नेपालमा ४३ सय महिला प्रशव फिस्टुला पीडित, वार्षिक ४ सय थप नयाँ

‘प्रशव फिस्टुला’ न्यूनीकरणका लागि रुपन्देहीमा जिल्ला स्तरीय समन्वय बैठक

‘प्रशव फिस्टुला’ न्यूनीकरणका लागि रुपन्देहीमा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीको समन्वय तथा आईएनएफ सुर्खेतको आयोजनामा समन्वय बैठक सम्पन्न भएको हो ।

छलफलमा बढ्दो फिस्टुलाका केसहरूलाई समयमै पहिचान, उपचार तथा जनचेतनासँगै अन्त्य गर्न बहुक्षेत्रीय समन्वयको आवश्यकता औंल्याएको थियो । बच्चा जन्माउने क्रममा शिशुको टाउको जन्म नदिई पेल्भिसमा अड्किएर धेरै घण्टासम्म थुनिएपछि महिलाले झेल्नुपर्ने एक गम्भीर स्वास्थ्य समस्या ‘प्रशव फिस्टुला’ हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीको अध्यक्षता जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्य तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा आईएनएफका कार्यक्रम संयोजक कान्त प्रसाद सुबेदीले ‘प्रशव फिस्टुला’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दे फिस्टुलालाई गम्भीर तर रोक्न सकिने प्रसूति–सम्बन्धी समस्या भएको बताउनु भयो । उहाले लामो समयसम्म शिशु जन्माउने प्रयास असफल हुँदा योनिमार्ग र मूत्रथैली वा गुदामार्गबीच छिद्र fistula) बन्न पुग्छ जसले महिलालाई अनियन्त्रित पिसाब÷दिसा बग्ने समस्या निम्त्याउँने भएको बताउनु भयो।

उहाले हाल नेपालमा करिब ४,३००सय जना महिलामा फिस्टुलाको समस्या देखिएको अनुमान गरिएको वताउनु भयो । सुबेदीले हरेक वर्ष २ सयदेखी ४ नयाँ बिरामी थपिँदै गएको समेत बताउनु भयो ।

उहाले विशेष गरी गरिब, अशिक्षित, दुर्गममा बसोबास गर्ने महिला यसबाट बढी प्रभावित रहेको समेत बताउनु भयो । उहाले नेपाल सरकारले सन् २०२४ देखि २०३० भित्र देशलाई फिस्टुला मुक्त बनाउने लक्ष्य लिएको उल्लेख गर्दै स्थानिय प्रदेश सबै तहमा सहकार्य आवश्यक रहेको समेत बताउनु भयो ।

उहाले कर्णलि प्रदेशमा रहेको फिस्टुला उपचार केन्द्रले तिन प्रदेशमा काम गरिहेको बताउदै यस बर्ष रुपन्देही र नवलपरासीमा यो कार्यक्रम रहेको बताउनु भयो । उपचार केन्द्रले फिस्टुलाको पहिचान, उपचार र पुनस्र्थापना कार्यलाई तीव्रता दिएको समेत बताउनु भयो ।

आयोजक संस्था टिईसिएच (TECH) का प्रमुख ललित बहादुर शारुले प्रशव “फिस्टुला कुनै व्यक्तिगत कमजोरी होइन, यो संरचनागत असमानता, पहुँचको अभाव र महिला स्वास्थ्यप्रति उपेक्षाको परिणाम भएको बताउनु भयो यस विषयमा खुला रूपमा कुरा गर्न जरुरी छ, ताकि पीडित महिलाले समयमै उपचार पाउन सकून्।“ शारुले लामो समयदेखि आईएनएफले फिस्टुला पीडित महिलाहरूको पहिचान, रेफरल, उपचार तथा पुनस्र्थापनामा कार्य गर्दै आएको वताउनु भयो ।

उहाले स्थानिय तह, स्वास्थ्य संस्था र संघसंस्थाबीच समन्वय बढाउनु पर्ने,जनप्रतिनिधिले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने फिस्टुला अन्त्यका लागि जनचेतना, तालिम, र निःशुल्क उपचार सुनिश्चित गर्नु आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले प्रशव फिस्टुला जस्तो गम्भीर विषयमा जिल्लास्तरीय समन्वय बैठक हुनु आफैंमा महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो। प्रशव फिस्टुला बिरामी महिलाहरूले सामाजिक बहिष्कार, आत्मग्लानि र मानसिक पीडा भोग्नुपरेको अबस्थामा आईएनएफले रुपन्देही र नवलपरासीका यो कार्यक्रम लागु गरेर काम गर्नु यक्षक्षेत्रको लागी महत्पुर्ण कार्य भएको बताउनु भयो ।

उहाले“मातृत्वलाई सुरक्षित बनाउन स्वास्थ्य संस्थासम्मको पहुँच, जनचेतना र समयमै उपचार प्रणालीलाई अझ प्रभावकारी बनाउनु आवश्यक रहेको बताउनु भयो ।चपाईले प्रशव फिस्टुला बिरामी महिलाहरूले सामाजिक बहिष्कार, आत्मग्लानि र मानसिक पीडा भोग्नुपरेको वास्तविकता औंल्याउँदै यसलाई केवल स्वास्थ्य समस्या होइन, सामाजिक न्यायको सवालका रूपमा पनि हेर्नु पर्ने धारणा व्यक्त गर्नुभयो।

