानव बर्तमान विश्वको सबैभन्दा बिकसित र समुन्नत प्राणी हो | मानवजातिको उदभव भन्नाले बर्तमानमा पृथ्बीबाट लोप भएका मानव पुर्खाहरु (Primate) जस्तै: नरवानर (Ape) बाट क्रमिक रुपमा विकास भई अहिलेको मानव अवस्थासम्मको प्रकृयालाइ बुझिन्छ | नरवानर जस्तै पुर्खाबाट क्रमिक रुपमा विकास हुदै अहिलेको मानवका रुपमा आइपुग्न करिब ६०००००० ( साठी…
स्वास्थ्य-टिप्स
थाइराइड के हो किन हुन्छ, यसवाट कसरी बच्ने ?
स्वास्थ्यसमाचार/शरीरमा विभिन्न ग्रन्थि हुन्छन् । ती ग्रन्थिमध्ये घाँटीमा रुद्रघण्टीमुनि पुतली आकारको ग्रन्थि हुन्छ, त्यो ग्रन्थिलाई थाइराइड भनिन्छ । यस ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । यी हर्मोनले हाम्रो शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्छन् ।थाइराइड ग्रन्थिमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइड र हर्मोन कम हुनुलाई हाइपोथाइराइड भनिन्छ । हर्मोन बढी भएको अवस्थामा गलगाँड हुने, ग्रन्थि सुन्निने समस्या देखिन्छ । थाइराइडका लक्षण हरु -हर्मोन कम हुँदा र बढी हुँदाफरक–फरक लक्षण देखिन्छ । -हर्मोन कम हुँदा । -शरीर गल्ने ,आलस्य हुने ,थकान…
नकारात्मक भावनाबाट कसरी बच्ने जानी राखौं ५ उपाय
मानिसको मनमा विभिन्न भावना आइरहेको हुन्छ, तीमध्ये केही नकारात्मक भावना पनि हुन्छन् । त्यस्तो भावना आउँदा एक किसिमको असहजता र तनाव पनि हुन्छ । जब यस्ता भावनाहरू आउँछन् हामी तुरुन्तै त्यसलाई अस्वीकार वा स्वीकार गर्न सक्दैनौं । मनमा आएका नकारात्मक भावनालाई हटाउन हामी विभिन्न उपाय अपनाउँछौं । नकारात्मक मनोवृत्तिले हामीलाई असुरक्षित महसुस गराउँछ । त्यसकारण नकारात्मक भावनाबाट कसरी बच्ने भन्ने उचित उपाय जान्नु जरुरी हुन्छ । नकारात्मक भावनाबाट बच्नु मानसिक स्वास्थ्यको लागि महत्त्वपूर्ण यदि हामी सधैं नकारात्मक भावनालाई रोक्ने प्रयास गर्छौं भने हामी आफ्नै सोचाइको आलोचना गरिरहेका हुन्छौं । त्यसपछि…
चिसोमा बढी सताउने बाथरोग के हो र कसरी बच्ने ?
डा अरुण कुमार गुप्ता, बाथरोग विशेषज्ञ काठमान्डौ/ बाथरोग एक प्रकारको अटोइम्युन डिजिज हो। जब हाम्रो शरीरमा रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आउँछ त्यसपछि बाथ रोग देखा पर्छ । यसले शरीरका विभिन्न जोर्नीहरुमा असर पुराएर समयमै उपचार नगरेमा अपांग समेत बनाउने गर्छ । बाथरोग धेरै प्रकारका हुन्छन्। त्यसको प्रकार अनुसार विभिन्न भिन्न खालका लक्षण देखाउँछन्। तर सबैजसो बाथरोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नीहरु दुख्ने, सुन्निने र हिंडडुलमा समस्या हुने हो । यसले जोर्नी बाहेक शरीरका भित्री अंगहरु मुटु, मिर्गौला, फोक्सो, मस्तिष्क, कलेजोलाई हानी गर्न सक्छ। समयमा सही उपचार नपाए…
हाम्रो शरीरमा (मधुमेह )चिनीरोग छिरे पछि गर्न सक्ने ‘पाँच घातहरु’
(मधुमेह )चिनीरोगबारे धेरैले सुनेका छन् । तर थोरैले मात्र बुझेका छन् । यो रोगका महत्वपूर्ण र खतरनाक पक्षहरुबारे चर्चा गर्न विश्व मधुमेह दिवसका अवसरमा सान्दर्भिक ठान्दछु । विश्व मधुमेह दिवस सन् १९९१ देखि प्रत्येक वर्ष नोभेम्बर १४ का दिन मनाइन्छ । नोभेम्बर १४ मा इन्सुलिनका आविष्कारक फ्रेडरिक बेन्टिङ्ग जन्मिएका थिए । मानव शरीरभित्र चिनी पचाएर उर्जामा बदल्ने काम इन्सुलिनले गर्दछ । यो महत्वपूर्ण रसायन–इन्सुलिनको आविष्कार सन् १९२१ मा भएको थियो । इन्सुलिनको अभाव भएर शरीरमा चिनी नपच्ने र पिसाबबाट चिनी बाहिर निस्कने रोग मधुमेहको नामबाट परिचित हुनपुग्यो । आधुनिक सभ्यता,…
