स्वास्थ्यसमाचार / लुम्बिनीमा स्वास्थ्य सेवा अब पहुँचको सवाल मात्र रहेन, प्रभावको प्रमाण पनि बन्न थालेको छ। प्रदेशले पछिल्ला केही वर्षयता जनस्वास्थ्य सेवामा गरेको लगानी र ध्यानले नयाँ मोड लिएको छ।
आर्थिक वर्ष २०८१/ ८२ मा प्रदेश सरकारद्वारा भएका कार्यक्रम, सेवा विस्तार, भौतिक पूर्वाधार र नीतिगत सुधारहरू हेर्दा यो भनाइ पुष्टि हुन्छ – स्वास्थ्य अब प्राथमिकतामा परेको मुख्यमन्त्री चेतानारायण आर्चायले बताउनु भयो ।उहाले “लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिँदै सर्वसाधारणको पहुँचमा गुणस्तरीय सेवा पुर्याउने लक्ष्य लिएको छ।
संस्थागत प्रसूति, पूर्ण खोप, जटिल रोगको उपचार, किशोरी पोषणदेखि लिएर अत्याधुनिक अस्पताल निर्माणसम्मका कार्यक्रमले जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइरहे का छन्। अब सेवा खोज्न धेरै टाढा जानुपर्ने अवस्था हट्दैछ, सेवा घरदैलोमै पुगेको छ आर्चायले भन्नु भयो ।”
जटिल रोगी र जेष्ठ नागरिकलाई घरदैलोमै सेवा
३ हजार ८५१ जना जटिल रोगीलाई आर्थिक सहयोग दिएको तथ्याङ्क रहेको छ। त्यत्तिमात्र होइन, ८० वर्षभन्दा माथिका ३९ हजारभन्दा बढी जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा पु¥याउनु एक प्रकारको सामाजिक न्याय भएको देखिएको छ ।
किशोरीको स्वास्थ्यप्रति संवेदनशीलता
५२ हजारभन्दा बढी किशोरीको रक्त परीक्षण गरिएकोमा ४१% मा रक्तअल्पता देखिनु प्रदेशको लागी लागि चुनौती हो भने, त्यसको उपचारसहित पुनर्जागरण कार्यक्रम सञ्चालन गर्नु समाधानतर्फको साहसिक कदम हो। किशोरीहरूको पोषण सुधारमा यस्तो हस्तक्षेप दीर्घकालीन परिवर्तनको बाटो हो।
आधारभूत पूर्वाधारमा ठूला फड्को
प्रदेशले ७ ठूला स्वास्थ्य संरचनाको निर्माण सम्पन्न गरिसकेको छ भने अन्य ७ अन्तिम चरणमा छन्। भीम अस्पताल, पृथ्वीचन्द्र अस्पताल, राप्ती प्रादेशिक अस्पताल, कपिलवस्तु आयुर्वेद अस्पताल जस्ता संस्थाहरूमा भवन निर्माण, तला थप तथा आवास भवनहरू निर्माण हुनु स्वास्थ्यकर्मी र सेवाग्राही दुबैका लागि उपलब्धि हो।
१२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल
लुम्बिनी प्रदेशको सबैभन्दा बढी जनघनत्व भएको बुटवलमा, १२ तले र १,२०० शैयाको सुविधासम्पन्न लुम्बिनी प्रादेशिक अस्पताल निर्माण कार्य ६ अर्ब १८ करोड लागतमा शुरु भएको छ। २०८५ साल पुससम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो अस्पतालको भौतिक प्रगति एक वर्षमै २७ प्रतिशत पुगेको छ।
यो अस्पतालले न केवल अत्याधुनिक सेवा सुलभ मूल्यमा दिनेछ, बरु बुटवल–भैरहवा क्षेत्रलाई आर्थिक हव बनाउने प्रदेश सरकारको दीर्घकालीन रणनीति पनि हो। यो नेपालकै सरकारी अस्पतालमध्ये उत्कृष्ठ भौतिक पूर्वाधार बन्ने अपेक्षा गरिएको छ।
गाउँगाउँमा ल्याब सेवा र रोभिङ नर्स
गाउँका गर्भवती महिला र बालबालिकाका लागि ‘ल्याब सेवा’ अब गाउँमै भेटिन थालेको छ। रगत, ब्लड ग्रुप, एक्स–रेजस्ता सेवा टोलमै पुगेका छन्। १३ स्थानीय तहमा रोभिङ नर्सले पोषण, मानसिक स्वास्थ्य र परामर्श सेवा घरमै दिन थालेका छन्।
मानसिक स्वास्थ्य रणनीति र मृगौला सेवा विस्तार
‘लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति (२०८१/२०८६)’ लागू गरेर प्रदेशले मानसिक स्वास्थ्यलाई पहिलोपटक मुख्यधारामा ल्याएको छ। यसका साथै ८ जिल्लामा मृगौला डाइलाईसिस सेवा सुरु भइसकेको छ भने कपिलवस्तु र अर्घाखाँचीमा थप विस्तारको तयारी छ।
डिजिटल ट्र्याकिङ र विशेषज्ञ सेवा विस्तार
सवारीसाधनमा GPS ट्र्याकिङले पारदर्शिता र जवाफदेहिताको सन्देश दिएको छ।
स्वास्थ्य क्षेत्रको सेवा प्रवाह र प्रगति :- यस क्षेत्रका मुख्य कार्य र उपलब्धीहरु निम्नानुसार छन :-
लुम्बिनी प्रादेशिक अस्पताल
-लुम्बिनी प्रदेशको उच्च घनावस्ती रहेको र सबैभन्दा बढी सेवाग्राही आउने बुटवलमा सुविधासम्पन्न १२ तले 1200 शैया रहने यो अस्पतालको भवन 6 अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी यस वर्ष शिलान्यास भई कार्यारम्भ भएकोमा भौतिक प्रगति एक वर्ष भित्रको अवधिमा २७ प्रतिशत हुनु उत्साहजनक रहेको छ।
