पाठेघरको मुखको क्यान्सर पहिचानका लागि लुम्बिनीमा स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार / लुम्बिनी सांस्कृतिक नगरपालिकाको आमा स्वास्थ्य चौकीमा महिलाहरूको पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) स्क्रिनिङ गर्ने उद्देश्यले VIA (Visual Inspection with Acetic Acid) परीक्षणसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्धिन मुसलमानले गर्नुभयो। शिविरमा ८१ जना महिलाले सेवा लिएका थिए, जसमा ७८ जनाको VIA परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १३ जनामा VIA पोजिटिभ पाइयो।

त्यसैगरी, ३ जनामा पाठेघरमा पोलिप्स देखिएको थियो भने ३ जना बिरामीको पाठेघर झरेको पाइएको हुँदा उनीहरूलाई रिङ पेसरी राखी सेवा प्रदान गरिएको थियो। शिविरमा परीक्षणसँगै आवश्यक बिरामीहरूलाई निःशुल्क औषधि पनि वितरण गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिका स्वास्थ्य शाखा प्रमुख धूर्ब घिमिरेले बताउनु भयो ।

सम्बन्धित शिर्षक :