डेंगु ज्वरो: लक्षण, रोकथाम र घरेलु उपचार
हाम्रा घर, गाउँ, छिमेक, कार्य क्षेत्रमा आफन्त, छिमेकीहरु, साथीभाइहरु, विद्यार्थीहरु डेंगु भएर उपचार गराइरहनुभएको र आराम गरिरहनुभएको अनि उहाँहरुको डेंगु ज्वरोबाट प्रभावित हुँदाका अनुभव पनि सुनिरहेका छौं । सन् २००४ मा नेपालमा डेंगुको पहिलो रिपोर्ट आएदेखि सन् २०१९ सम्म ६८ जिल्लामा कुल १७ हजार ९९२ डेंगुका बिरामीको रिपोर्ट भएको छ । सन् २०१८ मा डेंगुका बिरामी झन्डै पाँच गुणा बढेको थियो । सन् २०१९ मा यो संख्या १४० गुणा बढी थियो । अहिले काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो छ । सरकारले डेंगु ज्वरोबाट चितवन, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु,…
शरिर स्वस्थ र तन्दूरुस्त राख्नूस यसरी ! – गोकर्ण प्रकास ज्ञवाली
हरेक व्यक्तिको चाहाना हुन्छ शरीर स्वस्थ होस्, एकदम चुस्तदुरुस्त होस् । शरिरलाई आफूले चाहेजस्तो बनाउन लागि शरीरको आकार मिलाएर राख्नुपर्छ र बिरामीहरुको जोखिमलाई कम गर्दै जानुपर्छ । शरीरको फिटनेसको लागि आफ्नो डाइट वा दैनिक गतिविधिहरुमा केही बदलाव ल्याउनुपर्छ । दैनिक रुपमा आफ्नो खानेकुरामा एकदमै धेरै सागपात एवं फलहरु सामेल गर्नुपर्छ । सागपात र फलहरु खाँदा हामीहरुलाई कैयौं प्रकारका रोगहरुले आक्रमण गर्न सक्दैनन् । स्वस्थ एवं फिट शरीरको लागि निम्न कुराहरु बिर्सनु हुँदैन । आहारमा ध्यान दिनूस ः विहान र वेलुका घरमा हुँदा खाने खाना वाहेक घरवाहिर रहँदाको खानामा समय, परिस्थिति…
यौन सम्बन्धी केही रोचक तथ्यहरु !
दुनियामा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो । यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । तर दुनियाको अनिवार्य तथा शाश्वत सत्यको रुपमा रहेको सेक्सका विषयमा धेरै तथ्य तथा सत्यहरुका बारेमा हामी बेखबर हुन्छौँ । कतिपय तथ्यहरु त पत्यारै नलाग्ने पनि हुन्छन् । सेक्स सम्बन्धी केही तथ्य यस्ता छन् : सम्भोगले मानिसले पीडा सहनसक्ने क्षमता बढाउँछ । सम्भोगको चरम सुखका बेला सरीरमा उत्सर्जन हुने हर्मोनले पीडा कम गर्दछ र पीडा सहने सीमा…
नियमित सेक्स फाईदै फाईदा, कारण जान्नूहोस् !
स्वास्थ्यसमाचार । यदि तपाई सेक्स केवल आनन्द र सन्तान उत्पादनको लागि मात्र हो भन्ने सोच्नु हुन्छ भने गलत हुनुहुन्छ । वयष्क मानिसहरुको लागि असल मात्र हैन धेरै कुराको लागि उपयोगि पनि छ । नियमित सेक्सको फाइदाहरु यस प्रकार छन् : १) तनावलाई घटाउँछ : धेरै मानिसहरु विभिन्न कारणले गर्दा तनवमा हुन्छन् । नियमित सेक्सले मुड मात्र ठिक पार्दैन कि यस्ता तनावबाट मुक्त गराई खुसी पनि प्रदान गर्दछ । साथै तनावलाई सजिलै घटाउन पनि मद्दत गर्दछ । २) दुखाई कम गराउँछ : तपाईको टाउको दुखेको होस् वा कुनै कारणले शरीर दुखेको…
राति सुत्दा स्वप्नदोष हुनु राम्रो हो कि होइन ?
यौनसम्बन्धी कुरा सचेत मनमा मात्र होइन अरूबेला पनि निरन्तर रूपमा चलिरहन्छ। निदाएको बेला लिङ्ग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। यसरी निदाएको बेला सपनामा यौन क्रियाकलापमा संलग्न भएर वीर्य स्खलन हुनुलाई नै स्वप्नदोष भनिन्छ। अंग्रेजीमा भने wet dreams, night fall वा nocturnal emmisions जस्ता शब्दहरूको प्रयोग गरिन्छ। सामान्यतः, प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि उत्पादन हुन थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने बाटो खोज्छ। अर्कातिर यौन चाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ,…