नेपालका समग्र सरकारी अस्पताल मध्ये उत्कृष्ठ भौतिक पुर्वाधार सहितको अत्याधुनिक सेवाहरु सुलभ मुल्यमा उपलब्ध गराउने लक्ष्य प्रदेश सरकारको रहेको छ। साथै बुटवल भैरहवा क्षेत्रलाई समग्र आर्थिक हवको रुपमा विकास गर्ने लक्ष्यलाई समेत यो परियोजनाले टेवा पुर्याउने नै छ।
-3 हजार 8 सय 51 जना जटिल रोग लागेका विरामीलाई आर्थिक सहायता उपलब्ध गराइएको,
-39 हजार 1 सय 75जना जेष्ठ नागरिकलाई (८० वर्ष माथी) घरमै गएर स्वास्थ्य सेवा प्रदान गरिएको,
-52 हजार 4 सय 65 जना सामुदायिक विद्यालयका किशोरीहरुको रक्त परीक्षण बाट ४१% किशोरीमा रक्तअल्पता देखिएको र आइरन तथा फोलिक एसिड कार्यक्रमलाई पुनर्जागरण गरी आवश्यक औषधी उपचार गरिएको,
-75 हजार 6 सय 35 जना बालबालिकालाई पूर्ण खोप उपलब्ध गराइएको,
-69 हजार 2 सय 43 जना गर्भवती महिलालाई संस्थागत प्रसूति सेवा उपलब्ध गराइएको,
-२६ वटा स्थानीय तहलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा तथा निरन्तरता दिइएको,
-प्रदेश सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरुको भौतिक पुर्वाधार निर्माणमा महत्व दिदै यस वर्ष निम्नानुसार उपलब्धीहरु हासिल भएको छ।
भीम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल परासी, रुकुम पुर्व अस्पताल, आयुर्वेद अस्पताल कपिलवस्तु, प्रहरी अस्पताल नेपालगंज, अर्घाखाँची अस्पताल परिसरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवास भवन, लुम्विनी आयुर्वेद चिकित्सालय भवन गरी ७ वटा भवन निर्माण भएको,
-प्रादेशिक सरुवा रोग अस्पताल शिवराज कपिलवस्तु, क्षयरोग उपचारकेन्द्र बाँके, प्रादेशिक आयुर्वेद चिकित्सालयको फार्मेसी भवन, राप्ती प्रादेशिक अस्पतालको तला थप, प्युठान अस्पताल र स्वास्थ्य कार्यालय, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र गरी ७ वटा भवनको निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको छ।
-प्रदेश राजधानीमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन ५० शैयाको अस्पतालको संरचना स्वीकृत गरी प्रादेशिक भालुवाङ अस्पताल सञ्चालनमा ल्याइएको,
-राप्ती प्रादेशिक अस्पतालमा बेड संख्या थप गरि २०० शैयाको बनाउन र थप विशेषज्ञ सेवा सहित संचालन गर्न आवश्यक प्रकृया अन्तिम चरणमा पुर्याइएको,
-जटिल रोग (क्यान्सर, मुटुको भल्भ फेर्न र मृगौला प्रत्यारोपण) जस्ता विरामीलाई जिल्ला वाट नै विशेष आर्थिक सुविधाको सिफारिश गर्ने व्यवस्था गरिएको,
-लुम्बिनी प्रदेश मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना, २०८१-२०८६ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको,
८ जिल्लामा मृगौला डाइलाईसिस सेवा सुरुवात गरिएको। थप २ जिल्ला कपिलवस्तु र अर्घाखाँचीमा चालु आ.व. मा सञ्चालन गर्ने पूर्ण तयारी भएको,
-त्रिवर्षीय “महिला बालाबालिका तथा किशोरीहरुको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम सञ्चालन कार्यबिधि, २०८१” तयार गरिएको,
रक्त परीक्षण, एक्स-रे तथा भिडियो एक्स-रे जस्ता सेवाको शुल्कमा सबै प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा एकरुपता कायम गरिएको,
नर्सिंङ कर्मचारीलाई ग्रामीण अल्ट्रासाउण्ड तालिम प्रदान गरी 16 थान मेसिन समेत वितरण (ग्रामिण क्षेत्रका गर्भवती महिलाहरुको जटिलता पत्ता लाग्ने) गरिएको,
-पूर्ण खोप सुनिश्चितता निर्देशिका, २०७१ ले निर्दिष्ट गरे अनुसार लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको,
१३ वटा स्थानीय तहमा रोभिङ्ग नर्स नियुक्त (घर घर मै गई पोषण, मानसिक स्वास्थ्य लगायतका स्वास्थ्य सम्वन्धी सेवा तथा परामर्श उपलब्ध गराइएको),
-Family Health Profile तिन जिल्लामा शुरुवात गरिएको,
स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरुमा रहेका सरकारी सवारी साधनहरुमा GPS जडान गरी सवारी साधनको Tracking गर्न सुरुवात गरिएको।
प्रतिकया दिनुहोस्