रुपन्देहीमा जापानीज इन्सेफलाइटिसका ७ संक्रमित, १ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा जापानीज इन्सेफलाइटिस (JE) रोगका संक्रमित बढ्दै गएका छन्। स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार यस वर्ष श्रावण महिनादेखि हालसम्म रुपन्देहीमा ७ जना संक्रमित फेला परेको र १ जनाको मृत्यु भएको जनाएको छ । स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख उमा थापाका अनुसार देवदह नगरपालिकामा १ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, सैनामैना नगरपालिकामा २ जना र सम्मरीमाई गाउँपालिकामा १ जना संक्रमित भेटिएको र तिलोत्तमा १ जनाको मृत्यु भएको जानकारी दिनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यो रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टे नियन्त्रण, सरसफाइ र खोप नै रोकथामका प्रमुख उपाय रहेको वताईएको…

लुम्बिनीमा जापानी इन्सेफलाइटिसका ४० संक्रमित, ९ जनाको मृत्यु

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा जापानी इन्सेफलाइटिसका ४० जना बिरामी फेला परेका छन । भने ९ जनाको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ । स्वास्थ्य निर्देशनालयका खोप फोकल पर्सन कुमार थापाका अनुसार यस बर्षको पहिलो केस असार १४ गते नवलपरासीमा भेटिएको र हाल सम्म प्रदेशका १० जिल्लामा संक्रमितको संख्या ४० पुगेको र ९ जनाको मृत्यु भएको बताउनु भयो । जिल्लागत अवस्था अहिलेसम्म लुम्बिनी प्रदेशका १० जिल्लामा जापानी इन्सेफलाइटिस देखिएको छ। जसअनुसार अर्घाखाँची: ३ संक्रमित, १ मृत्यु नवलपरासी पश्चिम: ३ संक्रमित, ३ मृत्यु रुपन्देही: ७ संक्रमित, १ मृत्यु कपिलवस्तु: ८ संक्रमित,…