स्वास्थ्य मन्त्रालय लुम्बिनीको एक वर्षे कार्य र उपलब्धि सार्वजनिक

यस्ता रहेका छन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका २५ बुँदे प्रमुख उपलब्धि 

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले एक वर्षमा सम्पादित गरेका कार्य तथा मुख्य उपलब्धिहरू आइतवार सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आज स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहणपछि प्रदेशको समग्र स्वास्थ्य क्षेत्रको सुशासन, जवाफदेहिता, पारदर्शिता, गुणस्तरिय सेवा प्रवाहमा ध्यान दिएको जनाएको छ ।

बार्षिक नीति तथा कार्यक्रम, घोषणापत्र एवं कार्यक्रमले परिलक्षित गरेअनुरुप २०८१–८२ मा स्वास्थ्य मन्त्रालयको ८६.५१ ५ वित्तिय प्रगति, १२०० शैयाको लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास भई हाल २७ प्रतिशत भौतिक प्रगति भएको प्रगतिमा उल्लेख छ ।

आर्थिक सुविधा अन्तर्गत क्यान्सर, मुटुको भल्व फेर्ने र मिर्गौला प्रत्यारोपण उपचारको सिफारिस भालुवाङको सट्टा जिल्लास्थित स्वास्थ्य कार्यालयमार्फत गर्ने व्यवस्थालार्इ मुख्य उपलब्धिको रूपमा लिइएको छ ।

पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना मन्त्रीपरिषदबाट पारित गरी कार्यान्वयन भइरहेको, ९ वटा विभिन्न नियमावली, निर्देशिका र कार्यविधि स्विकृति तथा परिमार्जन गरिएको स्वास्थ्यमन्त्री सारूले बताउनुभयो ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना र ३० स्थानीय तह पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा भएको, आर्थिक वर्षमा भएको मन्त्रीले बताउनुभयो । त्यस्तै, ३ हजार ८५१ बिरामीलाई विशेष आर्थिक सुविधा उपलब्ध गराएको उहाँको भनाइ छ ।

स्वास्थ्य मन्त्री दुर्गा लक्ष्मी श्रेष्ठको अध्यक्षता एवम् स्वास्थ्य मन्त्री खेमबहादुर सारूको प्रमुख आतिथ्य तथा  सञ्चालन अस्पताल नर्सिङ प्रशाशक ईश्वरी केसीले गर्नु भएको थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको २५ बुँदे प्रमुख उपलब्धि 

-स्वास्थ्य मन्त्रालयको वित्तीय प्रगति ८६.५१ प्रतिशत, प्रदेश सरकारका सबै मन्त्रालयमध्ये उत्कृष्ट।

-१२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास भई हालसम्म २७% भौतिक प्रगति।

-५ वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति मन्त्रिपरिषद्बाट पारित र कार्यान्वयन सुरु।

-९ वटा नियमावली, निर्देशिका र कार्यविधि स्वीकृति तथा परिमार्जन।

-क्यान्सर, मुटु भल्भ फेर्ने र मृगौला प्रत्यारोपण सिफारिस जिल्ला स्वास्थ्य कार्यालयमार्फत।

-१३ स्थानीय तहमा २६ रोभिङ नर्स खटाइ मानसिक स्वास्थ्य, पोषण र मातृमृत्यु न्यूनीकरण सेवा।

-प्रदेशका सबै अस्पतालमा ५४ प्रकारका सेवा तथा शुल्कमा एकरूपता र वडापत्र प्रकाशन।

-४१ वटा सवारीसाधनमा GPS ट्रयाकिङ प्रणाली लागू।

-लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट र डिजिटल भुक्तानी प्रणाली सुरु।

-स्तन स्वास्थ्य सेवा क्लिनिक, ९० शैयाको आन्तरिक रोग वार्ड र MRI सेवा सञ्चालन तयारी।

-रगत संकलन तथा भण्डारण केन्द्रको स्थापना।

-गुल्मी अस्पतालमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागू।

-सरकारी सूचना व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह सुरु।

-उपकरण व्यवस्थापन सूचना प्रणाली (EMIS) सञ्चालन।

-३,८५१ बिरामीलाई विशेष आर्थिक सुविधा प्रदान।

-१ लाख ४ हजारभन्दा बढी नागरिकको नसर्ने रोग स्क्रिनिङ।

-३९ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा।

-६९ हजारभन्दा बढी गर्भवती महिलाले संस्थागत प्रसूति सेवा प्राप्त।

-मन्त्रालय मातहतका २,०६४ कर्मचारी स्वास्थ्य बीमामा आबद्ध।

-९ जिल्लामा मृगौलाको डायलाइसिस सेवा विस्तार।

-५० शैयाको भालुवाङ अस्पतालमा कर्मचारी नियुक्ति र सेवा प्रारम्भ।

-४ स्वास्थ्य संस्था भवन निर्माण सम्पन्न, ७ निर्माणाधीन।

-रिक्त प्राविधिक दरबन्दीमा करार सेवामार्फत जनशक्ति भर्ना।

-१२ वटै जिल्लामा पूर्ण खोप सुनिश्चितता र ३० स्थानीय तहलाई संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा।

-पोषण सुधार, स्वर्ण बिन्दु प्राशन सेवा विस्तार, निःशुल्क स्वास्थ्य शिविर, १०२ एम्बुलेन्स सेवा र फेमिली हेल्थ प्रोफाइल कार्यक्रम सञ्चालन।

सम्बन्धित शिर्षक :