गौमुखी गाउँपालिका पूर्ण संस्थागत सुत्केरी सेवा युक्त पालिका घोषित

स्वास्थ्यसमाचार/ गौमुखी गाउँपालिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर सुत्केरी भएसंगै गाउँपालिकालाइ जिरो होम डेलिभरी’ पालिका घोषणा गरिएको छ ।

पछिल्ला तिन आर्थिक बर्षमा गाउँपालिका भित्रका सबै गर्भवती स्वास्थ्य संस्थामा आएर प्रसुति भएसंगै गाउँपालिकालाइ शनिवार एक कार्यक्रमका बिच पुर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषणा गरिएको हो ।

आर्थिक बर्ष २०७९/०८० मा ३ सय ३४ जना महिला गर्भवती रहेको गौमुखीमा सबै स्वास्थ्य संस्थामा आएर प्रसुती सेवा लिएका थिए । आ.व. २०८०/०८१ मा २८२ र आ.व. ०८१/०८२ मा २९५ जना गर्भवतीले स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले जानकारी दिए ।

आ.व. ०८१/०८२ मा ६८ जनाले भने स्थानिय स्वास्थ्य संस्थाभन्दा बाहिर अन्य स्वास्थ्य संस्थाबाट प्रसुती सेवा लिएको प्रमुख जैसीले बताए । गाउँपालिकामा ४ पटक गर्भ जाँच, तिन पटक सुत्केरी जाँच लगाएतका मापदण्ड पुरा गर्नेको संख्या ९५ प्रतिशत माथी पुगेसँगै गाउँपालिकालाइ पुर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषणा गरिएको हो ।

आ.व. २०७९/०८० मा १० र आ.व. २०८०/०८१ ३ जना गर्भवती घरमा सुत्केरी भएका थिए । शनिवार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य धन लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी. गाउँपालिका उपाध्यक्ष महाबिर राना पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सी राम पौडेल लगाएतको सहभागीता रहेको थियो ।

 

 

सम्बन्धित शिर्षक :