पोषण सुधार : ओमसतियामा ६ सय सुत्केरीलाई पोषण झोला वितरण

“पोषणको कमीले हाम्रो भविष्यको पिँढी कमजोर हुन्छ, त्यसैले यो अभियान सुरु गरेको हो” :उपाध्यक्ष चौधरी

स्वास्थ्यसमाचार/ शरीर थाकेको थियो, पेट चाहिँ सधैं अधुरो। सुत्केरी हुँदा घरको थालमा खाना थोरै, कामचाहिँ दोब्बर। तर यसपालि केही फरक भयो — ओमसतिया गाउँपालिकाले सितललाई एउटा पोषण झोला थमायो।

त्यो झोला केवल घिउ, च्यवनप्राश, झुल र सानो झोला थिएन, त्यो सुत्केरी महिलाका लागि स्वास्थ्यप्रति देखाइएको प्रेम, आश्वासन र अधिकारको संकेत थियो।हो अहिले रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका अहिले ५९९ जना सुत्केरी महिलामा पोषण झोला वितरण गरेर समाजमा एक सन्देश दिइरहेको छ “पोषण अधिकार हो, अवसर होइन।”

रुपन्देहीको ओमसतिया गाउँपालिकाले पोषण सुधारका लागी सुत्केरी महिलाहरुलाई पोषण झोला वितरण गरेको छ । पालिकाका ६ वटा वडाका ५९९ जना सुत्केरी तथा गर्भवती भएका दिदी बहिनीहरूलाई पोषण झोला बितरण गरिएको हो ।

पालिकामा उपाध्यक्ष पोषण कार्यक्रम अन्तरगत वडा नं १मा ४३ वडा नं २मा ८३ वडा नं ३मा १०४ वडा नं ४मा १६३ वडा नं ५मा १११ र वडा नं ६मा ९९ सुत्केरीलाई पोषण झोल बितरण गरिएको ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीले बताउनु भयो ।

उहाँले हाम्रो पालिकामा मात्र नभएर तराईमा यो पोषणको कमी रहेको छ प्रदेश सरकारले पनि पोषणलाई प्राथमिकता दिएको र ओमसतिया गाउँपालिकाले पनि पोषण सुधारको लागी यो कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।उहाँले बिगतका बर्षमापनि यो कार्यक्रम सञ्चालन भएको बताउनु भयो ।

ओमसतिया गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद पन्थीले पालिकामा जन्मने बच्चाको पोषण सुधारका लागी पालिकाले १० लाख बजेट बिनियोजन गरेको र सुत्केरीहरू लाई पोषण झोला बितरण गरिएको बताउनु भयो । उहाँले पोषण सुधारका लागी पालिकाले बिभिन्न काम गरिहेको बताउनुभयो ।

ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुनिता चौधरी भन्नुहुन्छ “हाम्रो गाउँपालिकामा अझै पनि बालबालिका, गर्भवती महिला र सुत्केरी आमा पोषणको अभावमा छन्। पोषणको कमीले हाम्रो भविष्यको पिँढी कमजोर हुन्छ, त्यसैलाई मध्यनजर गरेर पालिकाले उपाध्यक्ष पोषण कार्यक्रम अन्तरगत घिउ, च्यवनप्राश, झुल र झोला वितरण गरिएको बताउनु भयो ।

उहाँले “स्थानीय उत्पादनमा आधारित पोषणयुक्त आहारको प्रोत्साहन, पोषण शिक्षा, र नियमित स्वास्थ्य परीक्षण गाउँपालिकाको प्राथमिकतामा रहेको र त्यही अनुसार काम गरिरहेको बताउनु भयो।

“बिगतका बर्षहरुमा पनि यो कार्यक्रम सञ्चालन भएको र अबपनि निरन्तता दिने उपाध्यक्ष चौधरीले बताउनु भयो । पोषणमा घिउ, च्यवनप्राश, झुल र झोला रहेको चौधरीको भनाई छ । उहाँले गाउँपालिकाका महिलाहरुलाई स्वास्थ्य संस्थामै प्रसुति गराउने, गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुमा हुने कुपोषणको दर घटाउन तथा बाल मृत्युदर एवम मातृ मृत्युदर घटाउने लक्ष्य सहित पालिकाले बिभिन्न स्वास्थ्यका कार्यहरु गरिहेको बताउनु भयो ।

उपाध्यक्ष चौधरीले यस संगै यसले दिगो विकासका लक्ष्यहरूलाई पनि पालिकामा लागु हुन सहयोग पु¥याउने अपेक्षा गरेकोे वताउनु भयो । गाउँपालिकामा सरदर बार्षिक ६ सय शिशुहरू जन्मिने गरेको तथ्यांक रहेको छ । यस बर्ष पालिकाले ५ सय ९९ जनालाई ९९ सुत्केरीलाई पोषण झोला बितरण गरेको छ ।

लुम्बिनी प्रदेशको २०२२को तत्याक अनुसार प्रदेशमा ५ वर्षमुनिका २५.२% बालबालिका कुपोषित छन्। जसमध्ये १४.८% बालबालिका कम तौलका ८.१% बालबालिकामा वेस्टिङ देखिएको छ। र १५/४९ वर्षका महिलामध्ये ४१% मा एनिमिया (रक्तअल्पता) रहेको देखिन्छ। खाद्य असुरक्षा, पोषण ज्ञानको अभाव, र सुत्केरी स्याहारको कमजोरी मुख्य कारणका रूपमा रहेको देखिन्नन् ।

रुपन्देही र लुम्बिनी प्रदेशमा पोषण सुधारका लागि कार्यक्रम र प्रयास भए पनि ती अझ सशक्त, लक्षित, र समावेशी हुन नसकेको बताईएको छ कारण गरीब, सिमान्तकृत, तथा किशोरी र महिलालाई केन्द्रमा राखेर पोषण सुधार कार्यक्रमलाई पुनःसंरचना गर्नुपर्ने गरेमात्र पोषण लाई सुर्धान सकिने पोषण विज्ञहरुको भनाई छ ।