यु.सि.यम.यस. भैरहवामा ‘शल्यक्रिया सेफ्टी चेकलिष्ट’ कार्यशाला सम्पन्न

स्वास्थ्यसमाचार/यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा शल्यक्रिया विभाग तथा एनेस्थेसिया विभागको संयुक्त आयोजनामा एक दिने ‘शल्यक्रिया कक्षमा विरामीको सुरक्षा वृद्धि डब्लु.एच.ओ. शल्यक्रिया सेफ्टी चेकलिष्ट’ (WHO Surgical Safety Checklist: Enhancing Patient Safety in the Operating room ) विषयक कार्यशाला सम्पन्न भएको छ ।

विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको शल्यक्रिया सेफ्टी चेक लिष्ट अनुरुप प्रशिक्षार्थीहरूलाई मास्टर कक्षा सहित स्किल ल्याबमा प्रयोगात्मक रुपमा म्यानिकुइनमा सिकाइएको थियो ।

कार्यक्रमको कोर्स डाइरेक्टरको रुपमा यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका प्राचार्य तथा एनेस्थेसिया विभागकी प्रमुख प्रा.डा.लक्ष्मी पाठक तथा शल्यक्रिया विभागका प्रमुख प्रा.डा.सन्तोष शाह हुनुहुन्थ्यो । कार्यक्रममा शल्यक्रिया विशेषज्ञ डा.सगुन थापा क्षेत्री तथा एनेस्थेसिया विशेषज्ञ डा.केशव अधिकारीले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो ।

यस्ता कार्यक्रमले शल्यक्रिया कक्षमा संयोगवश शल्यक्रिया गर्ने विरामीहरुको नाउँ मिल्न जानु, शरीरको एउटा अंगको शल्यक्रिया गर्नुपर्नेमा अर्को अंगको हुनु, स्पोन्ज जस्ता कपडाका टुक्राहरु शरीर भित्रै छुट्न जानु, औषधीको रियाक्सन र एक्सपाइरी मिति हेर्न बिर्सनु इत्यादि जस्ता ‘मेडिकल त्रुटिहरु’ हुन नदिनु नै कार्यशालाको उद्धेश्य रहेको प्राचार्य प्रा.डा. लक्ष्मी पाठकले बताउनु भयो ।

कार्यशालामा डा.सगुन थापा क्षेत्री, डा.केशव अधिकारी, शल्यक्रिया विभागका आवासीय चिकित्सक डा.विशाल कुँवर, नर्सिङ कर्मचारी प्रतिक्षा घर्ती मगरले सिमुलेसन गरि सहभागीहरुलाई तालिम दिनुभएको थियो ।

कार्यक्रममा यु.सि.यम.यस., शिक्षण अस्पतालको आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, पोष्ट अपरेटिङ, रिकभरी तथा अन्य वार्डहरुमा कार्यरत नर्सिङ कर्मचारी, आवासीय चिकित्सक तथा मेडिकल अधिकृतहरु गरि कुल ४५ जनाको सहभागिता रहेको थियो भने कार्यक्रम नर्सिङ कर्मचारी प्रतिक्षा घर्ती मगरले सञ्चालन गर्नुभएको थियो ।

 

 

 

सम्बन्धित शिर्षक :