किशोरीमाथि दुर्व्यवहार, गौतमबुद्ध मुटु अस्पताल एक कर्मचारी पक्राउ

स्वास्थ्यसमाचार/ रुपन्देहीको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, रामनगरको एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-८ का ३१ वर्षीय सुवास गौतम रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका निमित्त प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार अस्पतालका कर्मचारी गौतमले अस्पतालमा एक्सरे गर्ने बेलामा १७ वर्षीय एक किशोरीलाई यौन दुर्व्यहार गरेको उजुरी प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो।

‘एक्सरे गरी सकेपछि किशोरीले कपडा लगाउने बेलामा गौतमले संवेदनशिल अंगमा छुनेजस्ता दुर्व्यवहार गरेका प्रारम्भिक अनुसन्धानमा पाइएको छ’,उनले भने,‘ घटनाका सम्बन्धमा उजुरी प्राप्त भएपछि गौतमलाई पक्राउ परेर अनुसन्धान अघि बढाएका छौं।’

उनले पक्राउ परेका गौतमविरुद्ध बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा म्याद थपको तयारी भइरहेको बताए ।

सम्बन्धित शिर्षक :