स्वास्थ्यसमाचार/ धुर्कोट गाउँपालिकाको आयोजनामा पूर्ण खोप, पूर्ण पोषण मैत्री तथा पूर्ण संस्थागत सुत्केरी पालिका सुनिश्चितता तथा निरन्तरता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला खोप तथा प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक द्रोण बहादुर खत्रीले धुर्कोट गाउँपालिकालाई सुनिश्चितता तथा निरन्तरताको घोषणा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा धुर्कोट गाउँपालिकाद्वारा सबै स्वास्थ्य संस्था तथा वडा कार्यालयलाई सुनिश्चितता तथा निरन्तरताको घोषणा प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका नर्सिङ अधिकृत मुना थापा पुन र धुर्कोट आधाभुत अस्पतालका डाक्टर लाल बहादुर खत्रीलाई दोसल्ला सहित सम्मान पत्रले समेत सम्मान गरीएको थियो ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीको प्रमुख आतिथ्यता, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापा, स्वास्थ्य कार्यालय गुल्मीका नर्सिङ अधिकृत मुना थापा पुन रहनु भएको थियो ।
त्यस्तै धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरी, नि प्रमुख प्रशासकीय अधिकृत प्रेमलाल खनाल, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी, शिक्षक, विद्यार्थी तथा अन्य ब्यक्तिहरुको उपस्थिति कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकया दिनुहोस्