स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका क्षेत्रभित्र पाठेघरको मुखको क्यान्सर समयमै पहिचान तथा रोकथाम गर्नका लागि २४ जना नर्सहरूलाई VIA ( Visual Inspection with Acetic Acid) परीक्षण सम्बन्धी तालिम प्रदान गरिएको छ। तालिम नगर स्वास्थ्य शाखाको समन्वयमा सञ्चालन भएको हो।
तालिमका प्रशिक्षकहरूले नर्सहरूलाई VIA परीक्षणको सिद्धान्त, प्रक्रिया, उपकरणको प्रयोग र परीक्षणपछि आवश्यक सल्लाह तथा उपचार सिफारिस सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेका छन्।
कार्यक्रममा सहभागी नर्सहरूलाई आफ्नै सेवा केन्द्रमा नियमित रूपमा VIA परीक्षण सेवा दिन तयार पारिएको छ। तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले नगरले २४ जना नर्सलाई तालिम दिएको र नियमित रुपमा प्रतेक वडामा भिआई सेवा दिने वताउनु भयो ।
नगरपालिकाले तालिमप्राप्त नर्सहरूलाई अवश्य परीक्षणका लागि आवश्यक सामग्री र प्राविधिक सहायता उपलब्ध गराउने स्वास्थ्यशाखाले जनाएको छ।
यस अभियानबाट तिलोत्तमा क्षेत्रका महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाई उपचार गर्न मद्दत पुग्ने विश्वास लिइएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक केशव भट्राईले बताउनु भयो ।
प्रतिकया दिनुहोस्