लुम्बिनीमा स्वास्थ्य समस्या समाधान समिति बैठक सेवा सुधारमा जोड

स्वास्थ्यसमाचार /स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश अन्तर्गत गठन गरिएको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ।

समितिका अध्यक्ष तथा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कविन्द्र नेपाल, योजना आयोगका सचिव खिम बहादुर कुँवर,रहेका छन ।

त्यस्तै आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रतिनिधि माधव तिमिल्सिना, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरी, आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजेन्द्र गिरी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेश कुमार गुप्ता, स्वास्थ्य तालिम केन्द्रका भुवन कुँवर लगायतको सहभागिता रहेको थियो।

बैठकमा वोल्दै स्वास्थ्य मन्त्री सारुले “ प्रदेशमा स्वास्थ्य सेवा पहुँच वृद्धि गर्न पूर्वाधार, जनशक्ति, औषधि र सेवा गुणस्तरलाई एकसाथ अगाडि बढाउने रणनीतिमा रहेको बताए ।

उनले मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति स्थायी संवादको माध्यम बनेर प्रदेशका स्वास्थ्य निकायहरूबीच समन्वय, समस्या पहिचान र समाधानको मुख्य आधार बन्ने समेत बताए। मन्त्री सारुले सम्बन्धित निकायले योजनाबद्ध रूपमा काम गर्ने हो भने आम नागरिकले अनुभूति हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार सम्भव रहेको बताउदै सबै लाग्न आग्रह समेत गरे ।

बैठकमा स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश, प्रदेश पूर्वाधार विकास प्राधिकरण, शहरी विकास तथा भवन कार्यालय लगायतका निकायहरूको कार्य प्रगति, विद्यमान समस्या तथा समाधानका उपायहरूबारे विस्तृत प्रस्तुति गरिएको थियो। बैठकले मन्त्रालयगत योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायबीच समन्वय मजबुत बनाउने र समयमै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित शिर्षक :