स्वास्थ्यसमाचार/ रुपन्देहीमा जापानीज इन्सेफलाइटिस (JE) रोगका संक्रमित बढ्दै गएका छन्। स्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार यस वर्ष श्रावण महिनादेखि हालसम्म रुपन्देहीमा ७ जना संक्रमित फेला परेको र १ जनाको मृत्यु भएको जनाएको छ ।
स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख उमा थापाका अनुसार देवदह नगरपालिकामा १ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, सैनामैना नगरपालिकामा २ जना र सम्मरीमाई गाउँपालिकामा १ जना संक्रमित भेटिएको र तिलोत्तमा १ जनाको मृत्यु भएको जानकारी दिनु भयो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यो रोग लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टे नियन्त्रण, सरसफाइ र खोप नै रोकथामका प्रमुख उपाय रहेको वताईएको छ । ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई जापानीज इन्सेफलाइटिसविरुद्ध खोप लगाउन आग्रह गरिएको छ।
स्वास्थ्यकर्मीहरूले सुत्दा झुल प्रयोग गर्ने, वरिपरिको फोहोर व्यवस्थापन गर्ने, पानी जम्न नदिने र रोगको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जान सल्लाह दिएका छन्। विशेषगरी ९ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई यो रोगको उच्च जोखिम हुने चिकित्सकहरु बताउछन ।
प्रतिकया दिनुहोस्