रुपन्देहीमा रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान कार्यक्रम, २५७ युनिट रगत संकलन

स्वास्थ्यसमाचारडटकम । बुटवल । रुपन्देहीका विभिन्न पालिकामा रुद्रगढ धार्मिक संस्थाको आयोजनामा सञ्चालन गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न पाँच स्थानमा आयोजित कार्यक्रमबाट २५७ युनिट रगत संकलन गरिएको छ। संस्थाले बुटवलस्थित बुटवल रेडक्रस, तिलोत्तमाको शंकरनगरस्थित पीडी बेकरी, भैरहवास्थित ग्लास गो थकाली रेस्टुरेन्ट एन्ड क्याफे, लुम्बिनीस्थित होटल पीसल्याण्ड तथा शुद्धोधन गाउँपालिकास्थित शियाभार मन्दिरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमबाट संकलित रगतले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रक्तदान जीवनरक्षासँग जोडिएको महत्वपूर्ण मानवीय सेवा भएकाले यस्ता कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ। रुद्रगढ धार्मिक संस्थाले…

लुम्बिनी प्रदेशमा मातृ स्वास्थ्य सेवाका तालिम लिएका २५ प्रतिशत जनशक्ति सेवा बाहिर

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा मातृ तथा नवजात स्वास्थ्य सेवा प्रवाहका लागि एम.ए. (औषधिबाट सुरक्षित गर्भपतन), ओ.टी.टी.एम. (अपरेशन थिएटर प्रविधि), र एस.बी.ए. (दक्ष प्रसूति सेवा प्रदायक) तालिम प्राप्त २५ प्रतिशतभन्दा बढी जनशक्ति सेवा क्षेत्रमा संलग्न नभएको पाइएको छ। स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी प्रदेशले २०८० साल अगावका पाँच वर्षमा प्रदेशभर सञ्चालन गरेका ती तीनवटा तालिममा सहभागी ३४१ जनामध्ये ८७ जना (२५%) ले हाल मातृ स्वास्थ्य सेवा नदिइरहेको तथ्य पत्ता लागेको हो। स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य अधिकृत शितल भण्डारीले आफुहरुले गरेको अध्यन अनुसार स्वास्थ्यकर्मीहरु तालिम लिए अनुसारको क्षेत्रमा काम गर्न नपाएको, तालिम लिए…