स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन्। मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिक देखि यो व्यवस्था लागू गर्न लागेको हो। एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै “विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ ९पहिलो संशोधन०” स्वीकृत गरेका थियो। संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो। सेवा निरन्तरताका लागि असोजभित्र बीमा अनिवार्य यो सुविधा कार्तिक १ गतेबाट स्वास्थ्य बीमा प्रणालीमार्फत…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
नसर्ने रोगको संक्रमण फैलनु चिन्ताको विषय : स्वास्थ्य मन्त्री सारु
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले नसर्ने तथा दीर्घ रोगीको संख्या थपिँदै गएको प्रति चिन्ता व्यक्त गरेका छन । लुम्बिनी प्रदेश सरकार प्रदेश निजामती सेवा दिवस मूल समारोह समिति–२०८२ ले प्रदेश निजामती सेवा दिवसको अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी) मा आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले क्यान्सर, मुटु तथा मृगौला रोगको संख्या अत्यधिक बढ्दै गएको उल्लेख गरे । साथै `मेरो स्वास्थ्य मेरो जिम्मेवारी´ भन्ने मूल मान्यतालाई सबैले अंगाल्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्न र क्यान्सर उपचारका लागि दुई लाख रुपैयाँ उपचार…
रुपन्देही सि.टि. स्क्यानमा ए.आई. प्रविधिसहित अत्याधुनिक सेवा सुरु
स्वास्थ्यसमाचार/बुटवलको अस्पताल लाईनमा रहेको रुपन्देही सि.टि. स्क्यानमा अत्याधुनिक ए.आई. प्रविधि सहितको सि.टि. स्क्यान सेवा सुरु गरिएको छ । रुपन्देही सि.टि. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.ले सञ्चालन गरेको सि.टि. स्क्यानमा ए.आई. प्रविधिको उच्च क्षमताको १६० सलाईसको सिटि स्क्यान मेसिन जडान गरिएको रुपन्देही सि.टि. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.का सञ्चालक दीपु केसीले जानकारी गराउनु भयो । यो ए.आई. प्रविधिको १६० सलाईसको सि.टि. स्क्यान मेसिन पश्चिम नेपालमै पहिलो हो । नेपालमा यो प्रविधिको सि.टि. स्क्यान एउटा झापा र अर्को विरगंञ्जमा थियाे । अब भने बुटवलमा पनि थपिएकाे छ । यसले उच्च गुणस्तरको इमेज निकाल्ने भएकाले…
रुपन्देहीमा जापानीज इन्सेफलाइटिसका ७ संक्रमित, १ जनाको मृत्यु
स्वास्थ्यसमाचार/ रुपन्देहीमा जापानीज इन्सेफलाइटिस (JE) रोगका संक्रमित बढ्दै गएका छन्। स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार यस वर्ष श्रावण महिनादेखि हालसम्म रुपन्देहीमा ७ जना संक्रमित फेला परेको र १ जनाको मृत्यु भएको जनाएको छ । स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख उमा थापाका अनुसार देवदह नगरपालिकामा १ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, सैनामैना नगरपालिकामा २ जना र सम्मरीमाई गाउँपालिकामा १ जना संक्रमित भेटिएको र तिलोत्तमा १ जनाको मृत्यु भएको जानकारी दिनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यो रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टे नियन्त्रण, सरसफाइ र खोप नै रोकथामका प्रमुख उपाय रहेको वताईएको…
रुपन्देही कुष्ठरोगीको जोखिममा,जिल्लामा १७० जना कुष्ठरोगी भेटिए
स्वास्थ्यसमाचार/ नेपाललाई २०६६ सालमा कुष्ठरोग निवारण देश घोषणा गरिएको १६ वर्ष बितिसक्दा पनि अझै पूर्ण निवारण हुन सकेको छैन। रुपन्देहीका स्वास्थ्य अधिकृतहरूले जनचेतनाको कमी र रोग लुकाउने प्रवृत्तिका कारण नेपालमा कुष्ठरोग निवारण हुन नसकेको बताएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीका अनुसार, २०८०/०८१ को अन्त्यतिर नेपालका १८ वटा जिल्ला अझै कुष्ठरोगमुक्त हुन बाँकी रहेको बताउनु भयो। रुपन्देही पनि यस सूचीमा पर्दछ। सरकारले कुष्ठरोगीलाई निःशुल्क औषधी उपलब्ध गराए पनि यहाँ कुष्ठरोग मुक्त हुन नसक्नु चिन्ताको विषय बनेको अधिकारीले बताउनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकअनुसार, जिल्लामा हाल १७० जना…
