स्वास्थ्यसमाचार/बुटवलको अस्पताल लाईनमा रहेको रुपन्देही सि.टि. स्क्यानमा अत्याधुनिक ए.आई. प्रविधि सहितको सि.टि. स्क्यान सेवा सुरु गरिएको छ ।
रुपन्देही सि.टि. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.ले सञ्चालन गरेको सि.टि. स्क्यानमा ए.आई. प्रविधिको उच्च क्षमताको १६० सलाईसको सिटि स्क्यान मेसिन जडान गरिएको रुपन्देही सि.टि. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.का सञ्चालक दीपु केसीले जानकारी गराउनु भयो ।
यो ए.आई. प्रविधिको १६० सलाईसको सि.टि. स्क्यान मेसिन पश्चिम नेपालमै पहिलो हो । नेपालमा यो प्रविधिको सि.टि. स्क्यान एउटा झापा र अर्को विरगंञ्जमा थियाे । अब भने बुटवलमा पनि थपिएकाे छ । यसले उच्च गुणस्तरको इमेज निकाल्ने भएकाले रिपोर्टिङ र रोग डायग्नोसिस गर्न सहज हुने वरिष्ठ रेडियोलोजिष्ट डा. सुरेश थापाले बताउनु भयो ।
यो सि.टि. स्क्यान ए.आई. प्रविधिको हो । सञ्चालक केसीका अनुसार यसमा ३ वटा क्यामेरा जोडिएको छ । जसका कारण बिरामीको अटो पोजिसन गर्छ, र कम रेडियसन (विकिरण) उत्सर्जन गर्छ । त्यस्तै यसले अटोमेटिक सि.टि. स्क्यान गर्छ । यो प्रविधिमा जडान गरिएको उपकरण (मेसिन) बाट न्यून समयमा स्क्यान गर्न सकिने र अति न्यून रेडियसन (विकिरण) उत्सर्जन गर्ने भएकाले यसबाट हुने असर पनि कम हुने वरिष्ठ रेडियोलोजिष्ट डा. अविशेकमान वज्राचार्यले बताउनु भयो ।
यस क्षेत्रका स्वास्थ्य सेवामा लामो समय काम गरेका युवा व्यबसायीहरुको लगानीमा २०७९ सालदेखि सञ्चालनमा आएको रुपन्देही सि.टि. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.मा यस अगाडि ३२ सलाईसको सि.टि. स्क्यान मेसिन थियो । समयको मागसंगै ३२ सलाईसकाे मेसिनलाई प्रतिस्थापन गरि उच्च प्रविधिको मेसिन जडान गरिएको हो ।
होलबडी सि.टि. स्क्यान, एन्जीयोग्राम, त्रिपलफेस लिभर स्क्यान, थ्रीडी, कलर स्क्यान लगायत सबैप्रकारका सि.टि. स्क्यान तथा क्यान्सर स्कृनिङ् समेतको विशेषता भएको अर्का सञ्चालक रमेश लम्सालले बताउनु भयो । उहाँका अनुसार पश्चिम नेपालका विरामीलाई काठमाण्डौ जानुपर्ने वाध्यता अन्त्य गर्नेगरी उच्च प्रविधियुक्त अत्याधुनिक सि.टि. स्क्यान स्टल गरिएको हो ।
बुटवलमा उच्च प्रविधियुक्त मेसिन जडान गरेको रुपन्देही सि.टि. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.ले नवलपरासीको परासीमा पनि सिटि स्क्यान सेवा विस्तार गरेको छ ।
परासीको रामग्राम घण्टाघर चोकमा सञ्चालन गरिएको सिटि स्क्यान सेवा ३२ सलाईसको हो । पश्चिम नवलपरासीका विरामीलाई मध्येनजर गरेर घर आगनमै सेवा दिने उद्देश्यले परासी बजारमा सि.टि. स्क्यान सेवा विस्तार गरिएको वताउँदै सञ्चालक दीपु केसीले अवका दिनमा काठमाण्डौ लगायत टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताउनु भयो ।
प्रतिकया दिनुहोस्