स्वास्थ्यसमाचार/प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको अनुगमन एवं न्युनतम सेवा मुल्यांकन कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको अबस्था सुधार गर्नुपर्ने र भैरहेको कामको अबस्थाबारे जानकारी गराउने उदेश्यले न्युनतम सेवा मुल्यांकन गरिएको हो ।
मुल्याकंन तथा अनुगमन कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले प्रदेशको एक मात्र प्रादेशिक आयुर्वेद अस्पतालमा अब वैकल्पिक चिकित्सा सेवा विस्तार हुने वताउनु भयो।
उहाले आगामी आर्थिक वर्षको बजेटमा उक्त अस्पतालमा एक्युपङ्चर सेवा थपिने योजना रहेको बताउदै बढ्दो नसर्ने रोग न्यूनीकरण गर्न आयुर्वेदिक चिकित्सा पद्धति महत्वपुर्ण रहेको बताउनु भयो । उहाले अस्पतालको सेवा सुधार, र दरबन्दीको पुनरावलोकन गर्नु आवश्यक रहेको उल्लेख गर्दै बिरामीहरुलाई गुणस्तरीय सेवा दिन चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनु भयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले “आयुर्वेद औषधि निर्माणशाला यथासिघ्र सञ्चालनमा ल्याउनुपर्ने“ वताउनु भयो । स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरीले आयुर्वेद अनुसन्धानलाई अगाडि बढाउने र चिकित्सकीय सेवा थप विस्तार गर्ने आवश्यकता रहेको वताउनु भयो ।
प्रदेशिक आयुर्वेद अस्पतालका निर्देशक डा. प्रवेश श्रीवास्तवले अस्पतालको भवन जीर्ण भइसकेको हुँदा नयाँ भवन निर्माण अपरिहार्य भएको वताउनु भयो । उहाले बर्तमान अबस्थामा वैकल्पिक तथा परम्परागत चिकित्सा पद्धति तर्फ मानिसहरुको आकर्षक बढ्दो रहेको बताउनु भयो ।अस्पतालले न्युनतम सेवा मूल्यांकनमा ८३.३ अंक प्राप्त गरेको डा श्रीवास्तवले बताउनु भयो ।
प्रतिकया दिनुहोस्