नेपाल फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा तिवारी ,महासचिवमा खत्री

स्वास्थ्यसमाचार/  नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको आठौँ साधरण सभा तथा दोश्रो अधिबेशन कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भयो ।

नेपाल फार्मेसी संघका केन्द्रिय अध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले खेमराज तिवारीको अध्यक्षतामा १० जनाको नयाँ प्रदेश समिति निबिरोध चयन गरेको छ ।

जस्को उपाध्यक्ष सुभेन्द्र प्रसाद यादब, सुलभ अधिकारी सुवेक्षा गौतम महासचिवमा उदय बहादुर खत्री कोषाध्यक्ष ओजस्वी रजथल र सचिवमा महेश रानाभाट र सुनिल द्धबेदी रहनु भएको छ । भने सदस्यहरुमा सुजाता डाँगी र बिमल घर्तिमगर रहनु भएको संघका अध्यक्ष खेमराज तिवारीले बताउनु भयो ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल फार्मेसी संघका अध्यक्ष युवराज भुसालले गुणस्तरीय स्वास्थ्य शिक्षा, गुणस्तरीय फर्मासिष्ट र गुणस्तरीय सेवामा जोड दिदै बिरामीको सुरक्षा, फर्मासिष्टहरुको पेशागत सुरक्षा र उत्पादनको सुरक्षा हुनु पर्ने भनाई राख्नु भयो ।त्यस्तै उहाले फार्मेसी प्रमाणपत्र प्राप्त गरेका फर्मासिष्टहरुलाई प्रमाणपत्र भाडामा नलगाउन आग्रह गर्नु भयो ।

बिशिष्ट अतिथी किरण ढकालले नीतिगत समस्याका कारण फर्मासिष्टहरुको मुद्धा सुल्झाउन नसकिएको बताउनु भयो । फर्मासिष्टहरुले आफ्नो प्रमाणपत्र भाडामा लगाउन नहुने बताउदै औषधि बिक्रीवितरण हुने ठाउँमा अनिवार्य फर्मासिष्टको दरवन्दी राख्नुपर्ने भनाई राख्नु भयो ।

उहाले फार्मेसीका जनशक्ति प्रयाप्त हुँदाहुँदै ओरिन्टेसनका कुरा नउठाउन आग्रह गर्नु भयो । अधिवेशनमा ध्रुब कुमार शमा लगायको सहभागीता रहेको थियो कार्यक्रमको संयोजक रमेश खनाल र अध्यक्षता गोबिन्द तिबारीलेको गर्नु भएको थियो ।

 

सम्बन्धित शिर्षक :