स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले सिकलसेल रोकथामका लागि योजनाबद्ध रूपमा कार्य अघि बढाइने वताउनु भयो ।
स्वास्थ्य निर्देशनालय लुम्बिनीले तिलोत्तमामा आयोजना गरेको हेमोग्लोविनोप्याथी सम्बन्धी स्वास्थ्यकर्मी तथा सरोकारवाला संग पैरवी अभिमुखीकरण कार्यक्रममा वोल्दै नगर प्रमुख खाँणले स्वास्थ्य कार्यलय संग सहकार्य गरेर यो रोगलाई न्यूनिकरण गर्न लाग्ने बताउनु भयो।
स्वास्थ्य कार्यलय रुपन्देही ,छिमेकी पालिका संग पनि सहकार्य गरेर सिकलसेल रोगलाई न्यूनिकरणमा लाग्ने बताउनु भयो । उहाँले आगामी बर्ष देखी थप बजेट रोकथाम गर्नको लागी सचेतनाका कार्यक्रम सुरु गर्ने बताउदै रोकथामका लागि सबै सरोकारवाला निकायको सामूहिक प्रयास आवश्यक रहेको बताउनु भयो ।
नगर प्रमुख खाँणले रोग न्यूनीकरणका लागि बालबालिकाको प्रारम्भिक परीक्षण गर्नुका साथै नागरिकमा रोगसम्बन्धी सचेतना अभिवृद्धि गर्नु जरुरी रहेको बताउदै आबश्यक सहकार्यको लागी नगरपालिका तयार रहेको बताउनु भयो ।
कार्यक्रममा बुटबल उपमहानगरपालिका उप प्रमुख साबित्री देवी अर्यालले बुटबल उपमहानगरले कति रोगी छन नगरमा जानकारी लिने र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । यस्तै तिलोत्तमा नगरपालिका उप प्रमुख जागेश्वी देबी चौधरीले अहिले पनि नगरमा सचेतनाका कार्यक्रम भएको र आगामी बर्षदेखि सरोकारवालाहरु संग सहकार्य गरेर प्रभाबकारी ढंगले काम गर्ने बताउनु भयो ।
स्वास्थ्य कार्यलय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जिल्लामा ३२ जना सिकलसेलका बिरामी रहेको र ३१ जनाको स्वास्थ्य बिमा गरिएको बताउदै १ जनाले उक्त बिमा नगरेको बताउनु भयो । उहाले सबै पालिका संग सहकार्य गरेर अघि बढने बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा वडा नं २का वडा अध्यक्ष डिल बहादुर भटराई लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिङ प्रशासक नेहा थापा, मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका डा डा अजुर्न सुबेदी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायत वक्ताहरूले संघ, प्रदेश र स्थानीय सरकारले सिकलसेल तथा थालेसेमिया रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले सिकलसेल एनिमिया रोग, यसको लक्षण, रोकथामका उपाय र आगामी पुस्तामा रोग नफैलिन कुन उपाय अपनाउने भन्ने विषयमा जानकारी गराउनु भयो। उहाँले थारु समुदायका प्रत्येक १०० जनामध्ये करिब २० जनामा सिकलसेल देखिएको वताउनु भयो ।
श्रेष्ठले पछिल्लो समय सिकलसेल र थालेसेमिया रोकथामका लागि ‘सिकलसेल कुण्डली’जस्ता पहलहरू प्रभावकारी बनिरहेका बताउनु भयो । सिकलसेल भएका युवा–युवतीहरूले कुण्डली मिलाएर विवाह गर्दा तेस्रो पुस्तामा रोगबाट जोगिन सकिने सम्भावना हुन्छ श्रेष्ठले भन्नु भयो ।
नेपालमा सिकलसेल एनिमिया नवलपरासीदेखि कञ्चनपुरसम्मका जिल्लामा र थारु समुदायमा बढी देखिन्छ। तर पछिल्लो समय बिसी, योगी, रैदास, विक, कुँवर, अधिकारी तथा नेपाली समुदायमा पनि यो रोग देखा पर्न थालेको छ। तथ्यांकअनुसार यो रोग महिलाभन्दा पुरुषमा बढी देखिएको छ ।
श्रेष्ठका अनुसार, भेरी अस्पताल, बाँकेमा मात्रै हाल ४,००० भन्दा बढी सिकलसेल एनिमियाको बिरामी उपचाररत छन् । समयमै रोग पत्ता लगाउन नसक्दा समस्या जटिल हुँदै गएको भन्दै उहाँले विवाह पूर्व अनिवार्य परीक्षण गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, स्थानीय कर्मचारी, पत्रकार तथा सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमको स्वास्थ्य कार्यलय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीको अध्यक्षता र सञ्चालन स्वास्थ्य कार्यलय रुपन्देहीका ल्यावटेक्नीसिय अधिकृत खिमलाल पाण्डेले गर्नु भएको थियो ।
प्रतिकया दिनुहोस्