स्वास्थ्य समाचार जिल्ला स्वास्थ्य कार्यालय,रुपन्देहीको आयोजनामा सुर्तिसेवन तथा लागुपदार्थ दुर्व्यसनको अवस्था, असर र नियन्त्रण विषयक अन्तक्र्रिया तथा स्वस्थ गाउँ/शहर अभियान सम्बन्धी स्थानीय तहहरूसँग पैरवी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्य, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको विशिष्ट आतिथ्य तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिन्तामणि ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले “सुर्तीजन्य पदार्थ तथा लागूपदार्थको दुव्र्यसन हाम्रो समाजका लागि गम्भीर चुनौती बनेको छ। यसले किशोर–किशोरीदेखि बृद्धबृद्धा सम्मको स्वास्थ्यमा असर पारेको छ। हामीले तिलोत्तमा नगरमा गुट्खा, सुर्ती, पान पराग जस्ता पदार्थको बिक्री वितरणमा रोक लगाएका छौं।
‘स्वस्थ नगर’ निर्माणका लागि हामी प्रतिबद्ध छौं। नगरमा सरसफाइ अभियान, सुरक्षित खानेपानीको पहुँच र वातावरणीय स्वच्छता हाम्रो प्राथमिकता हो नगर प्रमुख खाँणले भन्नु भयो ।उहाले नगरले प्रत्येक १५ दिनमा नगर सरसफाइ कार्य नियमित भइरहेको बताउदै तिलोत्तमा “गुट्खा, पान पराग, सुर्ती लगायतका अखाद्य जन्य नशालु वस्तुहरूले हाम्रो नगरका युवामा स्वास्थ्य समस्या र दुर्व्यसनको खतरा बढाइरहेको बिक्री वितरणमा प्रतिबन्ध लगाएको वताउनु भयो ।
यो नीति सफल बनाउन हामी सबैको सहयोग आवश्यक छ — पसल सञ्चालक, उपभोक्ता, प्रहरी, अभिभावक र समुदाय सबैले ध्यान दिनुपर्छ। नगरले यसका लागि नियमित अनुगमन टोली गठन गर्नेछ, साथै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने खाँणले बताउनु भयो । उहाले भन्नु भयो‘स्वस्थ तिलोत्तमा, नशा मुक्त समाज’ निर्माणमा हामीले कडाइ गर्दै आएको बताउनु भयों।” प्रमुख खाणले हामी सबै मिलेर स्वस्थ र समृद्ध तिलोत्तमा बनाउन अघि बढ्नुपर्ने वताउनु भयो।”
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले “लागुपदार्थ तथा सुर्तीजन्य पदार्थ नियन्त्रणमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । सुर्तीजन्य पदार्थलाई रोक्न धारणमा परिवर्तन आबश्यक रहेको बताउदै अनुगमन, गैरकानुनी रुपमा बिक्री वितरण नियन्त्रण, सरोकारवाला निकायसँग समन्वय र सचेतनामूलक अभियानमा सक्रिय सहभागिता रहेको बताउनु भयो ।विद्यालय, सार्वजनिक स्थल र किशोर लक्षित क्षेत्र वरपर लागूपदार्थको बिक्रीमा निगरानी कडाई गरिने बताउनु भयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीले नेपालको सुर्तिसेवन तथा लागुपदार्थ दुर्व्यसनको अवस्था, मृत्युदर र रोकथामका उपायहरूबारे जानकारी गराउनु भयो।अधिकारीले भन्नु भयो ,नेपालमा “प्रतेक घण्टा करिब ३ जनाको मृत्यु सुर्तीजन्य पदार्थ सेवनका कारण भइरहेको र वार्षिक २७,१३६ जनाको मृत्यु यसैका कारण हुने गरेको तथ्यांकले रहेको बताउनु भयो।” उहाले नेपालमा अहिले ७१ प्रतिशत मानिस नसर्ने रोगबाट मृत्यु हुने गरेको बताउनु भयो ।
उहाले तिलोत्तमा नगरपालिकाले नसर्ने रोग तथा सुर्तीजन्य पदार्थ रोकथामको लागी बिषेश पहल गरेको बताउनु भयो । यसको रोकथामको लागी सबैभन्दा बढी जनचेतना भएकोले वडाले टोल टोलबाट सबैलाई जागरुप बनाउन लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देवी चौधरी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर भरत जिसीसहित स्थानीय सरकार, सुरक्षा निकाय, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन अधिकृत खिमलाल पाण्डेले सञ्चालन गर्नु भएको थियो ।
यस्तै स्वास्थ्य कार्यालयले तिलोत्तमा तथा बुटबलका विद्यार्थीहरुलाई सुर्तिसेवन तथा लागुपदार्थ दुव्र्यसन नियन्त्रणका बारेमा अभिमुखीकरण गरिएको छ ।
स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारी,रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर भरत जिसी स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन अधिकृत खिमलाल पाण्डे लगायतले विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नु भएको थियो ।
प्रतिकया दिनुहोस्