बुटवलकी क्यान्सर पीडित शान्ति दर्जीद्वारा सहयोगको लागि आग्रह
बुटवल, १७ भदौ । बुटवल १२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगले पीडित बनेकी छन् । बिगत ४ बर्षदेखि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराईहेकी शान्ति दर्जीले चरम आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको बताएकी छन् । क्यान्सरका कारण थलिएर असक्त अवस्थामा घरमा प्रायः बिस्तारमा सुतिरहने अवस्थामा पुगेकी उनलाई खान पिउन समेत समस्या भएको परिवारका सदस्यहरुले बताएका छन् ।धेरै बर्षअघि टाउकोको पछाडी बाँया पट्टी घाँटीमा पलाएको सानो ट्यूमरले शुरुमा केही दुःख नदिएको तर पछि बढ्दै गएर निकै ठुलो भएको र दुःख्न थालेपछि उपचारका लागि…
लुम्बिनीमा जापानी इन्सेफलाइटिसका ४० संक्रमित, ९ जनाको मृत्यु
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा जापानी इन्सेफलाइटिसका ४० जना बिरामी फेला परेका छन । भने ९ जनाको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ । स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन कुमार थापाका अनुसार यस बर्षको पहिलो केस असार १४ गते नवलपरासीमा भेटिएको र हाल सम्म प्रदेशका १० जिल्लामा संक्रमितको संख्या ४० पुगेको र ९ जनाको मृत्यु भएको बताउनु भयो । जिल्लागत अवस्था अहिलेसम्म लुम्बिनी प्रदेशका १० जिल्लामा जापानी इन्सेफलाइटिस देखिएको छ। जसअनुसार अर्घाखाँची: ३ संक्रमित, १ मृत्यु नवलपरासी पश्चिम: ३ संक्रमित, ३ मृत्यु रुपन्देही: ७ संक्रमित, १ मृत्यु कपिलवस्तु: ८ संक्रमित,…
क्षयरोग : अनुमान र सरकारी तथ्यांकबीच फरक, लुकेका बिरामी चुनौती
स्वास्थ्यसमाचार /नेपालमा क्षयरोगबाट गतवर्ष मात्रै १६ हजार बढीको मृत्यु भएको अनुमान छ । सोही वर्ष ६८ हजार नयाँ क्षयरोगी थपिएको अर्को अनुमान छ । तर नेपालको सरकारी संयन्त्र अनुमानको नजिक अझै पुग्न सकेको छैन । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकमा आर्थिक वर्ष २०८१ ०८२ मा क्षयरोगबाट मृत्यु भएको संख्या १ हजार २८० रहेको छ । यस्तै केन्द्रले सोही वर्ष क्षयरोग संक्रमित नयाँ बिरामी ३९ हजार ११८ जना थपिएको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको समन्वयमा केन्द्रले आयोजना गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा निर्देशक डा. श्रीराम तिवारीले क्षयरोगको वर्तमान अवस्था र भावी…
डा. लेखजंगले पहिलो श्रीमतीसँगको डिभोर्स कागज सार्वजनिक गरे
स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् । डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।डा. थापा रास्वपाबाट ९ जना आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक भएका थिए । अदालती कागजात फेसबुकमार्फत् सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध…
राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच मुटुरोग उपचारमा सहकार्य
स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबीच मुटुरोग उपचारमा सहकार्य हुने भएको छ। प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. श्याम लम्साल र केन्द्रका निर्देशक डा. रवि मल्लबीच भएको सम्झौतामा दुवै संस्थाले पारस्परिक सहयोगमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसैगरी, राप्ती प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी तथा प्रशिक्षार्थीहरूले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा अधिकतम ६ महिनासम्म प्रयोगात्मक अभ्यास गर्ने अवसर पाउने छन्। यस अवधिमा लाग्ने सम्पूर्ण शुल्क प्रतिष्ठानले नै व्यहोर्नेछ। रजिष्ट्रार प्रा. डा. लम्सालका अनुसार, यस सहकार्यबाट दुवै संस्थाबीचको शैक्षिक तथा चिकित्सकीय सम्बन्ध अझ प्रगाढ हुने र क्षेत्रीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा…

