रुपन्देही सि.टि. स्क्यानमा ए.आई. प्रविधिसहित अत्याधुनिक सेवा सुरु

स्वास्थ्यसमाचार/बुटवलको अस्पताल लाईनमा रहेको रुपन्देही सि.टि. स्क्यानमा अत्याधुनिक ए.आई. प्रविधि सहितको सि.टि. स्क्यान सेवा सुरु गरिएको छ । रुपन्देही सि.टि. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.ले सञ्चालन गरेको सि.टि. स्क्यानमा ए.आई. प्रविधिको उच्च क्षमताको १६० सलाईसको सिटि स्क्यान मेसिन जडान गरिएको रुपन्देही सि.टि. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.का सञ्चालक दीपु केसीले जानकारी गराउनु भयो । यो ए.आई. प्रविधिको १६० सलाईसको सि.टि. स्क्यान मेसिन पश्चिम नेपालमै पहिलो हो । नेपालमा यो प्रविधिको सि.टि. स्क्यान एउटा झापा र अर्को विरगंञ्जमा थियाे । अब भने बुटवलमा पनि थपिएकाे छ । यसले उच्च गुणस्तरको इमेज निकाल्ने भएकाले…