चपाईले दिगो समाधानका लागि शिक्षा, महिला सशक्तीकरण र गरिबी न्यूनीकरणसँग फिस्टुला न्यूनीकरण जोडिनु पर्ने समेत बताउनु भयो ।उहाँले जिल्लास्तरमा भइरहेका प्रयासहरूलाई समन्वय गरेर अगाडि बढ्न जिल्ला समन्वय समितिको पूर्ण प्रतिबद्धता रहेको स्पष्ट पार्नुभयो।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले “रुपन्देही जिल्लामा प्रसव सेवाको पहुँच त विस्तार हुँदै गएको छ, तर अझै पनि केही क्षेत्रहरूमा ढिलो सुत्केरी हुने, समयमै रेफरल नपुग्ने, र घरमै जन्म दिने प्रवृत्तिका कारण जटिलताहरू रहेको बताउनु भयो उहाले यही कमजोरीको परिणाम महिलामा प्रशव फिस्टुलाको अबस्था देखिने गरेको बताउनु भयोे“।

“प्रदेशमा मातृ मृत्युदर अझै चिताजनक छ। यसको एक भाग कारण प्रसवका जटिलताहरू छन्। फिस्टुला भनेको त्यसको दीर्घकालीन पीडा हो, जसलाई हामीले सामूहिक प्रयासबाट अन्त्य गर्नुपर्छ।“ ज्ञावालीले भन्नु भयो“प्रदेशमा मातृ मृत्युदर अझै चिताजनक छ।

यसको एक भाग कारण प्रसवका जटिलताहरू छन्। फिस्टुला भनेको त्यसको दीर्घकालीन पीडा हो, जसलाई हामीले सामूहिक प्रयासबाट अन्त्य गर्नुपर्छ।“ स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार र विकास साझेदारहरूसँग स्थानिय तह सबैको सहकार्यबाट यसलाई अन्त्य गर्न सकिने बताउनु भयो ।लुम्बिनी प्रादेशिक अस्पतालकी मेट्रोन नेहा थापाले लुम्बिनी प्रादेशिक अस्पतालबाट यस बर्ष २ जनालाई उपचारको लागी रिफर गरेको बताउनु भयो।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका प्रमुख माधब बन्जाडे, लुम्बिनी प्रादेशिक अस्पतालकी मेट्रोन नेहा थापा, तिलोत्तमा नगरपालिका स्वास्थ्यशाखा प्रमुख ज्ञान प्रसाद अर्याल स्वास्थ्य शाखाका अधिकृत राम प्रसाद ढकाल लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यलय रुपन्देहीका ल्याव टेक्निसियन अधिकृत खिमलाल पाण्डेले सञ्चालन गर्नु भएको थियो ।

प्रशव फिस्टुला के हो? कसरी हुन्छ?

प्रशव फिस्टुला (Obstetric Fistula) भनेको महिलाको मूत्रथैली (दबिममभच) र पिसाब नली (urethra) वा गुदा (rectum) बीच असामान्य र आँउदोहुँदो सुरुङ (छिद्र) बन्ने अवस्था हो। यसको कारणले महिलालाई पिसाब वा दिसा नियन्त्रण गर्न गाह्रो हुन्छ, जसले गर्दा उनीहरू सधैं पिसाब वा दिसा बगिरहेको जस्तो समस्यामा पर्छन्।

यो अवस्था कसरी हुन्छ?

लामो समयसम्मको अपरिकरित प्रसव (Prolonged Obstructed Labor ):बच्चा जन्माउने क्रममा शिशुको टाउको जन्म नदिई पेल्भिसमा अड्किएर धेरै घण्टासम्म थुनिनु नै प्रमुख कारण हो।यस अवस्थामा बच्चाको टाउकोले पिसाबको थैली र योनिभित्ताबीचको भागलाई लगातार च्यापिराख्छ। रक्तसञ्चार बन्द भएपछि त्यहाँको तन्तु मर्छ (tissue death) र पछि त्यो भाग परेर फिस्टुला (छिद्र) बन्न पुग्छ।
सर्जिकल गल्तीः कहिलेकाहीं बच्चा जन्माउने शल्यक्रिया (C–section) वा बच्चादानीको अपरेसन गर्दा लापरबाहीमा पनि फिस्टुला हुन सक्छ।
बलात्कार वा यौन हिंसाःविशेष गरी बालिकामाथि भएको हिंसामा यो खालको चोट लाग्न सक्छ।
क्यान्सर वा उपचारका असरःपेल्भिक क्षेत्रको क्यान्सर वा त्यसको उपचार (radiotherapy) का कारण पनि फिस्टुला हुन सक्छ।

फिस्टुला भएका महिलाहरूले के–के समस्याहरू झेल्नुपर्छ?
-निरन्तर पिसाब बगिरहने (Prolonged Obstructed Labor)
-गन्ध आउने

-बच्चा जन्माउने स्वास्थ्य जोखिम
-छालामा घाउ हुने
-सामाजिक बहिष्कार (लाज, अपमान, सम्बन्ध विच्छेद)
-मानसिक तनाव र आत्मग्लानि

फिस्टुला उपचार सम्भव छ?

हो, शल्यक्रियामार्फत (सर्जरी) उपचार सम्भव छ। तर त्यसका लागि विशेष तालिम प्राप्त डाक्टर र समयमै पहिचान आवश्यक पर्छ। साथै, रोकथाम अझ प्रभावकारी हो।

रोकथाम कसरी गर्ने?
-सुरक्षित मातृत्व सेवा पहुँच
-स्वास्थ्य संस्था वा दक्ष स्वास्थ्यकर्मीमार्फत सुत्केरी गराउने
-लामो समयको प्रसव भए तुरुन्त रेफर गर्ने
-बालविवाह रोक्ने र किशोरी स्वास्थ्यमा ध्यान दिने
-यौन हिंसाबाट बच्ने वातावरण बनाउने

 

सम्बन्धित शिर्षक :